ममता थापा ग्लोबल युनि नेटवर्कको ब्राण्ड एम्बासडरमा नियुक्त

१५ साउन, कोहलपुर । नेपाली राष्ट्रिय महिला क्रिकेट टोलीकी पूर्व उप-कप्तान ममता थापा ग्लोबल युनि नेटवर्कको ब्राण्ड एम्बासडरमा नियुक्त भएकी छिन्। कोहलपुरमा आयोजित एक पत्रकार सम्मेलनमार्फत औपचारिक रूपमा थापालाई ब्राण्ड एम्बासडरको रूपमा घोषणा गरिएको हो।

कार्यक्रममा ग्लोबल युनि नेटवर्कका निर्देशक नवीन बुढाक्षेत्री र क्रिकेटर ममता थापाबीच एक वर्षका लागि ब्राण्ड एम्बासडर सम्बन्धी सम्झौतापत्रमा हस्ताक्षर भएको थियो। संस्थाले थापालाई आफ्नो केन्द्रिय नीति अन्तर्गत शिक्षा र खेलकुदलाई जोड्ने उद्देश्यका साथ नियुक्त गरेको जानकारी दिएको छ।

कार्यक्रममा बोल्दै निर्देशक बुढाक्षेत्रीले ग्लोबल युनि नेटवर्कले काठमाण्डौंमा प्रधान कार्यालय राखी कोहलपुरमा शाखा कार्यालय स्थापना गरी बिदेशमा उच्च शिक्षा हासिल गर्न चाहने विद्यार्थीहरूलाई लक्षित गरी शैक्षिक परामर्श सेवा प्रदान गर्दै आएको जानकारी दिए।

“हामीले विद्यार्थीहरूको चाहना अनुसार अमेरिका, अस्ट्रेलिया, क्यानडा, जापान, बेलायत लगायतका देशका विश्वविध्यालयहरूमा अध्ययन गर्न चाहनेहरूलाई मार्गदर्शन गर्दै आएका छौं,” बुढाक्षेत्रीले भने, “खेलकुद क्षेत्रमा लामो अनुभव भएका थापाज्यू जस्ता अनुकरणीय व्यक्तित्वलाई ब्राण्ड एम्बासडर बनाउनु संस्थाको अभियानसँग मेल खाने निर्णय हो।”

क्रिकेटर थापाले ग्लोबल युनि नेटवर्कसँग जोडिन पाएकोमा खुशी व्यक्त गरिन्। उनले भनिन्, “खेलकुद र शिक्षा परस्पर सम्बन्धित क्षेत्रहरू हुन्। म आफ्नो अनुभव र पहिचानमार्फत यस संस्थाको अभियानमा योगदान दिन पाउँदा गर्व महसुस गरिरहेकी छु।”

थापाले अझ भनिन्, “युवाहरूमाझ शिक्षा र करियर निर्माणको सही जानकारी पु¥याउन सक्नु पनि देशका लागि सेवा गर्नु जत्तिकै हो। म यो भूमिकालाई पूर्ण जिम्मेवारीका साथ निर्वाह गर्ने प्रतिवद्धता व्यक्त गर्दछु।”

ग्लोबल युनि नेटवर्कले विगत केही वर्षदेखि बिदेशमा पढ्न चाहने विद्यार्थीहरूका लागि मार्गदर्शन, विश्वविद्यालय छनोट, आवेदन प्रक्रिया, भिषा सहायता लगायतका सम्पूर्ण सेवा प्रदान गर्दै आएको छ।

Related Posts

Leave a Reply

© 2026 WicketNepal - WordPress Theme by WPEnjoy