मल्ल र भण्डारीको अर्धशतकमा नेपालद्वारा अमेरिकालाई १ सय ९१ रनको लक्ष्य

नेपालमा जारि आईसीसी विश्वकप लिग-२ अन्तर्गत त्रिकोणात्मक सिरिज अन्तर्गत नेपालले दोश्रो खेलमा अमेरिकासंग प्रतिस्पर्धा गरिरहेको छ।

टियु मैदान किर्तिपुरमा जारि खेलमा अमेरिकाले टस जितेर फिल्डिंग रोजेपछि ब्याटिंग गरेको नेपालले ४९.२ ओभरमा सबै विकेट गुमाएर १ सय ९० रनको योगफल तयार गर्दै अमेरिकालाई १ सय ९१ रनको लक्ष्य प्रस्तुत गरेको छ। स्कोरकार्ड

नेपालको लागि बिनोद भण्डारीले ५९ तथा कुशल मल्लले ५० रन बनाए। भण्डारीले ७९ बलमा ६ चौका र १ छक्का तथा मल्लले ४१ बलमा ४ चौका र ३ छक्का प्रहार गरे।

एक समय नेपालले ४९ रन बनाउदा पहिलो ५ विकेट गुमाई सकेको थियो। शरद भेसावकरको सट्टा टिममा भित्रिएका सुबास खकुरेल ३ रन, कप्तान ज्ञानेन्द्र मल्ल २१ रन, पारस खड्का १९ रन, दिपेन्द्र ऐरी ० तथा  आरिफ शेख २ रन बनाएर आउट भए।

छैठौं विकेटको लागि कुशल मल्ल र बिनोद भण्डारीले ८४ रनको साझेदारी गर्दै नेपाललाई उकासेका थिए। यस क्रममा कुशल मल्ल ३९ रनमा रहंदा अमेरिकी फिल्डरले सहज क्याच मिस गरेका थिए। मल्ल ३६ औं ओभरमा करिमा गोरेबाट क्याच आउट भए।

मल्लको विकेटपछि करन केसी १२ तथा सन्दिप लामिछाने खाता नखोली आउट भए। ४८ औं ओभरमा बिनोदलाई रस्टि थेरोनले क्याच आउट गराए। सुशन भारिले ११ रन बनाउदा नेपालले योगफल १ सय ९० रन बनायो।

अमेरिकाको बलिंगमा क्यामरन स्टेभेनसनले सर्वाधिक ३ विकेट लिए जुन क्रममा १० ओभरमा २ मेडन ओभर गर्दै ३० रन खर्चिए। यस्तै सौरभ नेत्रवाल्कर र रस्टि थेरनले समान दुइ विकेट लिए।

सिरिज अन्तर्गत नेपाल पहिलो खेलमा ओमानसंग १८ रनले पराजित भएको थियो।





थप समाचार

महिला विश्वकप एसिया छनोट खेल्न नेपाली टोली घोषणा

काठमाडौं। आइसिसी महिला विश्वकप एसिया छनोट खेल्न इन्दु बर्माको कप्तानीमा १४ सदस्यीय टोली घोषणा गरेको छ। नेपाल क्रिकेट संघ (क्यान)ले […]

पूजाले पाइन् उपकप्तानीको जिम्मेवारी

काठमाडौं। नेपाली महिला राष्ट्रिय क्रिकेट टोलीको उपकप्तानी पूजा महतले गर्ने भएकी छन्। नेपाल क्रिकेट संघ (क्यान)ले शुक्रबार पूजालाई उपकप्तानको जिम्मेवारी […]

नेपालले पहिलो खेल नेदरल्यान्ड्ससँग खेल्ने

काठमाडौं। आगामी जुनमा स्कटल्यान्डमा आयोजना हुने त्रिकोणात्मक टी-२०आई सिरिजमा नेपालले आफ्नो पहिलो खेल नेदरल्यान्ड्ससँग खेल्ने भएको छ। जुनमा ग्लास्गोको क्लाइडसडेल […]

सिद्धान्तलाई क्यानले आर्थिक सहयोग गर्ने

काठमाडौं। नेपाल क्रिकेट संघ (क्यान)ले महेन्द्र नारायण निधी राष्ट्रिय क्रिकेट प्रतियोगिताको दौरान घाइते भएका क्रिकेटर सिद्धान्त लोहनीलाई पाँच लाख रुपैयाँ […]

एम. एम. कप बैशाख १३ गते देखि हुने

मनमोहन मेमोरियल कप (एम.एम. कप) फाउण्डेशनले आयोजना गर्ने तेस्रो संस्करणको राष्ट्रिय एक दिवसीय क्रिकेट प्रतियोगिता ‘एम.एम. कप सिजन ३’ को […]

लिग-२ का लागि क्यानले घोषणा गर्यो ‘कोर क्याम्प’

काठमाडौं। नेपाल क्रिकेट संघ (क्यान) ले आगामी जुनमा स्कटल्यान्डमा आयोजना हुने आइसिसी क्रिकेट विश्वकप लिग-२ शृंखलाको तयारीका लागि ‘कोर क्याम्प’को […]