ज्ञानेन्द्र मल्लको नाममा छ टि-२० अन्तर्राष्ट्रियको ७ कीर्तिमान

नेपाली राष्ट्रिय क्रिकेट टिमका कप्तान ज्ञानेन्द्र मल्लको आज ३० औं जन्मदिन। सोहि अवसरमा मल्लले नेपालको लागि टि-२० अन्तर्राष्ट्रिय क्रिकेटमा बनाएका कीर्तिमानहरुको चर्चा गर्दैछौँ। नेपालको लागि २०१४ टि-२० विश्वकपबाट टि-२० अन्तर्राष्ट्रिय क्रिकेटमा हंगकंग बिरुद्ध डेब्यु गरेका मल्लले ६ वर्षको अवधिमा कुल २७ वटा टि-२० अन्तर्राष्ट्रिय खेलेका छन्। यस क्रममा दायाँ हाते ब्याट्सम्यानले २२.६४ को औशतमा ५६६ रन बनाएका छन्। उनले बनाएका कीर्तिमानहरु यस प्रकार रहेका छन् –

१. सर्वाधिक व्यक्तिगत योगफल 

गत वर्ष डिसेम्बरमा भुटान बिरुद्ध दक्षिण एसियाली खेलकुद अन्तर्गतको खेलमा मल्लले टि-२० अन्तर्राष्ट्रिय करियरकै पहिलो शतक बनाउने क्रममा १०७ रन बनाएका थिए। टि-२० अन्तर्राष्ट्रिय क्रिकेटमा नेपाली ब्याट्सम्यानले बनाएको यो नै सर्वाधिक व्यक्तिगत योगफल हो। पारस खड्काले सिंगापुर बिरुद्ध १०६ रन बनाएका थिए जुन रेकर्ड मल्लले ३ महिना पछि तोडेका थिए।

Gyanendra Malla

२. एकै सिरिजमा सर्वाधिक रन 

एकै टि-२० अन्तर्राष्ट्रिय सिरिज वा प्रतियोगितामा सबैभन्दा बढी रन बनाउने रेकर्ड मल्लको नाममा रहेको छ। उनले गत वर्ष दक्षिण एसियाली खेलकुदमा १४८ रन बनाएका थिए। पारस खड्काले २०१५ मा नेदरल्याण्ड बिरुद्ध टि-२० अन्तर्राष्ट्रिय सिरिजमा ४ खेलमा १३७ रन बनाएका थिए जुन रेकर्ड मल्लले तोडेका थिए। पारसले सिंगापुर बिरुद्ध गत वर्ष त्रिकोणात्मक सिरिजमा ३ खेलमा १३६ रन बनाएका थिए जुन तेश्रो धेरै हो।

३. छिटो अर्धशतक 

मल्लले गत वर्ष मलेसिया बिरुद्ध टि-२० विश्वकप छनौट ( एसिया फाइनल ) प्रतियोगितामा २० बलमा अर्धशतक बनाउदै टि-२० अन्तर्राष्ट्रियमा सबैभन्दा छिटो अर्धशतक बनाउने नेपाली ब्याट्सम्यान बनेका थिए। खेलमा उनले ५१ रन बनाउदा ५ चौका र ३ छक्का हिर्काएका थिए।  उनले बिनोद भण्डारीले २५ बलमा मलेसिया बिरुद्धनै बनाएको छिटो अर्धशतकको रेकर्ड तोडेका थिए।

४. एकै इनिंगमा सर्वाधिक छक्का 

भुटान बिरुद्ध गत वर्ष पहिलो शतक बनाउने क्रममा मल्लले ५५ बलमा ५ चौका र ९ छक्का हिर्काएका थिए। यस अघि पारस खड्काले सिंगापुर बिरुद्ध शतक बनाउने क्रममा पनि समान ९ छक्का प्रहार गरेका थिए। नेपालको लागि टि-२० अन्तर्राष्ट्रियमा पारस र ज्ञानेन्द्र संयुक्त रुपमा एकै इनिंगमा धेरै अर्थात् ९ छक्का प्रहार गर्ने खेलाडी हुन्।

