एन्डरसनको स्थान वुडले लिने

काठमाडौं । इंग्ल्यान्डले तीव्र गतिका बलर जेम्स एन्डरसनले सन्यास लिएपछि वेस्ट इन्डिजविरुद्धको दोस्रो टेस्टका लागि मार्क वुडलाई टोलीमा समावेश गरेको छ।

एन्डरसनले वेस्ट इन्डिजविरुद्धको पहिलो टेस्टबाट सन्यास घोषणा गरेका थिए । एन्डरसनको अन्तिम खेलमा इंग्ल्यान्ड एक इनिङ्स र १ सय १४ रनले विजयी भएको थियो ।

दोस्रो टेस्टमा उनको स्थानमा तीव्र गतिका बलर मार्क वुडलाई टोलीमा समावेश गरिएको छ।

दोस्रो टेस्ट बिहीबारबाट नटिङ्घममा सुरु हुनेछ ।

दोस्रो टेस्टका लागि इंग्ल्याण्डको टोली :

बेन स्टोक्स (कप्तान), गस एटकिन्सन, शोएब बशीर, ह्यारी ब्रुक, ज्याक क्राउली, बेन डकेट, ड्यान लरेन्स, डिलन पेनिंगटन, ओली पोप, म्याथ्यु पोट्स, जो रुट, जेमी स्मिथ, क्रिस वोक्स र मार्क वुड ।





थप समाचार

एनसिएएसए इन्टर फर्म टी-२० क्रिकेटमा १३ टिम सहभागी हुने

काठमाडौं। नेपाल चार्टर्ड एकाउन्टेन्ट विधार्थी संगठन (एनसिएएसए) इन्चिट्युट अफ चार्टरड एकाउन्टेन्ट अफ नेपाल (आइक्यान) को स्वतन्त्र विधार्थी संगठनले फागुन पहिलो […]

आस्थालाई पराजित गर्दै प्यारामाउन्टले जित्यो नेसनल हाइस्कुल च्याम्पियनसिपको राष्ट्रिय फाइनल

काठमाडौं। आस्था कलेजलाई पराजित गर्दै प्यारामाउन्ट कलेजले नेसनल हाइस्कुल च्याम्पियनसिप (एनएचसी) को राष्ट्रिय फाइनल जितेको छ। तल्लो मूलपानी मैदानमा शनिबार […]

दिपेन्द्र सिंह ऐरीले डिसिएबाट अर्जुन ट्रफी खेल्ने

नेपाली अलराउण्डर दिपेन्द्र सिंह ऐरीले डिसिएबाट अर्जुन ट्रफी खेल्ने भएका छन् । धनगढीमा जारी प्रतियोगिताको सेमिफाईनल पुगेको डिसिए धनगढीले ऐरीलाई […]

अर्जुन ट्रफीः कुशल भुर्तेलको अलराउण्ड प्रदर्शनमा डडेल्धुरा फाईनलमा

कैलाली, माघ २६ नेपाली राष्ट्रिय क्रिकेट टोलीका सदस्य कुशल भुर्तेल चम्किएपछि फेण्ड्स युथ क्लब डडेल्धुरा क्रिकेटको शहर धनगढीमा भईरहेको अर्जुन […]

ग्रेट हिमालय काठमाडौं छनोटको उपाधि फाइनलमा

काठमाडौँ । ग्रेट हिमालय क्रिकेट एकेडेमी प्रधानमन्त्री कप पुरुष क्रिकेट काठमाडौं जिल्ला छनोटको उपाधि नजिक पुगेको छ। मूलपानीको माथिल्लो क्रिकेट […]

आगामी पाँच वर्षभित्र नेपालले टेस्ट क्रिकेट खेल्छ : आसिफ शेख

काठमाडौँ । नेपाली क्रिकेटको विकास र भविष्यबारे विशेष चर्चा गरिएको नेपाल क्रिकेटस् संघर्षदेखि सफलताको उत्सवसम्म कार्यक्रम बिहिवार राजधानीमा सम्पन्न भएको […]