काठमाडौं मेयर कपको उपाधि नेपाल पुलिस क्लबलाई

पहिलो संस्करणको काठमाडौं मेयर कप एकदिवसीय राष्ट्रिय प्रतियोगिताको उपाधि विभागीय टोलि नेपाल पुलिस क्लबले उचालेको छ। शनिबार सम्पन्न फाइनल खेलमा सुमित महर्जन कप्तानीको नेपाल पुलिस क्लबले शरद भेषावकर कप्तानीको नेपाल एपीएफ क्लबमाथि ८ विकेटको सहज जित दर्ता गर्दै उपाधि उचालेको हो। स्कोरकार्ड 

कीर्तिपुरस्थित टियु क्रिकेट मैदानमा सम्पन्न खेलमा १०६ रनको झिनो लक्ष्य पछ्याएको नेपाल पुलिस क्लबले २४.१ ओभरमा २ विकेट गुमाएर सहजै लक्ष्य पुरा गर्यो। पुलिसको जितमा ओपनर सुनिल धमलाले अर्धशतकीय पारि खेले।

झिनो लक्ष्य पछ्याएको नेपाल पुलिस क्लबले राम्रो सुरुवात गर्यो। ओपनरद्वय सुनिल धमला र कुशल भुर्तेलले पहिलो विकेटका लागि ३३ रनको साझेदारी गरे। ३१ बलमा १५ रन बनाएका भुर्तेललाई देब्रे हाते स्पिनर भुवन कार्कीले बोल्ड गर्दै एपीएफलाई पहिलो सफलता दिलाए। त्यसपछि धमलाले तिन नम्बरमा ब्याटिंग गर्न आएका अनिल शाहसंग ३५ रनको साझेदारी गर्दै पुलिसलाई एकतर्फी जिततर्फ उन्मुख पारे। अनिललाई १५ रनमा अविनास बोहोराले सन्दिप जोराबाट क्याच आउट गराए। त्यतिबेला पुलिस उपाधि जित्नबाट मात्र ३८ रन टाढा थियो।

सुनिल धमलाले अर्धशतक प्रहार गरे

एक किनार सम्हाल्दै जिम्मेवारीपूर्वक ब्याटिंग गरेका ओपनर सुनिल धमलाले अर्धशतकीय पारि खेल्दै टिमलाई जितसम्म डोर्याए। सुनिलले अविजित ५९ रन बनाए जुन क्रममा ८२ बलमा ७ चौका र २ छक्का प्रहार गरे। दिपेन्द्र सिंह ऐरीले अविजित ११ रन बनाए। स्कोरकार्ड 

एपीएफको बलिंगमा भुवन कार्की (५-०-१३-१) र अविनास बोहोरा (६-०-४२-१) ले समान १ विकेट लिए भने अन्य बलर विकेटविहिन रहे।

यसअघि टस जितेर पहिले ब्याटिंग रोजेको एपीएफले २९.४ ओभरमा सम्पूर्ण विकेट गुमाएर १०५ रन बनाउंदै उपाधि जित्नका लागि नेपाल पुलिस क्लबलाई १०६ रनको झिनो लक्ष्य प्रस्तुत गरेको थियो। नेपाल पुलिस क्लबका तीव्र गतिका बलर गुल्सन झा र देब्रे हाते स्पिनर सागर ढकाल चम्किदा एपीएफ १०५ रनमै समेटिनु परेको हो।

एपीएफको ब्याटिंगमा मात्र ४ जना ब्याट्सम्यानले दोहोरो अंकमा रन बनाउन सके। उसका लागि बसन्त रेग्मीले सर्वाधिक २२, अमर सिंह राउटेला र सन्दिप जोराले समान १८ तथा भुवन कार्कीले १४ रन बनाए।

एपीएफले सुरुवाती ३ विकेट १० रनको योगफलमै गुमाउन पुग्यो। ओपनर शंकर रानालाई गुल्सन झाले ४ रनमा अनिल शाहबाट क्याच आउट गराए। अर्का ओपनर आशिफ शेखलाई सागर ढकालले खाता नखोल्दै आउट पारे। त्यसपछि झाले कप्तान भेषावकरलाई खाता नखोली विकेटकिपर दिलिप नाथबाट क्याच आउट गराए।

१०/३ को नाजुक अवस्थाबाट भुवन कार्की र सन्दिप जोराले चौथौं विकेटका लागि ३२ रनको साझेदारी गर्दै एपीएफको इनिंग्स सम्हाले। झाले कार्कीलाई १४ रनमा विकेटकिपर दिलिप नाथबाट क्याच आउट गराउदै साझेदारी तोडे। जोरालाई ललित राजवंसीले एलबीडब्ल्यु धरापमा पारे। त्यसपछि ब्याटिंगमा आएका सुमित महर्जनलाई ४ रनमा पवन सरार्फले राजवंसीबाट क्याच आउट पार्दा एपीएफ ६१/६ को कमजोर अवस्थामा पुग्यो।

