दक्षिण अफ्रीकाद्वारा श्रीलंका पराजित

दक्षिण अफ्रीकाको श्रीलंका भ्रमण अन्तर्गत शुक्रबार सुरु भएको तिन खेलको टि-ट्वान्टी अन्तर्राष्ट्रिय सिरिजमा भ्रमण टोलिले २८ रनको जित दर्ता गरेको छ।

आर प्रेमदासा स्टेडियम कोलोम्बोमा सम्पन्न खेलमा दक्षिण अफ्रीकाले दिएको १६४ रनको लक्ष्य पछ्याउने क्रममा श्रीलंकाले पुरै २० ओभर ब्याटिंग गरेता पनि ६ विकेट क्षेतीमा १३५ रन मात्र बनाउन सक्यो। उसको लागि ओपनर दिनेश चण्डीमालले अविजित ६६ रन बनाएता पनि जितको लागि पर्याप्त रहेन। चमिका करुनारत्नेले अविजित २२ तथा दासुन शनाकाले १६ रन योगदान दिए।

दक्षिण अफ्रीकाको बलिंगमा बिजोर्न फर्चुन, एनरिक नोर्किया, कप्तान केशव महाराज, तब्रेज शाम्सी र ड्वेन प्रिटोरियसले समान १ विकेट लिए। महाराजले मध्यओभरमा किफायती बलिंग गर्दै ४ ओभरमा मात्र १९ रन खर्चिए।

यस अघि टस जितेर ब्याटिंग रोजेको दक्षिण अफ्रीकाले २० ओभरमा ५ विकेट क्षेतीमा १६३ रन बनाएको थियो। उसको लागि एडेन मारक्रमले सर्वाधिक ४८, रेजा हेनड्रिक्सले ३८, क्विन्टन डीककले ३६ तथा डेभिड मिलरले २६ रन योगदान दिए। डीकक र हेनड्रिक्सले ७३ रनको ओपनिंग तथा मारक्रम र मिलरले चौथों विकेटको लागि ६५ रनको साझेदारी गरेका थिए। श्रीलंकन बलर वानिन्दु हसरंगाले २ ( ४-०-२३-२ ) तथा दुश्मन्था चमिरा, महेश थिक्साना र कप्तान दासुन शनाकाली समान १ विकेट लिए।

सिरिज अन्तर्गत दोश्रो र तेश्रो खेल सेप्टेम्बर १२ र १४ तारिखमा खेलिनेछ। यस अघि दुई देश बीच सम्पन्न एकदिवसीय अन्तर्राष्ट्रिय सिरिज श्रीलंकाले २-१ ले जितेको थियो।

Related Posts

Leave a Reply

© 2026 WicketNepal - WordPress Theme by WPEnjoy