केसीएलाई मनकामना बेभरेजको प्रायोजन

२०८१ माघ २९, मंगलवार १९:४०

पाकिस्तान-नेपाल फ्रेन्डशिप टि-२० क्रिकेट प्रतियोगितामा सहभागी हुने काठमाडौँ क्रिकेट एकेडेमी ( केसीए) लाई मनकामना बेभरेजले मुख्य प्रायोजन गरेको छ।

काठमाडौं महाराजगन्ज स्थित पाकिस्तान राजदूतावास क्रिकेट मैदानमा फेब्रुअरी ८ तारिख देखि सुरु भएको प्रतियोगितामा पहिलो पटक काठमाडौँ क्रिकेट एकेडेमीले सहभागिता जनाएको छ। प्रतियोगितामा कुल १२ वटा टिम सहभागी छन्।

प्रतियोगितामा सहभागी हुने केसीएको टिमलाई मनकामना बेभरेजले मुख्य प्रायोजन गरेको छ। प्रायोजन बापत वेभरेजको ब्राण्डिंग अंकित जर्सी लगाएर केसीए टिम मैदानमा उत्रनेछ। मंगलबार एकेडेमीका प्रशिक्षक सामसंग जंग थापाले टिमका कप्तान मोन्सन सिंहलाई प्रतियोगिताको जर्सी हस्तान्तरण गरेका थिए।

यस्तै टिमको प्रेजेन्टिंग स्पोन्सरमा एक्स-एज नेपाल रहेको छ। प्लाटिनम स्पोन्सरमा बोस शुज, गोल्ड स्पोन्सरमा सफ्टि हाइजिन, सिल्भर स्पोन्सरमा रेन्को पेन एण्ड स्टेसनरि तथा ब्रोंज स्पोन्सरमा फुट स्टेप छ।

प्रतियोगितामा काठमाडौँ क्रिकेट एकेडेमी ( ( केसीए )  टिम समुह ‘डी’ मा छ। उक्त समुहमा हेलम्बु आरएम एघार र एन्जल्स स्पोर्ट्स एकेडेमी रहेको छ।

केसीएले आफ्नो पहिलो खेल भोलि बुधबार एन्जल्स स्पोर्ट्स एकेडेमी तथा शुक्रबार हेलम्बु एघारसंग खेल्ने तालिकाछ। समुहको शिर्ष टिम सेमीफाइनल प्रवेश गर्ने तालिका छ।

प्रतियोगिताको लागि केसीएले १५ सदस्यीय टोलि समेत सार्वजनिक गरेको छ। टिमको प्रशिक्षकमा बिनोद कुमार गौतम र व्यवस्थापक सबिन कार्की छन्।

काठमाडौँ क्रिकेट एकेडेमी ( केसीए ) टिम : 

१.  मोन्सन सिंह

२.  आकाश कुमार यादव

३.  शार्दुल सुम भट्ट

४.  सक्षम जोन्छे

५.  बृजेश पाण्डे

६.  राकेश चौरसिया

७.  सर्बग्य रेग्मी

८.  धुरेंद्र पटेल

९.  कृष्ण भट्ट

१०.  डेभिट रोकाया

११.  केशर बिस्ट

१२.  प्रवन्जय केसी

१३.  सुशाभ नाथ उप्रेती

१४.  बाल कुमार यादव

१५.  सोलोमन अमिर

 

Leave a Reply

© 2026 WicketNepal - WordPress Theme by WPEnjoy