एक किनार सम्हालेका बसन्त रेग्मीले अमर सिंह राउटेलासंग सातौँ विकेटका लागि ३० रनको साझेदारी गर्दै एपीएफको इनिंग्स उकासे। २८ औं ओभरमा सागर ढकालले राउटेला र रेग्मी दुवैलाई आउट पार्दै साझेदारी तोडे। रेग्मीले ४१ बलमा ३ चौकाको सहयोगमा २२ तथा राउटेलाले ३० बलमा ३ चौका प्रहार गर्दै १८ रन बनाए। अन्तिममा अविनास बोहोराले ७ बलमा ३ चौकाको मद्धतमा १२ रन बनाउंदै एपीएफको योगफल १०० रन पार गराएका थिए।

प्रतियोगितामा दोस्रो खेल खेलिरहेका गुल्सन झाले ४ विकेट लिंदै एपीएफको ब्याटिंग अर्डर ध्वस्त पारेका थिए। उनले काठमाडौं मेयर-११ बिरुद्ध राष्ट्रिय प्रतियोगितामा डेब्यु गरेका थिए। झा उक्त खेलमा (६-१-२२-०) विकेटविहिन रहेका थिए। उनले आफ्नो गति र बाउन्सरले सबैलाई प्रभावित पारेका छन्। स्कोरकार्ड 

पुलिसको बलिंगमा गुल्सन झा (७-०-३६-४) र सागर ढकाल (७.४-०-२८-४) ले समान ४ विकेट लिए। यस्तै, पवन सरार्फ र ललित राजवंसीले समान १ विकेट हात पारे।

यसअघि प्रतियोगिताको लिग चरणमा पुलिस अंकतालिकाको पहिलो तथा एपीएफ दोश्रो स्थानमा रहँदै फाइनल प्रवेश गरेको थियो। दुवै टिमले समान ३ जित र १ हार बेहोरेता पनि पुलिस नेट रन रेटमा अघि रहेको थियो।

उपाधि सहित विजेता टोलि नेपाल पुलिस क्लबले ५ लाख रुपैयाँ प्राप्त गर्यो। उपविजेता टोलि एपीएफले भने ३ लाख रुपैयाँमा चित्त बुझाउनु पर्यो।

धेरैले पढेको 

पहिलो टि-२० मा इंग्ल्यान्डद्वारा भारत सहजै पराजित

आईपीएल २०२१ : उद्घाटन खेलमा मुम्बई र बैंगलोर बीच प्रतिस्पर्धा ( खेलतालिका सहित )





थप समाचार

पहिलो दिन नै खस्यो १३ विकेट

काठमाडौं । वेस्ट ईन्डिज र इंग्ल्याण्डबीचको तेस्रो तथा अन्तिम टेस्टको पहिलो दिनको खेलमा १३ विकेट खसेको छ । पहिलो दिन […]

पाकिस्तानलाई हराउँदै श्रीलंका फाइनलमा

काठमाडौं । श्रीलंकामा जारी एसिया कपको शुक्रबार भएको दोस्रो सेमिफाइनलमा पाकिस्तानलाई ३ विकेटले पराजित गर्दै घरेलु टोली फाइनलमा पुगेको हो। […]

टिएनपीएल सेप्टेम्बरमा हुने

काठमाडौं । तास्मानियन नेप्लीज क्रिकेट एसोसिएसनको आयोजनामा आगामी सेप्टेम्बरमा तास्मानियन नेप्लिज प्रिमियर लिग (टिएनपीएल) आयोजना हुने भएको छ । आयोजना […]

बंगलादेशलाई हराउँदै भारत नवौं पटक फाइनलमा

काठमाडौं । बंगलादेशलाई पराजित गरि भारत नवौं पटक एसीसी महिला एसिया कपको फाइनलमा प्रवेश गरेको छ । शुक्रबार भएको पहिलो […]

नेदरल्यान्ड्समा भ्रमणका लागि क्यानडाको टोली घोषणा

काठमाडौं । नेदरल्यान्ड्समा हुने  घरेलु टोली, अमेरिका तथा क्यानडा सहभागी रहने विश्वकप लिग टू सिरिज तथा त्रिदेशीय टी-२० सिरिजका लागि […]

महिला एसिया कप : सेमिफाइनल खेलहरु आज

काठमाडौं । श्रीलंकामा जारी रहेको नवौं संस्करणको एसीसी महिला एसिया कपको सेमिफाइनल खेलहरु आज (शुक्रबार) हुदैछ । पहिलो सेमिफाइनलमा भारत […]