Gyanendra Malla
Gyanendra Malla

५. पहिलो र तेश्रो विकेटको लागि सबैभन्दा ठुलो साझेदारी 

भुटान बिरुद्ध शतक बनाउने क्रममा ज्ञानेन्द्र मल्लले पहिलो विकेटको लागि पारस खड्कासंग १०८ रनको साझेदारी गरेका थिए। उक्त साझेदारी टि-२० अन्तर्राष्ट्रियमा पहिलो विकेटको लागि नेपालको सबैभन्दा ठूलो साझेदारी हो। पहिलो विकेटको लागि दोश्रो ठूलो साझेदारी मल्ल र प्रदीप ऐरीको नाममा रहेको छ जसले २०१९ मा मलेसिया बिरुद्ध ६६ रनको साझेदारी गरेका थिए। समग्रमा नेपालको टि-२० अन्तर्राष्ट्रियमा ठूलो साझेदारीको  दोश्रो विकेटको लागि २०१९ मा सिंगापुर बिरुद्ध पारस खड्का र आरिफ शेखले गरेको अविजित १४५ रनको साझेदारी हो। टि-२० अन्तर्राष्ट्रियमा २ पटक मात्र नेपाली नेपाली ब्याट्सम्यानहरुले शतकीय साझेदारी गरेका छन्।

पहिलो विकेट मात्रै हैन ज्ञानेन्द्रले तेश्रो विकेटको लागि २०१४ टि-२० विश्वकपमा हंगकंग बिरुद्ध पारस खड्कासंग गरेको ८० रनको साझेदारी तेश्रो विकेटको लागि सर्वाधिक हो।

६. कप्तानको रुपमा जित प्रतिशत 

नेपालको लागि ७ टि२० अन्तर्राष्ट्रियमा कप्तानी गरेका ज्ञानेन्द्र मल्लको कप्तानीमा नेपालले ५ जित र २ हार बेहोरेको छ। यस अघि कप्तान पारस खड्काले २७ खेलमा कप्तानी गर्दा नेपालले ११ खेलमा जित र १५ खेलमा हार बेहोरेको थियो। पारसको जित प्रतिशत ४२.३० रहेको छ भने ज्ञानेन्द्रको ७१.४२ रहेको छ।

७. एक इनिंगमा सबैभन्दा बढी बल खेल्ने ब्याट्सम्यान

टि-२० अन्तर्राष्ट्रियको एकै इनिंगमा नेपाली ब्याट्सम्यानहरुले बिरलै ५० बल भन्दा बढी खेलेका छन्। मल्लले भुटान बिरुद्ध गत वर्ष शतक बनाउने क्रममा ५५ बल खेलेका थिए जुन अहिलेसम्मकै सर्वाधिक हो। दोश्रो धेरै बल सामना गर्ने ब्याट्सम्यान सुबास खकुरेल हुन् जसले २०१४ टि-२० विश्वकपमा अफगानिस्तान बिरुद्ध ५६ रन बनाउदा ५३ बल खेलेका थिए। पारस खड्काले सिंगापुर बिरुद्ध १०६ रन बनाउदा ५२ बल खेलेका थिए। ४ पटक मात्र नेपाली ब्याट्सम्यानले टि-२० अन्तर्राष्ट्रियको एकै इनिंगमा ५० बल भन्दा बढी सामना गरेका छन्।

यो पनि पढ्नुस :-

विदेशी लिगमा सन्दिपको १० व्यक्तिगत कीर्तिमान

कहाँ छन् नेपालबाट १९९६ मा पहिलो अन्तर्राष्ट्रिय प्रतियोगिता खेल्ने १४ क्रिकेटर

प्रदिप ऐरीको सम्झनलायक १० प्रदर्शन

‘सर’ डन ब्राडम्यानले बनाएका ११ रेकर्ड जुन अझै टुट्न मुस्किल छ

१४ वर्ष अघि : नेपालले २ बलमै खेल जित्दै चकित बनाएको थियो

Related Posts

Leave a Reply

© 2026 WicketNepal - WordPress Theme by WPEnjoy