एसीसी टि-२० इस्टर्न : मलेसियासंग नेपाल स्तब्ध

Malaysia Cricket Team

थाईल्याण्डमा जारि एसीसी टि-२० इस्टर्न प्रतियोगिता अन्तर्गत पहिलो खेलमा नेपाली क्रिकेट टिम मलेसियासंग २२ रनले पराजित भएको छ। आजै सम्पन्न पहिलो खेलमा सिंगापुरले थाईल्याण्डलाई ४३ रनले पराजित गरेको छ।

मलेसियासंग नेपाल पराजित भएको टि-२० अन्तर्राष्ट्रिय इतिहासमा नै पहिलो पटक हो। स्कोरकार्ड  अंकतालिका 

नेपालले आगामी खेल आइतबार हंगकंगसंग खेल्नेछ। खेल नेपाली समय विहान ८:१५ बजे सुरु हुनेछ।

आयोजक थाईल्याण्ड, नेपाल, सिंगापुर, मलेसिया र हंगकंग सम्मिलित प्रतियोगितामा सबै टिमले एकअर्कासंग १/१ खेल खेलीसकेपछि अंकतालिकामा उत्कृस्ट हुने २ टिम अगस्टमा मलेसियामा हुने एसिया कप छनौट खेल्न छनौट हुनेछ।

टेर्ड थाई मैदानमा सम्पन्न खेलमा टस जितेर ब्याटिंग गर्दै मलेसियाले दिएको १ सय ५५ रनको लक्ष्य पछ्याउने क्रममा नेपालले १९.४ ओभरमा १३२ रनमा सम्पूर्ण विकेट गुमाउन पुग्यो।

नेपालको लागि दिपेन्द्र ऐरी र ज्ञानेन्द्र मल्लले समान ३८ रन तथा पवन सर्राफले १९ रन बनाउनु बाहेक अन्य ब्याट्सम्यानले दोहोरो अंकमा रन बनाउन सकेनन्।

ज्ञानेन्द्र मल्लसंग ओपनिंग ब्याटिंग गर्न आएका कुशल मल्ल नखोली पहिलो ओभरमा पवनदिप सिंहबाट आउट भए पछि ब्याटिंग गर्न आएका पारस खड्का चौथो ओभरमा ९ रन बनाएर आउट भए।

तेश्रो विकेटको लागि कप्तान मल्ल र दिपेन्द्र ऐरीले तेश्रो विकेटको लागि ६६ रनको साझेदारी गरे। १३ औं ओभरमा मल्ल पवनदिपबाट क्याच आउट भए भने ऐरी पनि १६ औं ओभरमा मुनिएन्डीबाट क्याच आउट भए। त्यसपछि पवन सर्राफ १९ रन, आरिफ शेख ५ तथा करन केसी २ रन बनाएर आउट भए।

त्यसपछि नेपाल सम्हालिन सकेन र तल्लो क्रमका ब्याट्सम्यानहरुले टिमलाई जितसम्म पुर्याउन सकेनन्। बिनोद भण्डारी ७, सन्दिप लामिछाने १ तथा सुशन भारि खाता नखोली आउट भए।

मलेसियाको बलिंगमा शर्भीन मुनिएन्डीले सर्वाधिक ४ विकेट लिए। पवनदिप सिंह, इजात इडरस र हयात दुर्रानीले समान २/२ विकेट लिए।

यस अघि टस जितेर ब्याटिंग गरेको मलेसियाले २० ओभरमा ६ विकेट गुमाएर १ सय ५४ रन बनाएको थियो।

Sandeep Lamichhane

मलेसियाको लागि सयद मुबारकले सर्वाधिक ५१ रन बनाए। अविजित इनिंग खेल्ने क्रममा उनले ३५ बलमा ४ चौका र २ छक्का प्रहार गरे। अनवर अरुद्दीनले ३१, अहमद फैजले ३० तथा अमिनुदिन रामलीले २९ रन बनाए।

सन्दिप लामिछानेले नेपालको लागि सर्वाधिक ३ विकेट लिए जुन क्रममा ४ ओभरमा २२ रन खर्चिए। अविनाश बोहराले २ तथा करन केसीले १ विकेट लिए। सुशन भारि, पारस खड्का र पवन सर्राफ विकेटविहिन रहे।





थप समाचार

पहिलो दिन नै खस्यो १३ विकेट

काठमाडौं । वेस्ट ईन्डिज र इंग्ल्याण्डबीचको तेस्रो तथा अन्तिम टेस्टको पहिलो दिनको खेलमा १३ विकेट खसेको छ । पहिलो दिन […]

पाकिस्तानलाई हराउँदै श्रीलंका फाइनलमा

काठमाडौं । श्रीलंकामा जारी एसिया कपको शुक्रबार भएको दोस्रो सेमिफाइनलमा पाकिस्तानलाई ३ विकेटले पराजित गर्दै घरेलु टोली फाइनलमा पुगेको हो। […]

टिएनपीएल सेप्टेम्बरमा हुने

काठमाडौं । तास्मानियन नेप्लीज क्रिकेट एसोसिएसनको आयोजनामा आगामी सेप्टेम्बरमा तास्मानियन नेप्लिज प्रिमियर लिग (टिएनपीएल) आयोजना हुने भएको छ । आयोजना […]

बंगलादेशलाई हराउँदै भारत नवौं पटक फाइनलमा

काठमाडौं । बंगलादेशलाई पराजित गरि भारत नवौं पटक एसीसी महिला एसिया कपको फाइनलमा प्रवेश गरेको छ । शुक्रबार भएको पहिलो […]

नेदरल्यान्ड्समा भ्रमणका लागि क्यानडाको टोली घोषणा

काठमाडौं । नेदरल्यान्ड्समा हुने  घरेलु टोली, अमेरिका तथा क्यानडा सहभागी रहने विश्वकप लिग टू सिरिज तथा त्रिदेशीय टी-२० सिरिजका लागि […]

महिला एसिया कप : सेमिफाइनल खेलहरु आज

काठमाडौं । श्रीलंकामा जारी रहेको नवौं संस्करणको एसीसी महिला एसिया कपको सेमिफाइनल खेलहरु आज (शुक्रबार) हुदैछ । पहिलो सेमिफाइनलमा भारत […]