मलानको शतक बाबजुद इंग्ल्यान्ड पराजित

२०७९ मंसिर १, बिहीबार १७:०४

पहिलो खेलमा भ्रमण टोलि इंग्ल्यान्डलाई ६ विकेटले पराजित गर्दै अस्ट्रेलियाले तिन खेलको एकदिवसीय अन्तर्राष्ट्रिय सिरिजमा अग्रता हाँसिल गरेको छ।

एडिलेड ओभलमा इंग्ल्यान्डले दिएको २८८ रनको लक्ष्य अस्ट्रेलियाले ४६.५ ओभरमा ४ विकेट गुमाएर लक्ष्य पुरा गर्यो।

अस्ट्रेलियाको लागि ओपनर डेभिड वार्नरले सर्वाधिक ८६ रन बनाए जुन क्रममा ८४ बलम १० चौका र १ छक्का प्रहार गरे। २०२० जनवरीमा भारत बिरुद्ध शतक बनएपछि वार्नरले शतक बनाएका छैनन्। यस्तै स्टिभ स्मिथलेअविजित ८० रन बनाए जुन क्रममा ७८ बलमा ९ चौका र १ छक्का प्रहार गरे। अर्का ओपनर ट्रेभिस हेडले ६९ रन बनाए। क्यामरन ग्रिनले अविजित २० रन बनाए।

लक्ष्य पछ्याउने क्रममा कंगारु ओपनर डेभिड वार्नर र ट्राभीस हेडले १४७ रनको साझेदारी गरे। बीसौं ओभरमा हेड आउट भएपछि वार्नरले स्टिभ स्मिथसंग ५३ रन जोडे। शतकबाट चुक्ने क्रममा वार्नर उनन्तिसुन ओभरमा डेभिड विलिबाट क्याच आउट भए। मार्नस लाबूसेन मात्र ४ रन बनाएर आउट भएपछि स्मिथले एलेक्स केरीसंग ३८ रन जोडे। केरीको विकेट पछि स्मिथले क्यामरन ग्रिनसंगअविजित ४७ रनको साझेदारी गर्दै जित दिलाए।

इंग्ल्यान्ड बलर डेभिड विलिले २ तथा क्रिस जोर्डन र लियाम डसले १/१ विकेट लिए।

यस अघि टस हारेर ब्याटिंग गरेको इंग्ल्यान्डले डेविड मलानको शतक मद्दतले ५० ओभरमा ९ विकेट क्षेतीमा २८७ रन बनाएको थियो।

तेश्रो नम्बरमा ब्याटिंग गरेका मलानले १३४ रन बनाए जुन क्रममा १२८ बलमा १२ चौका र ४ छक्का प्रहार गरे। मलानको यो दोश्रो एकदिवसीय शतक हो भने सर्वाधिक व्यक्तिगत स्कोर हो।


नियमित अन्तरलमा विकेट गुमाएको इंग्ल्यान्डलाई एक कनर सम्हाल्दै मलानले प्रतिस्पर्धात्मक योगफल सम्म पुर्याए। मलानले पाँचौ विकेटको लागि जोस बटलरसंग ५२ रनको तथा आठौँ विकेटको लागि डेभिड विलिसंग ६० रनको साझेदारी गरे। विलिले अविजित ३४ रन बनाए। जोस बटलरले २९ रन बनाए।

अस्ट्रेलियाको बलिंगमा कप्तान प्याट कमिन्स र एडम जाम्पाले समान ३ विकेट लिए। मिचेल स्टार्क र मार्कस स्टोइनिसले १/१ विकेट लिए।

सिरिजको दोश्रो र तेश्रो खेल १९ र २२ नोभेम्बरमा हुनेछ। यस अघि टि-२० विश्वकप अघि सम्पन्न टि-ट्वान्टी सिरिज इंग्ल्यान्डले २-० ले जितेको थियो।

https://www.youtube.com/watch?v=tMNdgwnKtkQ

Leave a Reply

© 2026 WicketNepal - WordPress Theme by WPEnjoy