एमसीडीले नेपाल क्रिकेट स्कुल पुनः संचालनमा ल्याउने

काठमाडौँको रातोपुल स्थित क्रिकेट एकेडेमी ‘नेपाल क्रिकेट स्कुल’ तिन वर्ष पछि पुनः संचालनमा आउने भएको छ।

नयाँ व्यवस्थापन सहित एकेडेमी आगामी महिना भदौ तेश्रो साता देखि संचालनमा ल्याइन लागेको हो। एकेडेमीको संचालन एम.सी.डी. ‘म्यान क्यान डु’ प्रालिले गर्न लागेको हो। एकेडेमीको स्थापना २०१५ मा भएको थियो।

एम.सी.डी. का अध्यक्ष सुनिल थापाले क्रिकेटमा भविष्य खोज्ने खेलाडीहरुलाई स्तरीय प्रशिक्षण र सुविधाका साथ एकेडेमी संचालन गर्न लागेको जानकारी गराए। उनले एकेडेमी संचालन गर्न तयारी अन्तिम चरणमा पुगेको बताए।

“नेपालमा क्रिकेटको लोकप्रियता बढ्दो छ र यसैमा भविष्य खोज्नेको संख्या पनि दिनानुदिन बढ्दै छ। म आफै पनि क्रिकेट खेलाडीनै हुनुको नाताले पनि आफ्नो लगाव भएको खेलमा लगानी गर्दै भविष्यमा राष्ट्रिय र अन्तर्राष्ट्रिय स्तरमा प्रतिनिधित्व गर्ने खेलाडी तयार गर्न एकेडेमी संचालन गर्न लागेका हौँ। एकेडेमीमा स्तरीय प्रशिक्षण दिन गृहकार्य गरिरहेका छौँ ” अध्यक्ष थापाले बताए।

एकेडेमीमा स्तरीय प्रशिक्षकको व्यवस्था गर्ने र सकभर लामो अनुभव भएका पूर्व राष्ट्रिय क्रिकेटरलाई प्रशिक्षकको भूमिका दिने थापाले जानकारी गराए। एकेडेमीमा दिवा-रात्री तथा वर्षातको समयमा प्रशिक्षण गर्न मिल्ने सुविधा छ।





थप समाचार

रोहितआबद्ध नेसनल्सको दोस्रो खेल आईतबार

काठमाडौं । क्यानडामा जारी ग्लोबल टी-२० लिगमा नेपाली राष्ट्रिय क्रिकेट टिमका कप्तान रोहितकुमार पौडेलआबद्ध टोरोन्टो नेसनल्सको दोस्रो खेल आईतबार रहेको […]

सन्दीप र दीपेन्द्रआबद्ध टोलीको दोस्रो खेल आज

काठमाडौं । क्यानडामा ग्लोबल टी-२० लिगमा नेपाली खेलाडीद्वय सन्दीप लामिछाने र दीपेन्द्रसिंह ऐरीआबद्ध भेनकुवर नाईट्सको दोस्रो खेल आज (शनिबार) हुदैछ […]

नामिबियामाथि स्कटल्यान्डको सहज जित

काठमाडौं । नामिबियामाथि स्कटल्यान्डले विश्वकप लिग टू सिरिज अन्तर्गतको खेलमा सहज जित हात पारेको छ । लिग टू सिरिज अन्तर्गत […]

पहिलो दिन नै खस्यो १३ विकेट

काठमाडौं । वेस्ट ईन्डिज र इंग्ल्याण्डबीचको तेस्रो तथा अन्तिम टेस्टको पहिलो दिनको खेलमा १३ विकेट खसेको छ । पहिलो दिन […]

पाकिस्तानलाई हराउँदै श्रीलंका फाइनलमा

काठमाडौं । श्रीलंकामा जारी एसिया कपको शुक्रबार भएको दोस्रो सेमिफाइनलमा पाकिस्तानलाई ३ विकेटले पराजित गर्दै घरेलु टोली फाइनलमा पुगेको हो। […]

टिएनपीएल सेप्टेम्बरमा हुने

काठमाडौं । तास्मानियन नेप्लीज क्रिकेट एसोसिएसनको आयोजनामा आगामी सेप्टेम्बरमा तास्मानियन नेप्लिज प्रिमियर लिग (टिएनपीएल) आयोजना हुने भएको छ । आयोजना […]