त्रिकोणात्मक टि-२० सिरिज खेल्न मलेसिया क्रिकेट टिम नेपाल पुग्यो

सोमबार देखि सुरु हुने त्रिकोणात्मक टि-ट्वान्टी अन्तर्राष्ट्रिय सिरिज खेल्न मलेसियन राष्ट्रिय क्रिकेट टिम आइतबार नेपाल पुगेको छ।

टियु अन्तर्राष्ट्रिय क्रिकेट मैदानमा मलेसियाले आयोजक नेपाल र पपुवा न्यु गिनीसंग त्रिकोणात्मक सिरिज खेल्नेछ।

मलेसियाले सिरिजको पहिलो खेल मार्च २९ तारिख मंगलबार पपुवा न्यु गिनीसंग प्रतिस्पर्धा गर्नेछ। यस्तै उसले दोश्रो खेल नेपालसंग मार्च ३० तारिखमा, तेश्रो खेल अप्रिल १ तारिखमा पपुवा न्यु गिनीसंग तथा चौंथो खेल अप्रिल २ तारिखमा नेपालसंग खेल्ने तालिका छ।

सिरिजको उद्घाटन खेलमा सोमबार नेपाल र पपुवा न्यु गिनी बीच प्रतिस्पर्धा हुनेछ। खेल नेपाली समय १२:३० बजे दिउँसो सुरु हुनेछ।

मलेसियाले गत वर्ष पनि नेपाल र नेदरल्याण्डसंग नेपालमा टि-२० अन्तर्राष्ट्रिय सिरिज खेलेको थियो भने पपुवा न्यु गिनीले पहिलो पटक नेपालमा टि-२० अन्तर्राष्ट्रिय खेल खेल्न लागेको हो।

टि-ट्वान्टी अन्तर्राष्ट्रिय वरियतामा नेपाल १३ औं स्थानमा च भने पपुवा न्यु गिनी १९ औं र मलेसिया ३३ औं स्थानमा छ।





थप समाचार

नेपालको एकदिवसीय वरियता सुधार

एकदिवसीय अन्तर्राष्ट्रिय क्रिकेट वरीयतामा नेपालले फेरि एक स्थान सुधार गरेको छ । अन्तर्राष्ट्रिय क्रिकेट परिषद् (आईसीसी) ले बुधबार सार्वजनिक गरेको […]

चितवन रङ्गशालाबारे धुर्मुसले भने : देशका लागि काम गर्दा यति कठोर सजाय होला भन्ने कल्पनै थिएन

कलाकार सीताराम कट्टेल ‘धुर्मुस’ ले चितवनमा बनिरहेको क्रिकेट रङ्गशालाबारे छिटो निर्णय गरिदिन सरकारलाई आग्रह गरेका छन् । मङ्गलवार रङ्गशालाबाट सामाजिक […]

सोमपाललाई चन्द्रकोटले सम्मान गर्ने

गुल्मी, चैत ७ गते । गुल्मी जिल्लाको चन्द्रकोट गाउँपालिकाले नेपाली राष्ट्रिय क्रिकेट टोलीका खेलाडी सोमपाल कामीलाई सम्मान गर्ने भएको छ […]

लुम्बिनी सरकारले रोहित सहित ६ खेलाडीलाई सम्मान गर्ने

लुम्बिनी प्रदेश सरकारले नेपाली राष्ट्रिय क्रिकेट टोलीका खेलाडीलाई सम्मान गर्ने भएको छ । प्रदेश सरकार मन्त्रिपरिषद्को सोमबारको बैठकले आगामी वर्ष […]

किङ्सटन रनिङ सिल्ड : क्याम बेस्ट–११ विजयी

काठमाडौं, चैत ६ – क्याम बेस्ट–११ ले दोस्रो संस्करणको किङ्सटन रनिङ सिल्डमा सोमबार जेनएक्स–११ लाई ३ ले हराउँदै विजयी सुरुआत […]

आसिफले पाए सिएमजे स्पिरिट अफ क्रिकेट अवार्ड

सिएमजे स्पिरिट अफ क्रिकेट अवार्ड–२०२२ नेपाली राष्ट्रिय क्रिकेट टोलीका ओपनर आसिफ शेखले जितेका छन् । मेरिलेबोन क्रिकेट क्लब (एमसिसी) ले […]