नेपालमा जारि त्रि-देशीय टि-ट्वान्टी सिरिज अन्तर्गत तेश्रो खेलमा नेपाल र मलेसिया प्रतिस्पर्धा गरिरहेका छन्।
टियु अन्तर्राष्ट्रिय क्रिकेट मैदान किर्तिपुरमा टस हारेर ब्याटिंग गरेको मलेसियाले १६.५ ओभरमा १०९ रनमा सम्पूर्ण विकेट गुमाएर नेपाललाई ११० रनको लक्ष्य प्रस्तुत गरेको छ
मलेसियाको सुरुवात राम्रो रहन सकेन। ओपनर अनवर अरुदीन ८ रन बनाएर दोश्रो ओभरमा करन केसीबाट क्याच आउट भए। ३ रन बनाएका कप्तान एहमद फैज चौथो ओभरमा रन आउट हुन पुगे।
अघिल्लो खेलमा अर्धशतक बनाएका भिरनदिप सिंह पनि लामो समय क्रिजमा जम्न सकेनन्। सिंह मात्र ६ रन बनाएर सोमपाल कामिबाट प्लेईड-अन हुन पुगे। आक्रामक ब्याटिंग गरिरहेका सयद अजिज पनि आठौँ ओभरमा दिपेन्द्र ऐरीबाट क्याच आउट हुन पुगे। अजिजले २४ बलमा ४ चौका र १ छक्का मद्दतले २७ रन बनाए।
त्यसपछि पनि मलेसियाको विकेट जाने क्रम रोकिएन। ११ औं ओभरमा सन्दिप लामिछानेले १५ रन बनाएका शफिक शरिफलाई बोल्ड गरे। लगत्तै ओभरमा ५ रन बनएका अमिनुद्दिन रामलीलाई शाहब आलमले क्याच आउट गराए। १५ औं ओभरमा खिजार हयात ४ रनको व्यक्तिगत स्कोरमा कुशल मल्लबाट क्याच आउट भए। फलस्वरूप मलेसियाको इनिन्ग्स १६.५ ओभरमा समाप्त हुन पुग्यो।
नेपालको बलिंगमा करन केसीले सर्वाधिक ३ विकेट ( ३-०-१७-३ ) , सन्दिप लामिछानेले २ विकेट ( ३.५-०-२५-२ ) तथा सोमपाल कामि ( ३-०-१३-१ ) , दिपेन्द्र ऐरी ( १-०-७-१ ) , शाहब आलम ( ३-०-२०-१ ) र कुशल मल्ल ( २-०-१५-१ ) ले समान १ विकेट लिए।
प्रतियोगिता अन्तर्गत मलेसियाले अघिल्लो खेलमा नेदरल्याण्डसंग १५ रनको हार बेहोरेको थियो भने नेपाल पहिलो खेलमा नेदरल्याण्ड बिरुद्ध ९ विकेटले विजयी भएको थियो।
यो पनि पढ्नुस
https://wicketnepal.com/nepali-rhinos-upadhi-40-hajar-dollar/