मलेसिया बिरुद्ध आक्रामक अर्धशतक बनाउदै मल्लले बनाए ठुलो रेकर्ड

नेपालले मलेसियालाई ७ विकेटले पराजित गर्दै सिंगापुरमा जारि टि-२० विश्वकप छनौट एसिया फाइनल प्रतियोगितामा पहिलो जित दर्ता गरेको छ।

वर्षाको कारण ढिला सुरु भएको र ९ ओभरमा घटाइएको खेलमा टस जितेर नेपालले फिल्डिंग रोजेपछि ब्याटिंग गरेको मलेसियाले ७ विकेट गुमाएर ८३ रन बनएको थियो। ८४ रनको लक्ष्य नेपालले १ ओभर बाँकी रहंदा ३ विकेट मात्र गुमाएर पुरा गर्यो। नेपालको जितमा ब्याटिंगतर्फ प्लेयर अफ द म्याच समेत चुनिएका ज्ञानेन्द्र मल्लले सर्वाधिक ५१ तथा बलिंगमा सोमपाल कामीले ३ तथा बसन्त रेग्मीले २ विकेट लिए।

ज्ञानेन्द्र मल्लको नयाँ रेकर्ड 

टि-२० क्रिकेटमा लामो समय देखि लगातार रन बनाउन नसकेका ज्ञानेन्द्र मल्ल टिममा निरन्तरता पाएका कारण आलोचित रहँदै आएका छन्। जारि प्रतियोगिताको पहिलो खेलमा कतार बिरुद्ध २३ रन बनाएका मल्लले त्यस अघि मलेसियासंगको टि-२० सिरिजको २ वटै खेलमा समान ७ रन बनाएर आउट भएका थिए।

Gyanendra Malla

प्रमाणित गर्ने ठुलो दबाब रहेको बेला मल्लले मलेसिया बिरुद्ध टि-२० अन्तर्राष्ट्रिय क्रिकेटमा पहिलो अर्धशतक बनाए। मात्र २१ बल सामना गरेका दायाँ हाते ब्याट्सम्यानले ५ चौका र ३ छक्का प्रहार गरे।

२० बलमा अर्धशतक पुरा गरेका मल्ल नेपालको लागि टि-२० अन्तर्राष्ट्रिय क्रिकेटमा छिटो अर्धशतक बनाउने ब्याट्सम्यान बनेका छन्। प्रतियोगिता अघि मलेसियासंगको सिरिजमा बिनोद भण्डारीले ५१ रन बनाउने क्रममा २५ बलमा अर्धशतक बनाएका थिए। सो रेकर्ड २ खेल पछिनै मल्लले तोडेका हुन्।

नेपालको लागि छिटो अर्धशतक –  ज्ञानेन्द्र मल्ल – २० बल,  बिनोद भण्डारी – २५ बल ( बिरुद्ध मलेसिया २०१९ ) , पारस खड्का – ३२ बल ( बिरुद्ध मलेसिया २०१९ ) पारस खड्का – ३५ बल ( बिरुद्ध नेदरल्याण्ड २०१५ ) , सन्दिप जोरा – ४१ बल ( बिरुद्ध युएई २०१९ ) , सुबास खकुरेल – ४८ बल ( बिरुद्ध अफगानिस्तान २०१४ )

मल्लले अर्धशतक बनाउने क्रममा मलेसिया बलर शर्भिन मुनिएन्डीले गरेको तेश्रो ओभरमा लगातार ३ चौका प्रहार गरेका थिए भने १ छक्का पनि प्रहार गरेका थिए।

ओपनिंग साझेदारीको पनि रेकर्ड तोडियो

पारस खड्का ढाडको समस्याको कारण दोश्रो खेल पनि खेल्न नसके पछि ज्ञानेन्द्र मल्लसंग ओपनिंग गर्न प्रदिप ऐरी आएका थिए। ऐरी र मल्लले पहिलो विकेटको लागि ५.२ ओभरमा ६६ रनको साझेदारी गर्दै जितको आधार तयार गरे।

