ज्ञानेन्द्र, रोहित र दिपेन्द्रले आज देखि प्रशिक्षण थाल्ने, सहायक प्रशिक्षकमा कटुवाल नियुक्त

२०७७ मंसिर १४, आईतवार ०९:४७

कप्तान ज्ञानेन्द्र मल्ल सहित, उपकप्तान दिपेन्द्र ऐरी र रोहित पौडेलको कोरोना रिपोर्ट नेगेटिभ आएपछि तिन जना क्रिकेटर आज देखि बन्द प्रशिक्षणमा सामेल हुने भएका छन्।

तिन जना क्रिकेटर सहित टिमका बस चालक प्रदिप लामाको गत साता मंगलबार गरेको कोरोना रिपोर्ट पोजेटिभ आएको थियो। सबैको शनिवार आएको पछिल्लो रिपोर्ट नेगेटिभ देखिएको थियो जसपछि उनीहरु बन्दप्रशिक्षणमा सहभागी हुनलागेका हुन्। क्क्यानले सोमबार बिहान बिज्ञप्ति जारि गर्दै उक्त जानकारी दिएको छ।

यस अघि भेट्रान देब्रे हाते स्पिनर बसन्त रेग्मी र सन्दिप लामिछानेको पनि कोरोना रिपोर्ट पोजेटिभ आएपछि दुवै जना सेल्फ आइसोलेसनमा बसीरहेका छन्। १२ को परिक्षा रहेकोले कुशल मल्ल बन्द प्रशिक्षणमा अनुपस्थित छन् भने व्यक्तिगत कारण देखाउदै शरद भेसावकर र सुबास खकुरेल बन्दप्रशिक्षणमा उपस्थित छैनन्।

गत साता मंगलबार टिमस्नाग कोरोना परिक्षणमा अनुपस्थित रहेका फास्ट बलर करन केसी पनि बन्द प्रशिक्षणमा शुक्रबार देखि सहभागी भैसकेका छन्।

Manoj Katuwal

क्यानले बन्द प्रशिक्षणमा प्रशिक्षक जगत टमाटालाई सघाउन सहायक प्रशिक्षकको रुपमा पूर्व राष्ट्रिय क्रिकेटर तथा नेपाल पुलिस क्लबका प्रशिक्षक मनोज कटुवाललाई बोलाएको छ। कटवालको कोरोना रिपोर्ट नेगेटिभ आइसकेकोले उनि सोमबार देखि बन्द प्रशिक्षणमा सामेल हुनेछन्। क्यानले केहि दिन भित्रै टिमको प्रमुख प्रशिक्षकको नाम पनि घोषणा गर्दैछ।

Leave a Reply

© 2026 WicketNepal - WordPress Theme by WPEnjoy