“बोर्डलाई निचो देखाउने काम गरेका छैनौँ” – ज्ञानेन्द्र मल्ल

नेपाली राष्ट्रिय टोलीका पूर्वकप्तान ज्ञानेन्द्र मल्लले आफु देशको लागि क्रिकेट खेल्न सँधै तयार भएको र क्यानलाई निचो देखाउने काम नगरेको बताएका छन् । टियु मैदान कीर्तिपुरमा मंगलबारदेखि प्रशिक्षण क्याम्पमा सहभागी भएका मल्लले सञ्चारकर्मीसँग कुरा गर्दै नेपाल क्रिकेट संघ (क्यान) ले आफुलाई जानकारी नदिई कप्तानबाट हटाउँदा भने दुःख लागेको पनि बताए।

उनले आफु कहिल्यै क्यान बोर्डको विरुद्धमा नलागेको बताए “बोर्डलाई निचो देखाउने काम गरेका छैनौँ । त्यस्तो गर्ने भए अरु बाटो अपनाउँथ्यौँ । सायद खेल्दैनथ्यौँ होला । यत्रो बर्ष केही नपाउँदा खेल्यौँ । अहिले त सम्मानजनक अवस्था छ । उही सेवा सुविधा बढाउनुपर्यो भनेका त हौँ” मल्लले भने।

“म सँधै कप्तान बन्छु भनेर क्रिकेटमा आएको होइन । तर मैले धेरै बर्ष क्रिकेटलाई दिएको छु । बिभिन्न कारण निकालेर हटाउँदा दुःख लागेको छ । जसरि यो मुद्दामा बिना कारण यस्तो गर्नुभयो, यसले मलाई ब्यक्तिगत रुपमा पनि गाह्रो भयो । कप्तानको हिसावले खेलाडीको समस्या सम्बोधन हुनुपर्यो भन्दा विभिन्न आरोप लगाईयो । आत्मसम्मानको कुराले गर्दा मलाई थप अप्ठ्यारो परेको थियो” मल्लले भने।

मल्लले खेलाडी वर्गीकरणकै कारण क्यान र खेलाडीबीच समस्या उत्पन्न भएको पनि बताए। उनले टिमका खेलाडीबीच कुनै पनि मनमुटाव नभएको भन्दै एक जुट भएर देशका लागि खेल्ने प्रतिबद्धता पनि जनाएका छन्।

“हामी बीच दुश्मनी छैन न बोर्डसंग छ। खेलाडीहरुसंग १०-१२ वर्ष देखि खेल्दै आएका छौँ , हामी बीच मनमुटाव छैन।”

क्यानको हालै बसेको बोर्ड बैठकले मल्ललाई कप्तान र दीपेन्द्रसिंह ऐरीलाई उपकप्तानबाट हटाएर सन्दीप लामिछानेलाई कप्नानमा नियुक्त गरेको थियो । क्यानले मल्लसहित चार खेलाडीलाई सन् २०२२ को सुरुवाती ६ महिना सेन्ट्रल कन्ट्रयाक्टमा नराख्ने निर्णय समेत गरेको थियो ।

आइतबार असन्तुष्ट खेलाडी र क्यानबीच सहमति भएपछि मल्ललगायत खेलाडी टी–२० विश्वकप ग्लोबल छनोटको तयारीका लागि बन्द प्रशिक्षणमा जुटेका छन् । मंगलबारबाट प्रशिक्षक पुबुदु दसानायके र क्यान छनोट समितिले प्रारम्भिक छनोटमा बोलाएका सबै खेलाडी बन्द प्रशिक्षणमा सामेल भएका छन् ।





थप समाचार

नेपाल र हङकङबीचको खेल रद्द

काठमाडौं। वुमन्स डे टी–२० अन्तर्राष्ट्रिय क्रिकेट प्रतियोगिताअन्तर्गत नेपाल र हङकङबीचको खेल वर्षाका कारण रद्द भएको छ। चार खेलमा पराजित भएको […]

पीएम कप : लुम्बिनी र एपिएफ विजयी

  काठमाडौं । प्रधानमन्त्री कप एकदिवसीय पुरुष राष्ट्रिय प्रतियोगितामा लुम्बिनी प्रदेश र विभागीय टोली एपिएफ विजयी भएका छन्। आइतबार भएको […]

पीएम कप : गण्डकीको लज्जास्पद हार, कोशीको पहिलो जित

काठमाडौँ । कोशी प्रदेशले प्रधानमन्त्री कप एकदिवसीय राष्ट्रिय पुरुष क्रिकट प्रतियोगितामा पहिलो जित दर्ता गरेको छ। भैरहवाको एक्स्ट्रा टेक ओभलमा […]

नेपाल र हङकङ भिड्दै

काठमाडौं । चार देशीय सिरिज अन्तर्गत तेस्रो स्थानका लागि आज नेपाल र हङकङ भिड्दै छन्। उक्त खेल नेपाली समयअनुसार दिउँसो […]

दिल्लीलाई हराउँदै मुम्बई इन्डियन्स च्याम्पियन

काठमाडौँ । मुम्बई इन्डियन्सले महिला प्रिमियर लिगको उपाधि जितेको छ। मुम्बईको ब्राबोर्न स्टेडियममा शनबिार सम्पन्न फाइनल खेलमा मुम्बईले दिल्ली क्यापिटल्सको […]

मधेश प्रदेशलाई आइजिपी कपको उपाधि

काठमाडौं । लुम्बिनी प्रदेश प्रहरी कार्यालयलाई १४ रनले हराउँदै मधेश प्रदेश प्रहरी कार्यालयले आइजिपी कप क्रिकेट प्रतियोगताको पहिलो संस्करणको उपाधी […]