चर्चित प्रस्तोता मयान्ति यो सिजन आईपीएलको हिस्सा नहुने, कारण यस्तो

इन्डीएन प्रिमियर लिगको ( आईपीएल ) अधिकारिक प्रशारणकर्ता स्टार स्पोर्ट्सले लिग अघि मयान्ति ल्यांगरले यो सिजन लिगको हिस्सा नहुने घोषणा गरेपछि धेरै जना चकित भएका थिए। भारतीय च्यानलमा क्रिकेट प्रशारण हुँदा सबैभन्दा चर्चित महिला प्रस्तोता ल्यांगरको आवाज, व्यक्तित्व र खेलको ज्ञानको कारणले उनि क्रिकेट प्रेमीहरु माझ चर्चित छिन्।

स्टार स्पोर्ट्सले ल्यांगर यो पटक आईपीएलमा नदेखिने घोषणा गर्दा धेरै फ्यानहरु आश्चर्यचकित भएका थिए भने बिभिन्न अड्कलबाजी समेत गर्न थालेका थिए। उक्त घोषणा पछि धेरै फ्यानहरुको कौतुहलतालाई मयान्ति आफैले शुक्रबार शान्त गरेकी छिन्। ट्वीटर मार्फत आफू आईपीएलमा यो सिजन प्रस्तोता नहुनुको पछाडीको कारण उनले यसरी खोलेकी छिन्-

“तपाई मध्ये धेरै पुग्नुभयो र धेरै अनुमान लगाउदै हुनुहुन्छ। बिगत ५ वर्ष देखि स्टार स्पोर्ट्सले मलाई उनीहरुको सबैभन्दा ठूलो प्रतियोगिताहरुमा मलाई अतुलनीय अवसर दिनु भएको थियो। वास्तवमा उनीहरुले ( स्टार स्पोर्ट्स )  सबैभन्दा बढी चाहिएको बेला मलाई साथ दिए। जब म गर्भवती थिएँ, २० हफ्तासम्म उनीहरुले धेरै समायोजन गरेर मलाई होस्ट गर्न सहज बनाएका थिए। यदी आईपीएलको खेल तालिका परिवर्तन नभएको भए म २०२० आईपीएलमा काम गरिरहेको हुन्थे। ६ हफ्ता अघि स्टुवार्ट ( बिनि ) म छोराको जन्म हुँदा धन्य भएका छौँ। जीवन राम्रोको लागि परिवर्तन भएको छ” उनले ट्वीटरमा लेखेकी छिन्।

“म आईपीएल यो पटक हेरेर मजा लिनेछु” थप लेख्दै मयान्तिले यो सिजनको प्रस्तोताहरु र स्टार स्पोर्ट्सलाई सुभकामना दिएकी छिन्। पहिलो सन्तान जन्मिएको खबर पछि धेरै शुभचिन्तकहरुले उनलाई यो पटक मिस गर्ने भन्दै शुभकामना दिएका छन्।


मयान्ति र भारतीय क्रिकेटर स्टुवार्ट बिनिले २०१२ मा विवाह गरेका थिए। स्टुवार्ट बिनिको पिता रोजर बिनि पनि पूर्व भारतीय क्रिकेटर छन्।

सन् २००६ देखि बिभिन्न च्यानलहरुमा प्रस्तोताको भूमिका निभाएकी ल्यांगरले २०११ देखि १९ सम्मको क्रिकेट विश्वकप, २०१० फुटबल विश्वकप, कमनवेल्थ गेम्स, इन्डीएन सुपर लिग, इन्डीएन क्रिकेट लिग लगायत ठूला प्रतियोगिताहरुमा काम गरिसकेकी छिन्।

स्टार स्पोर्ट्सले मयान्ति ल्यांगरको प्रतिस्थापन सहित यो सिजन प्रस्तोताहरुको सूची सार्वजनिक गरेको छ। सुरेन सुन्दरम, किरा नारायणन, सहेल चन्ढोक, नशप्रित कौर, संजना गनेसन, जतिन सप्रु, तान्या पुरोहित, अनन्त त्यागि, धिरज जुनेजा र नेरोली मेडोज गरि १० जना प्रस्तोता रहनेछन्।

सम्बन्धित :-

यस्तो छ यो सिजन IPL मा कमेन्टेटरहरुको सूची, छैनन् मंज्रेकर

IPL Match 1 : मुम्बई र चेन्नाईमा को बलियो ? दुवै टिमको बलियो र कमजोर पक्ष

IPL 2020 : आज सुरु हुँदै १३ औं आईपीएल ( सम्पूर्ण जानकारी एकै ठाउँमा )





थप समाचार

पीएम कपमा ललितकाे १०० विकेट पूरा

काठमाडौं । प्रधानमन्त्री कप पुरुष राष्ट्रिय क्रिकेट प्रतियोगितामा पुलिसका स्पिनर ललित राजवंशीले १०० विकेट पूरा गरेका छन्। उनी प्रधानमन्त्री कपमा […]

अपराजित रहँदै पुलिस पीएम कपको फाइनलमा

काठमाडौं। कर्णाली प्रदेशमाथि सानदार जित दर्ता गर्दै विभागिय टोली नेपाल पुलिस क्लब प्रधानमन्त्री कप एकदिवसीय राष्ट्रिय पुरुष क्रिकेट प्रतियोगिताको फाइनलमा […]

लखनऊमाथि दिल्लीको रोमाञ्चक जित

काठमाडौँ । आशुतोष शर्माको अर्धशतकको मद्दतमा दिल्ली क्यापिटल्सले लखनऊ सुपर जायन्ट्समाथि रोमाञ्चक जित हासिल गरेको छ। विशाखापट्टनममा सम्पन्न खेलमा २१० […]

गण्डकी सुपर ओभरमा विजयी

काठमाडौं । गण्डकी प्रदेशले प्रधानमन्त्री कप एकदिवसीय राष्ट्रिय पुरुष क्रिकेट प्रतियोगितामा मधेश प्रदेशविरुद्ध सुपर ओभरमा विजयी भएको छ। सिद्धार्थ क्रिकेट […]

दिल्ली र लखनउ भिड्दै

काठमाडौँ । १८औँ संस्करणको इण्डियन प्रिमियर लिग (आईपीएल) मा आज दिल्ली क्यापिटल्स र लखनउ सुपर जायन्ट्स प्रतिस्पर्धा गर्दैछन्। विषाखापटनमा यी […]

मुम्बईविरूद्ध चेन्नईको जित

काठमाडौं । इण्डियन प्रिमियर लिग (आईपीएल) अन्तर्गतको आइतबारको दोस्रो खेलमा मुम्बई इण्डियन्सविरुद्ध चेन्नई सुपर किंग्सले जित निकालेको छ। आईपीएलको १८औं […]