डिपीएल, ईपीएलपछि अक्सनमा आधारित अर्को प्रतियोगिता

  • विकेटनेपाल, २१ असार

अक्सनद्वारा खेलाडी चुनिने गरि पोखरामा साउन १६ देखि २८ गते सम्म माछापुच्छ्रे क्रिकेट लिग प्रतियोगिता आयोजना गर्ने घोषणा गरिएको छ l

पोखरामा मंगलबार आयोजित पत्रकार सम्मेलनमाझ घोषणा गरिएको लिगमा बाग्लुंग, स्यांजा, पर्बत, तनहु, पोखरा र माछापुच्छ्रे गरि ६ टोलि सहभागी हुनेछन् l

माछापुच्छ्रे क्रिकेट क्लब र खुकुरी इन्टरटेन्मेन्टको आयोजनामा हुने लिगमा टोलिहरुमा स्थानीय खेलाडीहरुको सहभगिता र कप्तानी रहनेछ l बाग्लुंगको कप्तानी विजय बिक, स्यांजाको कप्तानी दिवाकर थापा, पर्बतको कप्तानी राजु थापा, तनहुँको कप्तानी राजु गुरुङ, पोखराको कप्तानी प्रविन ढकाल र माछापुच्छ्रेको कप्तानी दिपेश खत्रीले गर्नेछन् l

प्रतियोगितामा सहभागी हुने खेलाडीहरुको छनौट अक्सनद्वारा गरिनेछ l अक्सनमा टिम कप्तान, टिम मालिकले खेलाडीको लागि बोलि लगाउने छन् l प्रत्येक टिममा १५ जना खेलाडी हुनेछन् l

बिजेता टिमले ३ लाख र उपविजेता टोलिले २ लाख रुपैयाँ पुरस्कार पाउने प्रतियोगिताको प्रत्येक म्यान अफ द म्याचले २ हजार रुपैयाँ पाउनेछ भने फाइनल खेलको म्यान अफ द म्याचले ५ हजार रुपैयाँ पाउनेछ l प्रतियोगिताको उत्कृस्ट खेलाडीले रु. २० हजार तथा बेस्ट बलर/ब्याट्सम्यानले १० हजार रुपैयाँ पुरस्कार पाउनेछ l

प्रतियोगिताका सम्पूर्ण खेलहरु माछापुच्छ्रे क्रिकेट क्लब मैदान पोखरामा हुनेछ l

पोखरा वरिपरीका विकासोन्मुख जिल्लाहरुमा रहेका क्रिकेटरहरुलाई एक्सपोजर दिने उद्देश्यले आयोजना गरिएको प्रतियोगितामा सहभागी जिल्लाहरुका १२० जना खेलाडीलाई प्रत्येक्ष फाइदा पुग्ने आयोजकले प्रेस बिज्ञप्ति मार्फत बताएको छ l

लिग अन्तर्गत पहिलो चरणमा ६ टिमले एक-अर्कासंग प्रतिस्पर्धा गर्नेछन् l लिग चरणबाट उत्कृस्ट ४ टोलि प्ले अफ चरण प्रवेश गर्नेछन् l लिगको उत्कृस्ट २ टिम बीच खेलको बिजेता सिधा फाइनल प्रवेश गर्नेछ भने उक्त खेलमा हार्ने टिमले लिगमा तेश्रो र चौथो टिम बीच भएको खेलको बिजेतासंग दोश्रो क्वालिफायर खेल खेल्नेछ जुन खेलको बिजेता फाइनल प्रवेश गर्नेछ l

आयोजकद्वारा मंगलबार आयोजित पत्रकार सम्मेलनमा सहभागी ६ टिमका कप्तानहरु, पश्चिमाञ्चल खेलकुद विकास समितिका अध्यक्ष खगराज पौडेल उपस्थित थिए l





थप समाचार

मलेसियाविरुद्धको ट्वान्टी-२० अन्तर्राष्ट्रिय शृङ्खलाको उपाधि नेपाललाई 

काठमाडौँ । सीता रानामगरको ३४ रन प्रेरित नेपाली महिला क्रिकेट टिमले आइतबार पाँचौँ तथा अन्तिम ट्वान्टी-२० अन्तर्राष्ट्रिय क्रिकेटमा मलेसियालाई तीन […]

नेपाल मलेसियासँग पराजित

घरेलु टोली मलेसियाले चौथो महिला अन्तर्राष्ट्रिय खेलमा नेपाललाई पराजित गरेको छ । शनिबार सम्पन्न खेलमा घरेलु टोलीले ४ विकेटले नेपाललाई […]

विश्वकप छनोट खेल्न दक्षिण अफ्रिका जाँदै सन्दीप

काठमाडौँ । नेपाली राष्ट्रिय क्रिकेट टिमका लेग स्पिनर सन्दीप लामिछानेलाई पठाउने तयारी गरिएको छ। सन्दीपलाई दक्षिण अफ्रिकामा हुने अभ्यास खेल […]

डीएभी सुशील केडिया स्कुलमा ३ उदीयमान क्रिकेटरका लागि पूर्ण छात्रवृत्ति अवसर 

काठमाडौं, ललितपुरमा रहेको डीएभी सुशील केडिया विश्व भारती स्कुलले तीन जना उदीयमान क्रिकेटरलाई पूर्ण छात्रवृत्ति प्रदान गर्ने भएको छ । […]

क्याम प्रिमियर लिग : तराई टाइगर, लुम्बिनी, कङ्गारु र हाम्रो यूथ क्लब विजयी

तराई टाइगर स्पोर्ट्स क्लबले अस्ट्रेलियाको सिड्नीमा जारी दोस्रो संस्करणको क्याम प्रिमियर लिग क्रिकेट प्रतियोगितामामा ६८ रनको फराकिलो जित निकालेको छ […]

एसीसी प्रिमियर कप : नेपाल र युएईबीचको बाँकी फाइनल खेल आज

  काठमाडौँ । काठमाडौँमा जारी एसीसी प्रिमियर कपमा सोमबार रोकिएको नेपाल र युएईबीचको फाइनल खेल आज (मंगलबार)सुरु हुदैछ । सोमबार […]