ओमेगा बिरुद्ध माछापुच्छ्रेको सिरिज जित, दिपकले लिए पाँच विकेट

चौथो खेलमा पोखरा भ्रमणमा रहेको काठमाडौँको ओमेगा कलेजलाई ३५ रनले पराजित गर्दै स्थानीय माछापुच्छ्रे क्रिकेट एकेडेमीले ५ खेलको सिरिज एक खेल अगावै ३-० ले जितेको छ।

ईडन हेभेन्स मैदानमा सम्पन्न खेलमा माछापुच्छ्रेले दिएको १३९ रनको लक्ष्य पछ्याउने क्रममा ओमेगाले २५.१ ओभरमा सबै विकेट गुमाएर १०३ रन मात्र बनाउन सक्यो। ओमेगाको लागि समिर बिस्टले २७ रन, अंकित प्रताप सिंहले २४ रन तथा बिबेक बुढाथोकीले १८ रन बनाएता पनि जितको लागि पर्याप्त रहेन। प्लेयर अफ द म्याच माछापुच्छ्रेका बलर दिपक बरालले एक्लैले ५ विकेट लिंदै जितमा अहम योगदान दिए। सज्जन क्षेत्रीले २ विकेट लिए।

ओमेगाका कप्तान अंकित प्रताप सिंहले अलराउण्ड योगदान दिएता पनि जितको लागि पर्याप्त रहेन 

यस अहि टस जितेर ब्याटिंग गरेको माछापुच्छ्रेले निर्धारित ३० ओभरको इनिंग्समा २९.२ ओभरमा सम्पूर्ण विकेट गुमाएर १३८ रन मात्र बनाउन सकेको थियो। उसको लागि ऋतिक थापाले ४२ रन तथा बिनोद नेपालीले २६ रन योगदान दिए। ओमेगाका कप्तान अंकित प्रताप सिंह र रिवाज खड्काले समान ३ विकेट लिए।

सिरिज अन्तर्गत पहिलो खेल वर्षाका कारण रद्द भएको थियो भने दोश्रो र तेश्रो खेल माछापुच्छ्रेले ७ रन  र ५१ रनले विजयी भएको थियो। सिरिजको अन्तिम खेल बिहिबार खेलिनेछ।

Related Posts

Leave a Reply

© 2026 WicketNepal - WordPress Theme by WPEnjoy