मलेसिया बिरुद्ध सिंगापुरको विशाल जित, नेपाल विजेता बन्न अब यस्तो समिकरण

आईसीसी टि-२० विश्वकप छनौट ( एसिया फाइनल ) प्रतियोगिता अन्तर्गत सातौँ खेलमा आयोजक सिंगापुरले मलेसियालाई ८ विकेटको विशाल अन्तरले पराजित गर्दै दोश्रो जित दर्ता गरेको छ। सिंगापुरले यस अघि आफ्नो पहिलो खेलमा कतारलाई ३३ रनले पराजित गरेको थियो भने कुवेतसंग खेल वर्षाको कारण हुन नसके पछि अंक बाँडेको थियो।

इन्डीएन एसोसीएसन मैदानमा मलेसियाले दिएको ९३ रनको लक्ष्य सिंगापुरले सहजै १३.२ ओभरमा मात्र २ विकेट गुमाएर पुरा गर्यो।

पहिलो २ विकेट १८ रनमा गुमाएपछि सुरेन्द्रन चन्द्रमोहन र मन्प्रित सिंहले अविजित इनिंग खेल्दै सिंगापुरलाई जिततर्फ डोर्याएका थिए। चन्द्रमोहनले ३८ बलमा ४ चौका र २ छक्का मदतले ४१ तथा सिंहले २३ बलमा १ चौका मदतले १९ रन बनाए।

यस अघि टस जितेर ब्याटिंग गरेको मलेसियाले १८.४ ओभरमै ९२ रनमा सबै विकेट गुमाएको थियो। मलेसियाले सुरुवात देखिनै विकेट गुमाएको थियो र ठुलो साझेदारी कुनै पनि बेला बनाउन सकेन। मुहम्मद श्याहादतले सर्वाधिक २२, भिरनदिप सिंहले १७, शफिक शरिफ र अमिनुद्दीन रामलीले समान १२ रन बनाउनु बाहेक अन्य कुनै ब्याट्सम्यानले दोहोरो अंकमा रन बनाउन सकेनन्।

सिंगापुरको बलिंगमा अमजद महबुब र अनन्था कृष्णाले समान ३/३ विकेट तथा भिजयकुमारले २ विकेट लिए।

सिंगापुर जित्दा नेपालको विजेता बन्ने यस्तो बाटो 

सिंगापुरले मलेसियालाई पराजित गरे पछि नेपालको लागि विजेता बन्न अरु सहज भएको छ। ३ खेलमा २ जित र १ बराबरी अंक सहित अंक तालिकामा सिंगापुर ५ अंक सहित शिर्ष स्थानमा रहेको छ। यस्तै दोश्रो स्थानमा रहेको कुवेतले ३ खेलमा १ जित र १ बराबरी अंक सहित ३ अंक बटुलेको छ। नेपालले अब २ खेल खेल्न बाँकी रहेको अवस्थामा अन्य ४ टोलिले ३/३ वटा खेल खेलीसकेका छन्। नेपाल, मलेसिया र कतारको समान २/२ अंक रहेको छ।

अंकतालिका

 

अब बाँकी खेलहरु – जुलाई २७ – कुवेत VS नेपाल र मलेसिया VS कतार , जुलाई २८ – सिंगापुर VS नेपाल

अब नेपालले बाँकी २ खेलमा कुवेत र सिंगापुरलाई पराजित गर्यो भने ६ अंक सहित विजेताको रुपमा फाइनल प्रवेश गर्नेछ। नेपालले २ मध्ये एउटा खेलमा हार्यो भने सिंगापुर विजेता बन्नेछ। किनकि सिंगापुरको ५ अंक बाँकिसकेको छ। त्यसैले यदी सिंगापुरले नेपाललाई पराजित गर्यो भने सिंगापुर फाइनल पुग्नेछ अथवा कुवेतले नेपाललाई पराजित गर्यो भने पनि सिंगापुर फाइनल पुग्नेछ।

नेपालले शनिबार कुवेत र आइतबार सिंगापुरसंग खेल्दैछ।

मलेसिया र कतार भने उपाधि दौडबाट अब बाहिरीसकेका छन्। किनकि अब दुवै टिमले १/१ खेल जिते पनि मात्र ४ अंक पुग्नेछ। कुवेत पनि उपाधि दौडबाट लगभग बाहिरीसकेको छ। अन्तिम खेलमा भोलि नेपाललाई कुवेतले पराजित गरेको खण्डमा पनि नेट रन रेट -०.८ रहेकोले ५ अंक पुगे पनि सिंगापुरलाई नेट रन रेटमा पछि पार्न असम्भव रहेको छ।

