महिनावारी स्वच्छता दिवस : मैत्रीपूर्ण क्रिकेटमा सप्तरी विजयी

राजबिराज

बालविवाह अन्त्यकाे लागि मर्यादित महिनावारी नारा संगै महिनावारी स्वक्षता दिवसकाे अवसरमा किसाेरी समूह बिच मैत्री क्रिकेट खेलमा सप्तरी विजयी भएको छ।

राजबिराज स्थित पविमाबि खेल मैदानमा सप्तरी र सिरहाको किसाेरी समुह टिम बिच भएकाे मैत्रीपुर्ण खेलमा सिरहालाई ७ विकेटले पराजित गर्दै सप्तरी विजयी भएकाे हाे।

टस जितेर सिरहाले १८ ओभर ८ बल खेल्दै १ सय रनकाे याेगफल खडा गरेको थियो। जसमा चन्द्रिका साह २१ शाेभा शर्माले १२ रन बनाएका थिए भने ४६ रन अतिरिक्तकाे रूपमा पायो।

बलिंगतर्फ सप्तरीका साक्षी यादब सर्वाधिक ३ विकेट, अन्जु कुमारी प्रमाणीले २ विकेट र संगिता कुमारी यादब, राधा कुमारी यादब, दिपिका सिँहले १/१ विकेट हात पारे।

जवाफमा सप्तरीले १६ ओभर ५ बलमा ३ विकेट गुमाएर लक्ष्य भेटायो। जसमा सरस्वती कुमारी यादबले सर्वाधिक १७ रन, साक्षी कुमारी यादबले १२ जाेडे भने अन्जु कुमारी प्रमाणी अबिजित ८ रन तथा संगिता कुमारी यादबले अविजित ६ रन बनाए।

बलिंगतर्फ सिरहाका चन्द्रिका साह र अजमेरी खातुन १/१ विकेट लिए।

खेलकाे म्यान अफ दि म्याच सप्तरीका साक्षी कुमारी यादब घाेषित भएकाे सबल नेपालका परियाेजना संयाेजक राेशन मण्डलले जानकारी दिए।

उक्त अवसरमा डाकनेश्वरी नगरपालिका उपमेयर मिरा यादब, राजगढ गाउपालिका उपाध्यक्ष रेणु देबी मण्डल, सबल नेपालका अध्यक्ष जुना गिरी, नेपाल पत्रकार महासँघ केन्द्रीय सदस्य ललिता साह, सप्तरी अध्यक्ष श्रवण कुमार देव, सिरहा क्रिकेट सँघ अध्यक्ष सुनिल महासेठ, सप्तरी क्रिकेट सँघ अध्यक्ष अायुष श्रेष्ठ, महुली सामुदायी बिकास केन्द्रका कार्यक्रम निर्देशक प्रभु नारायण चाैधरी, कार्यक्रम अधिकृत पार्वती राना,श्याम चाैधरी,डब्लुएचएच पदम लम्साल, निरज गिरी, मेलबर्न क्रिकेट कल्वकी लेबल थ्री काेच सारा बेग,लगायतले बिजेता,उपबिजेता टिमलाई कप, मेडल,तथा मायाकाे चिनाेवाट सम्मान गरेका थिए।

उक्त अवसरमा ग्रामिण भेगका किसाेरीहरू बिचमा महिनावारी स्वक्षता सम्बन्धी जनचेतनाकाे अभाव हुनाले महिनावारी स्वक्षता वारेमा विभिन्न सन्देश मुलक सामग्रीहरू प्रदर्शन गरी दिवस मनाईएकाे सबल नेपाल कार्यक्रम संयाेजक राेशन मण्डलले जानकारी दिए।

Related Posts

Leave a Reply

© 2026 WicketNepal - WordPress Theme by WPEnjoy