भारतीय पूर्वक्रिकेटर प्रभाकर नेपाली टोलीको प्रशिक्षक नियुक्त

भारतीय क्रिकेट टिमका पूर्वओपनिङ ब्याट्म्यान तथा बलर मनोज प्रभाकर नेपाली राष्ट्रिय क्रिकेट टोलीको प्रशिक्षकमा सोमबार नियुक्त भएका छन् ।

नेपाल क्रिकेट संघ (क्यान) ले सोमबार भारतका पूर्वअलराउन्डर प्रभाकरलाई मुख्य प्रशिक्षकको जिम्मेवारी दिएको हो । क्यानका सचिव प्रशान्त मल्लले प्रभाकरलाई एक वर्षका लागि नियुक्त गरिएको र आगामी बिहीबार नै उनी नेपाल आउने तयारी रहेको बताए । प्रभाकार पछिल्ला समय बिहार क्रिकेट टोली सम्हाल्ने तयारीमा थिए । जहाँ उनले नेपालको भन्दा बढि पारिश्रमिक पाउने तय थियो । तथापि, नेपाली क्रिकेटको लोकप्रियताका कारण उनले अन्तिम समय नेपाल आउने निर्णय गरे ।

उनी खेलाडी र प्रशिक्षक जीवनमा निकै विवादस्पद रहे । भारतीय क्रिकेटमा ठूलो म्याच फिक्सिङ कान्ड बाहिरिँदा उनी पनि दोसी ठहरिए र प्रतिबन्धसमेत भोग्नु पर्यो ।
यद्यपि, एक समय भारतीय क्रिकेट टोलीबाट अन्तर्राष्ट्रिय स्तरमा लगातार एकरूपताको प्रदर्शन गर्ने सीमित खेलाडीमध्ये उनको नाम पनि जोडिन्छ । सन् १९९६ को विश्वकपमा उनी भारतीय क्रिकेटका टोलीका सदस्य हुन् । सो विश्वकपमा भारत श्रीलंकासँग सेमिफाइनलमा पराजित हुँदै बाहिरिएको थियो । पछि श्रीलंकाले नै त्यो विश्वकप जित्यो । सोही विश्वकपको समूहचरणमा पनि भारत श्रीलंकासँग ६ विकेटले पराजित भएको थियो, त्यो खेल नै प्रभाकरका लागि भारतीय टोलीबाट अन्तिम रह्यो ।

भारतको शीर्ष क्रम र मध्य क्रम जहाँ पनि ब्याटिङ गर्न सक्ने प्रभाकर ओपनिङ बलिङ पनि गर्थे । सन् १९९९ को म्याच फिक्सिङमा आरोपित भएपछि उनीमाथि लामो समय प्रतिबन्ध लागेको थियो । भारतले फिक्सिङ आरोपमा उनीसहित पूर्वकप्तान मोहम्मद अजहरुद्दिन, अजय जडेजा र अजय शर्माजस्ता स्टार क्रिकेटरलाई सन् २००० मा प्रतिबन्ध लगाएको थियो । सन् २००५ मा पाँच वर्षको प्रतिबन्ध फुकुवापछि उनी गौतम गम्भीरको कप्तानीमा रहेको रणजी ट्रफी टोली दिल्लीका बलिङ प्रशिक्षक नियुक्त भए ।

उनकै प्रशिक्षणमा रहेको त्यो टिमले सन् २००७ मा रणजी ट्रफी पनि उचाल्यो । त्यसपछि प्रभाकरले राजस्थान, उत्तर प्रदेश र अफगानिस्तान क्रिकेट टिमको बलिङ प्रशिक्षण समालेका छन् । कुनै पनि राष्ट्रिय टोलीका मुख्य प्रशिक्षण समालेको भने उनको यो पहिलो अनुभव हो । खेलाडीका रूपमा एक समय सफल प्रभाकरको प्रशिक्षण करियर भने सुखद छैन । त्यसमा पनि उनी बेलाबेलामा विवादमा मुछिने गरेका छन् । सन् २०११ मा खेलाडी र छनोटकर्तामाथि अपमानजनक प्रतिक्रिया दिएपछि रणजी ट्रफी सुरु हुनुभन्दा दुई अगाडि नै उनी दिल्लीको प्रशिक्षकबाट बर्खास्तगी भएका थिए ।

नयाँ जिम्मेवारी पाएका प्रभाकरले कठिन अवस्था र गुटबन्दीमा रहेको नेपाल क्रिकेटलाई कसरी माथि उठाउँछन् भन्ने चासो विषय बनेको छ । प्रभाकरले टेस्ट क्रिकेटमा ९६ विकेट, एकदिवसीयमा १ सय ५७ र फस्ट क्लास क्रिकेटमा दिल्लीका लागि तीन सय ८५ भन्दा बढि विकेट लिएका छन् । उनले भारतका लागि ३९ टेस्टमा एक हजार ६०० रन र एक सय ३० एकदिवसीयमा एक हजार आठ सय ५८ रन बनाएका छन् । खेलाडी जीवनमा बलिङ र ब्याटिङमा राम्रो क्रिकेटर प्रभाकरको प्रशिक्षण यात्रा सुखद छैन । तथापि, उनको अनुभवले नेपाली क्रिकेटले फड्को मार्ने क्यानका सचिव प्रशान्त मल्लले विश्वास व्यक्त गरेका छन् ।





थप समाचार

नामिबियामाथि स्कटल्यान्डको सहज जित

काठमाडौं । नामिबियामाथि स्कटल्यान्डले विश्वकप लिग टू सिरिज अन्तर्गतको खेलमा सहज जित हात पारेको छ । लिग टू सिरिज अन्तर्गत […]

पहिलो दिन नै खस्यो १३ विकेट

काठमाडौं । वेस्ट ईन्डिज र इंग्ल्याण्डबीचको तेस्रो तथा अन्तिम टेस्टको पहिलो दिनको खेलमा १३ विकेट खसेको छ । पहिलो दिन […]

पाकिस्तानलाई हराउँदै श्रीलंका फाइनलमा

काठमाडौं । श्रीलंकामा जारी एसिया कपको शुक्रबार भएको दोस्रो सेमिफाइनलमा पाकिस्तानलाई ३ विकेटले पराजित गर्दै घरेलु टोली फाइनलमा पुगेको हो। […]

टिएनपीएल सेप्टेम्बरमा हुने

काठमाडौं । तास्मानियन नेप्लीज क्रिकेट एसोसिएसनको आयोजनामा आगामी सेप्टेम्बरमा तास्मानियन नेप्लिज प्रिमियर लिग (टिएनपीएल) आयोजना हुने भएको छ । आयोजना […]

बंगलादेशलाई हराउँदै भारत नवौं पटक फाइनलमा

काठमाडौं । बंगलादेशलाई पराजित गरि भारत नवौं पटक एसीसी महिला एसिया कपको फाइनलमा प्रवेश गरेको छ । शुक्रबार भएको पहिलो […]

नेदरल्यान्ड्समा भ्रमणका लागि क्यानडाको टोली घोषणा

काठमाडौं । नेदरल्यान्ड्समा हुने  घरेलु टोली, अमेरिका तथा क्यानडा सहभागी रहने विश्वकप लिग टू सिरिज तथा त्रिदेशीय टी-२० सिरिजका लागि […]