त्यसैले अब प्रतियोगिताको उपाधि रेसमा सिंगापुर र नेपाल मात्रै रहेका छन्। नेपालले भोलि कुवेतलाई पराजित गर्न सक्यो भने सिंगापुर र नेपाल बीच आइतबार हुने खेल फाइनल खेल जस्तो हुनेछ।

५ टिम मध्ये एउटा टिम मात्रै अक्टोबरमा युएईमा आयोजना हुने टि-२० विश्वकप ग्लोबल छनौट खेल्न छानिने छ। ग्लोबल छनौटमा १४ टिम मध्ये ६ टिम २०२० मा अस्ट्रेलियामा आयोजना हुने टि-२० विश्वकप खेल्न छनौट हुनेछ।

ग्लोबल क्वालीफायरमा २०१८ डिसेम्बर ३१ सम्म टि-२० वरियतामा ११ देखि १६ नम्बरमा रहेका टिमहरु स्वतः छनौट भइसकेका छन्। यस्तै आयोजकको रुपमा युएई सिधा छनौट भएको छ। यस्तै इस्ट एसिया प्यासिफिक छनौटबाट पपुवा न्यु गिनी, अफ्रीकाबाट केन्या र नामिबिया, युरूपबाट जर्सी छनौट भएका छन्। अब एसियाबाट २ टिम र अमेरिकाजबाट २ वटा टिम छनौट हुन बाँकी रहेको छ।

ग्लोबल  छनौट खेल्न छनौट भइसकेका टोलिहरु ( कुल ११ ) – स्कटल्याण्ड, जिम्बाबे, नेदरल्याण्ड, हंगकंग, ओमान, आयरल्याण्ड, युएई, पपुवा न्यु गिनी, केन्या, नामिबिया, जर्सी , ३ टिम बाँकी ( एसियाबाट १ र अमेरिकाजबाट २ )

नोट – जिम्बाबेलाई आईसीसीले निलम्बन गरेको हुँदा ग्लोबल छनौट खेल्न नखेल्ने अनिश्चित रहेको छ। पछिल्लो निर्णय अनुसार जिम्बाबेले आईसीसीले आयोजना गर्ने प्रतियोगिता खेल्न नपाउने भनिएको छ।





थप समाचार

स्कटल्याण्डसँग खेल्दै नेपाल

कठमाडौँ । मलेसियामा जारी आइसीसी महिला यु–१९ टी–२० क्रिकेट विश्वकपमा सोमबार नेपालले स्कटल्याण्डको सामना गर्दै छ। नेपाली समयअनुसार यो खेल […]

प्रधानमन्त्री कप : कोशी र आर्मीको विजयी सुरुआत

काठमाडौं । कोशी र विभागीय टोली त्रिभुवन आर्मी क्लबले प्रधानमन्त्री राष्ट्रिय महिला टी–२० क्रिकेट प्रतियोगितामा विजयी सुरुआत गरेका छन्। आइतबार […]

पाँचौ संस्करणको अर्घाखाँची प्रिमियर लिग क्रिकेटको उपाधी किमडाँडालाई

अर्घाखाँची । अर्घाखाँची क्रिकेट संघले आयोजना गरेको अर्घाखाँची प्रिमियर लिग टि–२० क्रिकेटको उपाधी सौजन्य समाज किमडाँडाले जितेको छ । पाँचौं […]

कर्णालीमाथि लुम्बिनीको सहज जित

काठमाडौँ । लुम्बिनी प्रदेशले प्रधानमन्त्री कप राष्ट्रिय महिला टी–२० क्रिकेट प्रतियोगितामा कर्णाली प्रदेशलाई पराजित गरेको छ। धनगढीस्थित फाप्ला क्रिकेट मैदानमा […]

सुदूरपश्चिमलाई हराउँदै समूह विजेताको रुपमा एपिएफ सुपर फोरमा

काठमाडौँ । विभागीय टोली एपिएफ क्लब प्रधानमन्त्री कप राष्ट्रिय महिला टी–२० क्रिकेट प्रतियोगितामा अपराजित रहँदै सुपर फोरमा पुगेको छ। धनगढीस्थित […]

नेपाल पाँच विकेटले पराजित

काठमाडौँ । आइसिसी महिला यु–१९ टी–२० विश्वकपको आफ्नो पहिलो खेलमा नेपालले बंगलादेशसँग पाँच विकेटले पराजित भएको छ। नेपालले दिएको ५३ […]