“मलाई कुनै खबर छैन” न्युजिल्यान्ड टुरमा छनोट नगरिएकोमा मलिकको भनाइ

२०७७ मंसिर १८, बिहीबार ०९:१७

भेट्रान अलराउण्डर शोयब मलिकले न्युजिल्यान्ड टुरमा आफुलाई समावेश नगर्नुको कारण आफुलाई थाहा नभएको बताएका छन्। मलिकका अनुसार छनोट समितिले उनिसंग कुनै सम्बादनै गरेको छैन।

गत महिना पाकिस्तान क्रिकेट बोर्डले न्युजिल्यान्ड टुरको लागि मिश्रित टिमको घोषणा गरेको थियो। टि-२० फर्म्याट मात्र खेल्ने मलिकलाई ३५ सदस्यीय जम्बो भ्रमण टिममा समाबेशनै गरिएन।

“यदी म राष्ट्रिय टिमको हिस्सा छैन भने त्यसको जवाफ प्रमुख छनौटकर्ताले मात्र दिन सक्नेछन्। मलाई कुनै खबर छैन। म संग उनीहरुले कुनै पनि सम्बाद गरेका छैनन् तर पनि म नकरात्मक नसोची अझै सकारात्मक छु।” मलिकले लंका प्रिमियर लिगको दौरान पीटिआईलाई भर्चुवल अन्तर्वार्तामा बताए।

पूर्वकप्तान मलिक श्रीलंकामा जाफ्ना स्टालियन्सको लागि खेलीरहेका छन्। उनले एलपीएललाई आफुलाई प्रमाणित गर्ने प्रतियोगिताको रुपमा लिएको बताए –

“मसंग लंका प्रिमियर लिगमा प्रमाणित गर्ने मौका छ। मेरो सम्पूर्ण फोकस लिगमा छ र त्यो बाहेक कुरामा ध्यान दिन चाहन्न। मैले धेरै क्रिकेट खेलीसकेको छु र मलाई लाग्छ जे वर्तमानमा छ त्यसमा ध्यान दिनुपर्छ।” मलिकले बताए।

पाकिस्तानको लागि ३५ टेस्ट, २८७ वानडे र ११६ टि-२० खेलेका मलिकले छिट्टै सन्यास लिने कुनै सोच बनाएका छैनन् –

“यो फर्म्याटबाट सन्यास लिने कुनै सोच हालसम्म छैन , हेरौं कस्तो हुँदैजान्छ।”

३८ वर्षीय ब्याट्सम्यानले बाबर आजमलाई सबै फर्म्याटको कप्तान बनाउने पाकिस्तान क्रिकेट बोर्डको निर्णयको तारिफ गरे –

“यो पाकिस्तान बोर्डले लिएको निकै राम्रो कदम हो। उनीहरुले आगामी ३ वर्षको लागि उनलाई कप्तान घोषित गर्नुपर्छ। उनले फरक फर्म्याटमा आफ्नै टिम बनाउन सक्नेछन्। यो महत्वपूर्ण कुरा हो कि बोर्डले बाबरलाई आत्मविश्वास दिनुपर्छ र कठिन समयमा उनको साथ दिनुपर्छ। कप्तान र खेलाडीहरुलाई आत्मविश्वास दिनु पहिलो प्राथमिकता हुनुपर्छ जसले प्रदर्शनमा निरन्तरता ल्याउन मद्दत गर्छ। उनि सबै फर्म्याटमा राम्रो प्रदर्शन गरिरहेका छन् र म उनले कप्तानीमा समेत त्यस्तै गरेको देख्न चाहन्छु।” उनले बतए।

मलिकले कठिन समयमा एलपीएल आयोजना गरेकोमा आयोजकको तारिफ गर्दै आगामी वर्ष ठूलाठूला नामहरुले लिग खेल्ने विश्वास व्यक्त गरे –

“लंका प्रिमियर लिगमा क्रिकेटको स्तर राम्रो निकै राम्रो छ। आगामी वर्ष देखि म निश्चित छु कि अझै ठूला नामहरु सहभागी हुनेछन्। यो कठिन समयमा जहाँ एउटा मात्र स्टेडियम प्रयोग गरिएको छ।”

“आगामी वर्ष एलपीएल अन्य स्थानमा पनि र दर्शकको बीचमा खेलिनेछ। दर्शकहरुको उपस्थितिले ठुलो भिन्नता ल्याउने गर्छ। तर यो कठिन समयमा पनि आयोजना गर्नु गजबको कुरा हो।” मलिकले बताए।

मलिकका अनुसार एलपीएलले श्रीलंकामा क्रिकेट प्रतिभा अघि ल्याउन महत्वपूर्ण भूमिका निर्वाह गर्नेछ –

“हामीले देखेका छौँ जसले पनि लिग सुरु गरेको छ त्यसको क्रिकेट सुधार भएको छ। श्रीलंकामा पनि त्यस्तो हुनेछ। धेरै खेलाडीहरु आउछन्। तर त्यस्तो भन्दै गर्दा टेस्ट क्रिकेटको लागि भने यसले खेलाडी दिंदैन। प्रथम श्रेणी क्रिकेट निकै महत्वपूर्ण छ यो लिगले तपाईलाई टि-२० खेलाडी मात्र दिन्छ।” मलिकले बताए।

Leave a Reply

© 2026 WicketNepal - WordPress Theme by WPEnjoy