IPL : सबैभन्दा सफल बलर मलिंगाले आईपीएल नखेल्ने, अस्ट्रेलियन बलरले प्रतिस्थापन गर्ने

श्रीलंकन स्टार फास्ट बलर लासिथ मलिंगाले बुधबार १३ औं सिजनको आईपीएलको लागि आफु उपलब्ध नभएको बताएका छन्। आईपीएल सेप्टेम्बर १९ देखि युएईमा सुरु हुँदैछ।

मालिंगाको सट्टा टिम मालिक आकाश अम्बानीले टिममा अस्ट्रेलियन फास्ट बलर जेम्स प्याटीन्सनलाई समावेश गरेको छ। ३० वर्षीय प्याटीन्सले अस्ट्रेलियाको लागि २१ टेस्ट, १५ एकदिवसीय र ४ वटा टि-२० खेलेका छन् जुन क्रममा क्रमशः ८१, १६ र ३ विकेट लिएका छन्।

“जेम्स हाम्रो लागि राम्रो विकल्प हो जसको उपस्थितिले विशेष गरि युएईमा परिस्थितिमा फास्ट बलिंग विकल्प थप हुनेछ। टिमले जारि गरेको बिज्ञप्तिमा अम्बानीले बताएका छन्।


“लासिथ मुम्बई टिमको धरोहर हो त्यसैले हामीले उनलाई यो सिजन मिस गर्ने कुरामा संका छैन। तर पनि हामिले यो समयमा मलिंगा आफ्नो परिवारसंग हुनु पर्छ भन्ने कुरा बुझेका छौँ।”

“मुम्बई इन्डीएन्स एक परिवार हो त्यसैले हाम्रो टिमको सदस्यहरु सुरक्षित रहून् भन्ने चाहन्छौ। हामि परिवारमा जेम्सलाई स्वागत गर्छौं।”

आईपीएल इतिहासकै सर्वाधिक विकेटकर्ता हुन् मालिंगा

मलिंगा आईपीएल इतिहासकै सर्वाधिक विकेट लिने बलर हुन् जसले कुल १७० विकेट लिएका छन्। मलिंगाको प्रदर्शन गत वर्ष मुम्बईले चौथो पटक लिगको उपाधि जित्दा महत्वपूर्ण रहेको थियो। फाइनलमा चेन्नाई सुपर किंग्सलाई अन्तिम बलमा २ रन आवस्यक हुँदा मलिंगाले शार्दुल ठाकुरलाई एलबिडब्लु गर्दै १ रनको रोमान्चक जित दिलाएका थिए। त्यस अघि ३ ओभरमा ४२ रन खर्चेका मलिंगालले निर्णायक ओभरमा उत्कृस्ट बलिंग गरेका थिए।

अन्तिम पटक मलिंगाले मार्चमा वेस्टइन्डिज बिरुद्ध टि-२० अन्तर्राष्ट्रिय खेलेका थिए। त्यसपछि श्रीलंकाले जुनमा अभ्यासको लागि २४ सदस्यीय टिम आवासीय क्याम्पको आयोजना गर्दा मलिंगालाई समावेश गरिएको थिएन।

यो पनि पढ्नुस :-

https://wicketnepal.com/bigbash-league-sunam-stuwart-mcgill-wn20/

https://wicketnepal.com/hafeez-eng-beat-pak-wn20/

https://wicketnepal.com/cpl-jamaica-7th-m-rep-wn20/

https://wicketnepal.com/ganguly-about-ipl-viewership-wn20/

https://wicketnepal.com/ipl-purple-cap-jitna-sakne-3-bowler/

Related Posts

Leave a Reply

© 2026 WicketNepal - WordPress Theme by WPEnjoy