मल्ल र भण्डारीको अर्धशतकमा नेपालद्वारा अमेरिकालाई १ सय ९१ रनको लक्ष्य

२०७६ माघ २५, शनिबार १४:०१

नेपालमा जारि आईसीसी विश्वकप लिग-२ अन्तर्गत त्रिकोणात्मक सिरिज अन्तर्गत नेपालले दोश्रो खेलमा अमेरिकासंग प्रतिस्पर्धा गरिरहेको छ।

टियु मैदान किर्तिपुरमा जारि खेलमा अमेरिकाले टस जितेर फिल्डिंग रोजेपछि ब्याटिंग गरेको नेपालले ४९.२ ओभरमा सबै विकेट गुमाएर १ सय ९० रनको योगफल तयार गर्दै अमेरिकालाई १ सय ९१ रनको लक्ष्य प्रस्तुत गरेको छ। स्कोरकार्ड

नेपालको लागि बिनोद भण्डारीले ५९ तथा कुशल मल्लले ५० रन बनाए। भण्डारीले ७९ बलमा ६ चौका र १ छक्का तथा मल्लले ४१ बलमा ४ चौका र ३ छक्का प्रहार गरे।

एक समय नेपालले ४९ रन बनाउदा पहिलो ५ विकेट गुमाई सकेको थियो। शरद भेसावकरको सट्टा टिममा भित्रिएका सुबास खकुरेल ३ रन, कप्तान ज्ञानेन्द्र मल्ल २१ रन, पारस खड्का १९ रन, दिपेन्द्र ऐरी ० तथा  आरिफ शेख २ रन बनाएर आउट भए।

छैठौं विकेटको लागि कुशल मल्ल र बिनोद भण्डारीले ८४ रनको साझेदारी गर्दै नेपाललाई उकासेका थिए। यस क्रममा कुशल मल्ल ३९ रनमा रहंदा अमेरिकी फिल्डरले सहज क्याच मिस गरेका थिए। मल्ल ३६ औं ओभरमा करिमा गोरेबाट क्याच आउट भए।

मल्लको विकेटपछि करन केसी १२ तथा सन्दिप लामिछाने खाता नखोली आउट भए। ४८ औं ओभरमा बिनोदलाई रस्टि थेरोनले क्याच आउट गराए। सुशन भारिले ११ रन बनाउदा नेपालले योगफल १ सय ९० रन बनायो।

अमेरिकाको बलिंगमा क्यामरन स्टेभेनसनले सर्वाधिक ३ विकेट लिए जुन क्रममा १० ओभरमा २ मेडन ओभर गर्दै ३० रन खर्चिए। यस्तै सौरभ नेत्रवाल्कर र रस्टि थेरनले समान दुइ विकेट लिए।

सिरिज अन्तर्गत नेपाल पहिलो खेलमा ओमानसंग १८ रनले पराजित भएको थियो।

Leave a Reply

© 2026 WicketNepal - WordPress Theme by WPEnjoy