मसुदको शतकमा पाकिस्तानको योगफल ३ सय पार

इंग्ल्यान्ड र पाकिस्तान बीच ओल्ड ट्राफोर्ड, म्यानचेस्टरमा जारि टेस्टको दोश्रो दिन चिया सत्रसम्म पाकिस्तानले ब्याटिंग जारि राख्दै ८ विकेट गुमाएर ३१२ रन बनाएको छ।

पहिलो दिन १३९/२ बाट ब्याटिंग सुरु गरेको पाकिस्तानले दोश्रो दिनको पहिलो सत्रमा कमजोर ब्याटिंग गरे पनि दोश्रो सेसनमा राम्रो पुनरागमन गर्यो।

दोश्रो दिन ६९ रन बनाएका बाबर आजम सोहि योगफलमा जेम्स एण्डरसनबाट क्याच आउट भएपछि पाकिस्तानले लगातार विकेट गुमाएको थियो। असद शफिक ७ रन, मोहम्मद रिजवान ९ रन बनाएर आउट भए।

मसुदको धैर्यतापूर्ण शतक, २४ वर्षमा इंग्ल्यान्डमा पाकिस्तान ओपनरको पहिलो शतक  

पहिलो दिन ४६ रन बनाएर ब्याटिंग गरेका शान मसुदले धैर्यतापूर्ण इनिंग खेल्दै आफ्नो विकेट जोगाइराखेका छन्। अर्को किनारमा लगातार विकेट गुमेता पनि मसुदले छैठौं विकेटको लागि शदाब खानसंग १०५ रनको साझेदारी गर्दै इनिंग उकासेका थिए।

४५ रन बनाएका खानलाई डम बेसले पेभेलियन फर्काएपछि यासिर शाह ( ५ रन ) र मोहम्मद अब्बास ( ० ) लाई जोफ्रा आर्चरले लगातार बलमा आउट गरे।


८ विकेट गुमाएपछि मसुदले नवौं विकेटको लागि शाहिन अफ्रिदीसंग ब्याटिंग गरिसका छन्। चिया सत्रसम्म दुवैले २१ रनको साझेदारी गरेका छन्।

मसुद १५१ रनमा ब्याटिंग गरिरहेका छन् जसले ३१४ बल खेल्ने क्रममा १७ चौका र २ छक्का प्रहार गरेका छन्। २१ औं टेस्ट खेलीरहेका मसुदको यो चौथो शतक हो। अफ्रिदीले १ रन बनाएका छन्।

यो संगै मसुदले टेस्टमा आफ्नो व्यक्तिगत सर्वाधिक योगफल पनि बनाएका छन्। १५० को योगफल पहिलो पटक बनाउने क्रममा गत वर्ष श्रीलंका बिरुद्ध कराचीमा १३५ रन बनाएका मसुदले उक्त योगफल उछिनेका हुन्। सन् १९९६ मा सइद अनवर पछि इंग्ल्यान्डमा शतक बनाउने मसुद एकमात्र ओपनिंग ब्याट्सम्यान पनि बनेका छन्।


इंग्ल्यान्डको बलिंगमा जोफ्रा आर्चरले सर्वाधिक ३ विकेट ( २०-४-४५-३ ) लिएका छन् भने क्रिस वोक्सले २ तथा जेम्स एण्डरसन, स्टुवार्ट ब्रड र डोमिनिक बेसले समान १/१ विकेट लिएका छन्।

सिरिज अन्तर्गत तिन वटा टेस्ट खेलीनेछ। दोश्रो टेस्ट अगस्ट १३ तथा तेश्रो टेस्ट अगस्ट २१ बाट सुरु हुनेछ। टेस्ट सिरिज पछि दुइ देश बीच तिन वटा टि-२० अन्तर्राष्ट्रियको सिरिज खेलिनेछ।

पाकिस्तानले इंग्ल्यान्डलाई अन्तिम पटक सन् १९९६ मा टेस्ट सिरिजमा पराजित गर्न सकेको थियो।

धेरैले पढीरहेको :

https://wicketnepal.com/nasser-hussain-kohli-azam-wn20/

https://wicketnepal.com/nep-wc-l-2-wn20-practice-postponed-wn20/





थप समाचार

यु-१९ विश्वकप : नेपाल अस्ट्रेलियासँग पनि पराजित

काठमाडौं । मलेसियामा जारी आइसिसी यु-१९ टी-२० विश्वकप अन्तर्गत समूह चरणको आफ्नो अन्तिम खेलमा नेपाल अस्ट्रेलियासँग ८३ रनले पराजित भएको […]

अस्ट्रेलियाले दियो १४० रनको लक्ष्य

काठमाडौं। आइसिसी यु–१९ विश्वकपअन्तर्गत नेपाललाई अस्ट्रेलियाले १४० को विशाल लक्ष्य दिएको छ। वाइएसडी युकेएम क्रिकेट ओभलमा टस जितेर पहिला ब्याटिङ […]

नेपालले अस्ट्रेलियाविरुद्ध फिल्डिङ गर्दै

काठमाडौं। आइसिसी यु–१९ विश्वकपअन्तर्गत जित्नै पर्ने खेलमा नेपालले अस्ट्रेलियाविरुद्ध पहिला बलिङ गर्ने भएको छ। मलेसियाको वाइएसडी युकेएम क्रिकेट ओभलमा अस्ट्रेलियाकी […]

अस्ट्रेलियाको सामना गर्दै नेपाल

काठमाडौं । आइसिसी महिला यु–१९ विश्वकपमा समूह चरणको आफ्नो अन्तिम खेलमा नेपालले अस्ट्रेलियाको सामना गदैछ। समूह ‘डी’ अन्तर्गतको खेल मलेसियाको […]

अर्जुन ट्रफीः अत्तरियाबाट चार जना राष्ट्रिय खेलाडी

धनगढीमा हुने अर्जुन ट्रफी राष्ट्रिय क्रिकेट प्रतियोगिताका लागि कैलालीको सिवाईसी अत्तरियाले चार जना राष्ट्रिय खेलाडी अनुबन्ध गरेको छ। गो ड्रिमर्सको […]

अर्जुन ट्रफीका लागि घोडाघोडी–११ को टीम घोषणा

क्रिकेटको शहर धनगढीमा आगामी माघ १९ गतेदेखि २८ गते (फेब्ररी १ देखि १०) सम्म आयोजना हुने अर्जुन ट्रफी राष्ट्रिय क्रिकेट […]