गौतम बुद्ध स्टेडियमको सहयोगार्थ मातृभूमि कप आयोजना हुने, पारस बिरुद्ध ज्ञानेन्द्र र हरिवंश बिरुद्ध मदनकृष्ण

  • विकेटनेपाल, चैत्र-५ – मंगलबार 

चितवनमा बन्दै गरेको गौतम बुद्ध अन्तर्राष्ट्रिय क्रिकेट स्टेडियमको लागि रकम संकलन गर्न धुर्मुस-सुन्तली फाउन्डेसनले मातृभूमि कप मैत्रीपूर्ण क्रिकेट आयोजना गर्ने भएको छ।

मंगलबार राजधानीमा पत्रकार सम्मेलन आयोजित गर्दै फाउन्डेसनले पारस खड्का र ज्ञानेन्द्र मल्ल कप्तानीको टिम बीच तथा वरिस्ठ कलाकार मदनकृष्ण श्रेष्ठ र हरिवंश आचार्यले कप्तानी गर्ने टिम बीच चैत्र २३ गते त्रिभुवन अन्तर्राष्ट्रिय क्रिकेट मैदान किर्तिपुरमा खेल हुने घोषणा गरेको हो।

फाउन्डेसनले चितवन जिल्लाको भरतपुर महानगरपालिका वडा नम्बर-१५ रामपुरमा गौतम बुद्ध अन्तर्राष्ट्रिय क्रिकेट स्टेडिय बनाउन थालीसकेको छ। करिब ३ अर्ब लगानी हुने अभियानको लागि थप रकम संकलन गर्न चैत्र २३ “मातृभूमि कप” मैत्रीपूर्ण क्रिकेट आयोजना गर्न लागेको फाउन्डेसनका अध्यक्ष सिताराम कट्टेल धुर्मुसले पत्रकार सम्मेलनमा बताए।

मातृभूमि कपमा राष्ट्रिय क्रिकेट टिम ‘ए’ र ‘बि’ बीच प्रतिस्पर्धा हुने जसमध्ये ‘नेपाल ए’ टिमको कप्तानी पारस खड्काले तथा ‘नेपाल बि’ टिमको कप्तानी ज्ञानेन्द्र मल्लले गर्नेछन्।

उक्त दिन दर्शकहरुलाई थप मनोरञ्जन प्रदान गर्न नेपाल ‘ए’ र ‘बि’ बीचको खेल अघि कलाकारहरु बीचको खेल पनि आयोजना गरिनेछ। कलाकार टिम ‘ए’ को कप्तानी मदन कृष्ण श्रेष्ठले तथा कलाकार टिम ‘बि’ को कप्तानी हरिबंश आचार्यले गर्नेछन्।

कलाकार टिम बीचको खेल ६-६ ओभरको हुनेछ भने नेपाल ए र बि बीचको खेल २०-२० ओभरको हुनेछ।

खेल हेर्नको लागि दर्शकहरुले टिकट काट्नु पर्नेछ जसको दर ३ सय र १ हजार रुपैयाँ राखिएको छ। टिकट ईसेवाबाट आजै देखि काट्न सकिनेछ भने टिकट पाइने अन्य स्थानहरु बारे आयोजकले छिट्टै जानकारी गराउने समेत बताएको छ। खेल सुरु हुने समय र प्रत्यक्ष प्रशारण बारे भने घोषणा गरिएको छैन।

को-को खेल्नेछन् खेलाडी 

नेपाल ‘ए’ – पारस खड्का ( कप्तान ) , शरद भेसावकर, अनिल साह, ललित राजबंशी, सोमपाल कामि, अविनाश बोहरा, सन्दिप जोरा, रोहित पौडेल, सुनिल धमला, कमल ऐरी, आरिफ शेख, भुवन कार्की

नेपाल ‘बि’ – ज्ञानेन्द्र मल्ल ( कप्तान ) , बिनोद भण्डारी, दिपेन्द्र ऐरी, बसन्त रेग्मी, करन केसी, ललित भण्डारी, भिम शार्की, पवन सर्राफ, बिक्रम सोब, सुशन भारि, दिलिप नाथ र प्रदिप ऐरी

केहि अघि कलाकार र क्रिकेटर बीच खेलीएको मैत्रीपूर्ण क्रिकेटको क्रममा बलिंग गर्दै चर्चित कमेडीयन सन्दिप क्षेत्री

कलाकार ‘ए’ : मदन कृष्ण श्रेष्ठ ( कप्तान ) , सुनिल थापा, राजेश हमाल, राजेश पायल राई, अनमोल केसी, प्रदिप खड्का, बद्रि पंगेनी, सत्य राज आचार्य, शंकर बिसी, कुमार कट्टेल, कर्मा शाक्य, माओत्से गुरुङ, सन्दिप क्षेत्री, मनिराम पोखरेल, राजु ढकाल, दुर्गेश थापा, शिभहरी पौडेल, निर्मल शर्मा, सुरेन्द्र केसी, रमेश भट्टराई

कलाकार ‘बि’ – हरिबंश आचार्य ( कप्तान ) , निर शाह, भुवन केसी, सरोज खनाल, किरन केसी, आर्यन सिग्देल, दयाहांग राई, निश्चल बस्नेत, गौरभ पहारी, हेमन्त राना, हेमन्त शर्मा, पल शाह, अर्जुन घिमिरे, सुरज सिंह ठकुरी, स्वरूप राज आचार्य, रामजी खाड, शिभ शंकर रिजाल, पशुपति शर्मा, राजा राजेन्द्र पोखरेल, यश राज गरच

यसरी वर्ष माघमा धुर्मुश सुन्तली फाउन्डेसनले गौतम बुद्ध अन्तर्राष्ट्रिय क्रिकेट स्टेडियम निर्माण गर्ने घोषणा गरेको थियो जसको।

Gautam Buddha International Stadium

घोषणा कार्यक्रम सिताराम कट्टेल धुर्मुसले २ वर्ष भित्र स्टेडियम तयार गरेर महानगरपालिकालाई हस्तान्तरण गर्ने उद्घोष गरे थिए। पहिलो चरणमा गुरुयोजना तयार गर्ने जसको लागि ६ महिना समय लाग्ने छ। फाउन्डेसनले स्टेडियम विश्वकै नमुना बन्ने र अन्य देशको स्टेडियमसंग मेल नखाने समेत दाबि गरेको छ।

 

Related Posts

Leave a Reply

© 2026 WicketNepal - WordPress Theme by WPEnjoy