नेपालको लागि टि-२० अन्तर्राष्ट्रियमा यो नै सबैभन्दा ठुलो ओपनिंग साझेदारी हो। यस अघि ज्ञानेन्द्र मल्ल र पारस खड्काले जारि प्रतियोगिताकै कतारसंगको खेलमा ४९ रनको साझेदारी गरेका थिए जुन रेकर्ड १ खेलमै तोडिएको हो। पारस र ज्ञानेन्द्रले सन् २०१४ मा सुबास खकुरेल र सागर पुनले हंगकंगसंग गरेको ३६ रनको साझेदारी कतारसंग तोडेका थिए।

टि-२० अन्तर्राष्ट्रियमा अर्धशतक बनाउने नेपाली ब्याट्सम्यानहरु :- 

सुबास खकुरेल – ५६ , बिरुद्ध अफगानिस्तान ( २०१४ टि-२० विश्वकप )
पारस खड्का – ५४ रन , बिरुद्ध नेदरल्याण्ड ( २०१५ )
सन्दिप जोरा – ५३ रन , बिरुद्ध युएई ( २०१९ )
पारस खड्का – ८६* रन , बिरुद्ध मलेसिया ( २०१९ )
बिनोद भण्डारी – ५१* रन , बिरुद्ध मलेसिया ( २०१९ )
ज्ञानेन्द्र मल्ल – ५१ रन , बिरुद्ध मलेसिया ( २०१९ )

ज्ञानेन्द्रले टि-२० अन्तर्राष्ट्रियमा १९ खेल खेल्दै १८ इनिंगमा ब्याटिंग गर्ने क्रममा कुल २७६ रन बनाएका छन्। ४२७ रन बनाएका पारस पछि मल्ल टि-२० अन्तर्राष्ट्रियमा धेरै रन बनाउने ब्याट्सम्यान हुन्। २६५ रन बनाएका शरद तेश्रो धेरै रन बनाउने ब्याट्सम्यान हुन्।





थप समाचार

वर्षाले निर्णायक खेल रद्द हुँदा नेपाल अभागी, अफगानिस्तान विश्वकपमा

आइसिसी यु–१९ विश्वकप एसिया छनोटअन्तर्गत नेपाल र अफगानिस्तानबिचचको खेल वर्षाका कारण रद्द भएपछि अफगानिस्तान विश्वकपमा छनोट भएको छ । मुलपानीस्थित […]

न्युजिल्यान्डमा क्यान्टरबरी नेप्लिज प्रिमियर लिग हुँदै

क्यान्टरबरी नेप्लिज प्रिमियर लिग (CNPL) को पहिलो संस्करण अप्रिल १९ र २० गते न्युजिल्यान्डको स्प्रेडन डोमेन, क्राइस्टचर्च मा आयोजना हुँदैछ। नेपाली […]

नेपालको लगातार तेस्रो जित, हङकङलाई ९ विकेटले हरायो

आइसिसी यू-१९ विश्वकपअन्तर्गत एसिया छनोटमा नेपालले लगातार तेस्रो जित निकाल्दै विश्वकपको नजिक पुगेको छ। बुधबार तल्लो मुलपानी मैदानमा हङकङविरूद्ध ९ […]

धोनीको आक्रामक इनिङ्समा चेन्नई विजयी

काठमाडौं। ४३ वर्षीय महेन्द्रसिंह धोनीको आक्रामक इनिङ्ससँगै चेन्नई सुपर किंग्सले इन्डियन प्रिमियर लिग (आइपिएल) मा जितविहीन यात्रा टुंगाएको छ। सोमबार […]

युवराजको घातक बलिङमा नेपालकाे दोस्रो जित

काठमाडौं। युवराज खत्रीको घातक बलिङसँगै घरेलु टोली नेपालले आइसिसी यु–१९ विश्वकप एसिया छनोटमा लगातार दोस्रो जित हासिल गरेको छ। सोमबार […]

नेपालले पायाे ११८ रनको लक्ष्य

काठमाडौं । आईसीसी यु १९ विश्वकप एसिया छनोटअन्तर्गत दोस्रो खेलमा नेपालले ओमानबाट ११८ रनको लक्ष्य छ। माथिल्लो मुलपानी क्रिकेट मैदानमा […]