एमसीडीले नेपाल क्रिकेट स्कुल पुनः संचालनमा ल्याउने

काठमाडौँको रातोपुल स्थित क्रिकेट एकेडेमी ‘नेपाल क्रिकेट स्कुल’ तिन वर्ष पछि पुनः संचालनमा आउने भएको छ।

नयाँ व्यवस्थापन सहित एकेडेमी आगामी महिना भदौ तेश्रो साता देखि संचालनमा ल्याइन लागेको हो। एकेडेमीको संचालन एम.सी.डी. ‘म्यान क्यान डु’ प्रालिले गर्न लागेको हो। एकेडेमीको स्थापना २०१५ मा भएको थियो।

एम.सी.डी. का अध्यक्ष सुनिल थापाले क्रिकेटमा भविष्य खोज्ने खेलाडीहरुलाई स्तरीय प्रशिक्षण र सुविधाका साथ एकेडेमी संचालन गर्न लागेको जानकारी गराए। उनले एकेडेमी संचालन गर्न तयारी अन्तिम चरणमा पुगेको बताए।

“नेपालमा क्रिकेटको लोकप्रियता बढ्दो छ र यसैमा भविष्य खोज्नेको संख्या पनि दिनानुदिन बढ्दै छ। म आफै पनि क्रिकेट खेलाडीनै हुनुको नाताले पनि आफ्नो लगाव भएको खेलमा लगानी गर्दै भविष्यमा राष्ट्रिय र अन्तर्राष्ट्रिय स्तरमा प्रतिनिधित्व गर्ने खेलाडी तयार गर्न एकेडेमी संचालन गर्न लागेका हौँ। एकेडेमीमा स्तरीय प्रशिक्षण दिन गृहकार्य गरिरहेका छौँ ” अध्यक्ष थापाले बताए।

एकेडेमीमा स्तरीय प्रशिक्षकको व्यवस्था गर्ने र सकभर लामो अनुभव भएका पूर्व राष्ट्रिय क्रिकेटरलाई प्रशिक्षकको भूमिका दिने थापाले जानकारी गराए। एकेडेमीमा दिवा-रात्री तथा वर्षातको समयमा प्रशिक्षण गर्न मिल्ने सुविधा छ।

Related Posts

Leave a Reply

© 2026 WicketNepal - WordPress Theme by WPEnjoy