काठमाडौं । मलेसियाविरुद्धको टि२० आई सिरिज जित्नका लागि जारी पाँचौ खेलमा नेपालले १ सय ४ रनको लक्ष्य पाएको छ ।
मलेसियाको बायोमास ओभलमा सिरिजको निर्णायक खेलमा टस जितेर ब्याटिङ गरेको मलेसियाले निर्धारित २० ओभरमा ७ विकेट गुमाएर १ सय ३ रनको योगफल तयार गर्यो ।
मलेसिका लागि कप्तान समेत रहेकी विनीफ्रड दुराइ सिघंमले ४६ बलमा ५ चौकाको सहयोगमा सर्वाधिक ४० रन बनाउँदै आउट भइन् ।
माहिरा इजाती १९ तथा ऐना हमिजा १५ रनमा आउट भइन् । नेपालका लागि राजमती ऐरी र कविता कुवँरले समान ३ तथा रचना कुमारी चौधरीले १ विकेट लिइन् । कविताले ३ विकेट नै अन्तिम ओभरमा लिएकी थिइन् ।
यसअघि भएका चार खेलमा दुवै टोलीले समान दुई खेल जितेर सिरिज २-२ को बराबरीमा रहेको छ ।
