पारसको शतकमा बागमतीद्वारा आर्मीलाई चुनौतीपूर्ण लक्ष्य

२०७७ फाल्गुन २७, बिहीबार १३:४०

काठमाडौंमा जारि काठमाडौं मेयर्स कप अन्तर्गत बिहिबार जारि छैटौं दिनको खेलमा ज्ञानेन्द्र मल्ल कप्तानीको बागमती प्रदेश र बिनोद भण्डारी कप्तानीको त्रिभुवन आर्मी क्लब कीर्तिपुरस्थित टियु अन्तर्राष्ट्रिय क्रिकेट मैदानमा प्रतिस्पर्धा गरिरहेका छन्।

खेलमा राष्ट्रिय टोलीका पुर्वकप्तान पारस खड्काले शतकीय पारि खेल्दा टस जितेर पहिले ब्याटिंग रोजेको बागमती प्रदेशले ४९.४ ओभरमा सम्पूर्ण विकेट गुमाएर २६६ रन बनाउंदै आर्मीलाई २६७ रनको विशाल लक्ष्य प्रस्तुत गरेको छ। पारस खड्काले १३३ बलमा ११ चौका र २ छक्काको मद्धतमा ११९ रन तथा नन्दन यादवले अन्तिममा २५ बलमा ५ चौका र १ छक्काको मद्धतमा विस्फोटक ४२ रन बनाउंदै बागमतीलाई विशाल योगफलतर्फ डोर्याएका थिए।

सोमपाल कामिले ओपनरद्वय आकाश थापालाई खाता नखोली तथा ज्ञानेन्द्र मल्ललाई ६ रनमा विकेटकिपर बिनोद भण्डारीबाट क्याच आउट गराउदै आर्मीलाई सानदार सुरुवात दिलाए। त्यसपछि पारस खड्का र इशान पाण्डेले तेस्रो विकेटका लागि ७३ रनको अर्धशतकीय साझेदारी गर्दै बागमतीको इनिंग्स सम्हाले। २६ रन बनाएका इशान पाण्डेलाई जितेन्द्र मुखियाले एलबीडब्ल्यु धरापमा पार्दै साझेदारी तोडे। त्यसपछि क्रिजमा आएका पृथु बास्कोटालाई १२ रनमा सोमपाल कामीले आउट पार्दै बागमतीलाई दबाबमा ल्याए।

सोमपाल कामिले ५ विकेट लिए

एक किनारबाट विकेट गुमाएता पनि अर्को किनार सम्हालेका पारसले आदील खानसंग पाचौं विकेटका लागि ७६ रनको साझेदारी गर्दै बागमतीको इनिंग्स अघि बढाए। ४० बलमा २१ रन बनाएर पारसलाई साथ दिएका आदीललाई सोमपालले शाहब आलमबाट क्याच आउट गराए। सोमपालले गरेको बाउन्सर बललाई पुल शट खेल्ने क्रममा शाहब आलमले सानदार क्याच गर्दै आदीललाई पेभेलियन फर्काएका थिए। सोमपालले चौथौं विकेट लिने क्रममा शतकीय पारि खेलेका पारसलाई मुखियाबाट क्याच आउट गराए। त्यसपछि २०८/६ को स्थितिबाट नन्दन यादवले विस्फोटक ब्याटिंग गर्दै बागमतीलाई विशाल योगफलतर्फ डोर्याए।

आर्मीको बलिंगमा सोमपाल कामीले १० ओभरमा ६५ रन खर्चिएर ५ महत्वपूर्ण विकेट लिए। यस्तै बिक्रम शोब (१०-०-३८-१), जितेन्द्र मुखिया (८-२-४९-१), शाहब आलम (१०-१-४६-१) र कारण केशीले (२.४-०-१७-१) समान १ विकेट हात पारे।

आज प्रतियोगिताको लिग चरणको अन्तिम दुई खेल भइरहेको छ। मुलपानी मैदानमा जारि खेलमा एपीएफले काठमाडौँ मेयर्स-११ लाई पराजित गरेको खण्डमा एपीएफ फाइनल प्रवेश गर्नेछ। यदी एपीएफ पराजित भएको खण्डमा बागमती र आर्मी मध्ये विजयी हुने टिमको फाइनल पुग्ने सम्भावना बलियो हुनेछ। पुलिस क्लब यस अघिनै फाइनल प्रवेश गरिसकेको छ।

धेरैले पढेको 

https://wicketnepal.com/s-gauchan-all-round-perf-wn21/

https://wicketnepal.com/dhoni-abaddha-seven-jodiyo-wn21/

Leave a Reply

© 2026 WicketNepal - WordPress Theme by WPEnjoy