ज्ञानेन्द्र मल्लले ईपीएल नखेल्ने, यी खेलाडीले गर्नेछन् मल्लको सट्टा कप्तानी

सेप्टेम्बर २५ तारिख देखि सुरु हुने एभरेस्ट प्रिमियर लिग ( ईपीएल ) मा ललितपुर पेट्रिएट्सका कप्तान रहेका राष्ट्रिय क्रिकेट टिमका कप्तान ज्ञानेन्द्र मल्लले अन्तिम समयमा प्रतियोगिताबाट नाम फिर्ता लिएका छन्।

ललितपुर पेट्रिएट्सले प्रेस बिज्ञप्ति जारि गर्दै मल्लले ईपीएल नखेल्ने जानकारी गराएको हो। लिग नखेल्नुको पछाडी मल्लले व्यक्तिगत कारण बताएका छन्। पेट्रिएट्सका सीईओ निरज कोइरालालाई बिहिबार इमेल गर्दै मल्लले लिगबाट नाम फिर्ता लिएको जानकारी गराएका थिए।

ज्ञानेन्द्रले पठाएको इमेललाई लेखिएको छ -“मेरो व्यक्तिगत कारणले यो सिजन एभरेस्ट प्रिमियर लिग खेल्न उपलब्ध हुन सकिन। म आफ्नो शत प्रतिशत दिन असमर्थ छु र मलाई लाग्छ मेरो निर्णयले टिमको प्रदर्शनमा असर गर्ने छैन। ललितपुर पेट्रिएट्स टिमको हिस्सा हुन पाउनु मेरो लागि गर्वको कुरा हो र मेरो सुभेच्छा सधैं टिमको लागि रहनेछ। म तपाईं र ललितपुर प्याट्रिएट्स टिमसंग विनम्रताका क्षमा याचना गर्दछु।”

ज्ञानेन्द्रको इमेल पछि ललितपुर पेट्रिएट्सले मल्लको निर्णयको सम्मान गर्ने बताउदै उनको अनुपस्थितिमा पनि टिमको हौसला कम नभएको बताएको छ।

ज्ञानेन्द्रको अनुपस्थितिमा ललितपुरको कप्तानी टिमका युवा ब्याट्सम्यान कुशल भुर्तेलले गर्ने भएका छन्। यसै वर्ष नेपालको लागि टि-२० अन्तर्राष्ट्रिय र एकदिवसीय अन्तर्राष्ट्रियमा डेब्यु गरेका भुर्तेलले पहिलो पटक नेपाली घरेलु लिगमा कप्तानी गर्नेछन्। विकेटनेपाललाई टिमका प्रशिक्षक राजु बस्नेतले कुरा गर्दै भुर्तेलले टिमको नेतृत्व गर्ने जानकारी गराएका हुन्। बस्नेतले ज्ञानेन्द्र जस्तो अनुभवी खेलाडी तथा कप्तान टिममा नहुँदा पक्कै टिमलाई असर गर्ने भएता पनि आफ्नो टिमको सन्तुलन भने नबिग्रने प्रतिक्रिया दिएका छन्।

“ज्ञानेन्द्र कप्तान पनि हुन् र उनि जस्तो खेलाडी गुमाउनु पर्दा दुख लागेको छ। तर हाम्रो टिमको सन्तुलनमा त्यसले असर गर्नेछैन। टिममा राम्रो ब्याट्सम्यानहरु र विदेशी खेलाडीहरु छन्। टिमको नेतृत्व कुशल भुर्तेललाई दिने निर्णय गरेका छौँ।” बस्नेतले बताए।

ललितपुर पेट्रिएट्स टिममा भुर्तेल बाहेक पवन सर्राफ, ललित राजबंशी, राशिद खान जस्ता राष्ट्रिय क्रिकेटर रहेका छन्। यस्तै विदेशी खेलाडीको रुपमा श्रीलंकाको लागि खेलीसकेका ओशाडा फर्नान्डो र शन्दुन विराक्कोडी, अफगानिस्तानका फास्ट बलर अज्म्तुल्लाह ओमरजाई र भुटानका ब्याट्सम्यान मिक्यो दोर्जी रहेका छन्।

ललितपुर पेट्रिएट्स टिम : कुशल भुर्तेल ( कप्तान ) सुर्य तामांग, पवन सर्राफ, सन्दिप जोरा, सोनु तामांग, राशिद खान, शंकर राना, योगेन्द्र सिंह कार्की, नारायण जोशी, ललित राजबंशी, अरियो पौडेल, बिभत्सु थापा, कमल खत्री, नागराज सिंह, अज्मतुल्लाह ओमरजाई(✈️), ओशाडा फर्नान्डो(✈️), शनदुन विराक्कोडी (✈️)र मिक्यो दोर्जी (✈️) , प्रशिक्षक – राजु बस्नेत





थप समाचार

चेन्नईलाई हराउँदै बेंगलुरु प्लेअफमा, आइपीएलको प्लेअफ समिकरण पूरा

काठमाडौं । १७ औं संस्करणको इन्डियन प्रिमियर लिग (आइपीएल) को प्लेअफ समिकरण पूरा भएको छ । चेन्नाई सुपर किंग्सलाई पराजित […]

तेस्रो खेलमा नेपाल पराजित

काठमाडौं । विश्वकपको तयारीका लागि वेस्ट इन्डिजमा रहेको नेपाली टोलीले विन्डवर्ड्स भोलक्यान्सविरुद्धको तेस्रो अभ्यास खेलमा पराजित भएको छ । आइतबार […]

सुदुरलाई हराउँदै एपीएफ लगातार चौथो पटक च्याम्पियन

काठमाडौं । सुदुरपश्चिम प्रदेशलाई हराउँदै विभागीय टोली नेपाल एपीएफ क्लबले ललितपुर मेयर्स कप २०८१ को उपाधी जितेको छ । टियु […]

मुम्बईमाथि लखनाउको जित

काठमाडौं । १७ औं संस्करणको इन्डियन प्रिमियर (आइपीएल) को ६७ औं खेलमा मुम्बई इन्डियन्सलाई लखनाउ सुपर जायन्ट्सले पराजित गरेको छ […]

बागमतीलाई सानदार रुपमा हराउदै सुदुरपश्चिम फाइनलमा

काठमाडौं । सम्झना खड्काको शानदार ब्याटिङको सहयोगमा बागमती प्रदेशलाई शानदार रुपमा पराजित गर्दै जारी ललितपुर मेयर्स कपको फाइनलमा स्थान बनाएको […]

विश्वकपमा टस नजितेको नेपाल…

काठमाडौं । नेपालले आगामी जुन २ बाट अमेरिका र वेस्ट इन्डिजमा संयुक्त रुपमा आयोजना हुने नवौं संस्करणको टी-२० विश्वकपमा सहभागीता […]