कर्पोरेट सुपर सिक्स : आईसीएफसी र एनसेलको दोहोरो जित

माछापुच्छ्रे बैंक कर्पोरेट सुपर सिक्सेज प्रतियोगिताको छैठौं संस्करण काठमाडौँमा सुरु भएको छ। प्रतियोगिताको पुर्व उद्योग वाणिज्य तथा आपूर्ति मन्त्रि मातृकाप्रसाद यादवले ब्याटिंग तथा माछापुच्छ्रे बैंकमा अध्यक्ष विरेन्द्र महतोले बलिंग गर्दै उद्घाटन गर्नु भयो।

टियु क्रिकेट मैदानमा सम्पन्न प्रतियोगिता अन्तर्गत पहिलो दिनको ७ वटा खेलमा सेन्चुरी बैंक, आईसीएफसी फाइनान्स, सनराइज बैंक, एनसेल ‘ए’ र ग्लोबल आईएमईले जित हात पारे। आईसीएफसी फाइनान्स र एनसेल ‘ए’ ले दुवै खेलमा जित हात पारे।

दिनको पहिलो खेलमा साविकको विजेता सेन्चुरी बैंकले नेपाल रास्ट्र बैंकलाई ६ विकेटले पराजित गर्यो।  नेपाल राष्ट्र बैंकले दिएको ५२ रनको लक्ष्य सेन्चुरीले विकेट नगुमाई पुरा गर्यो। खेलको प्लेयर अफ द म्याच सेन्चुरीका सुरज तिमिल्सिना चुनिए जसले ३३ रन बनाउनुको साथै १ विकेट समेत लिए।

दोश्रो खेलमा एनसेल ‘ए’ ले ग्लोबल आईएमई बैंकलाई ५ विकेटले पराजित गर्यो। ग्लोबल आईएमईले दिएको ७७ रनको लक्ष्य एनसेल ‘ए’ ले १ विकेट गुमाएर पुरा गर्यो। खेलमा प्लेयर अफ द म्याच चुनिएका एनसेल ‘ए’ का सौरभ शाहए २८ रन बनाए।

तेश्रो खेलमा आईसीएफसी फाइनान्सले एनसेल ‘बि’ लाई ११ रनले पराजित गर्यो। आईसीएफसीले दिएको ८२ रनको लक्ष्य पछ्याउने क्रममा एनसेल ‘बि’ ले ७० रन मात्र बनाउन सक्यो। खेलको प्लेयर अफ द म्याच चुनिएका आईसीएफसीका रिमेश रेग्म्मीले ३६ रन बनाएका थिए।

चौथो खेलमा सनराइज बैंकले सुर्य नेपाललाई ६ विकेटले पराजित गर्यो। सुर्य नेपालले दिएको ७२ रनको लक्ष्य सनराइजले विकेट नगुमाई पुरा गर्यो। खेलको प्लेयर अफ द म्याच चुनिएका सनराइजका नितेश भट्टराईले २९ रन बनाएका थिए।

पाँचौ खेलमा ग्लोबल आईएमई बैंकले गुर्खाज फाइनान्सलाई ६ विकेटले पराजित गर्यो। गुर्खाजले दिएको ६३ रनको लक्ष्य ग्लोबल आईएमईले विकेट नगुमाई पुरा गर्यो। खेलको प्लेयर अफ द म्याच चुनिएका ग्लोबल आईएमईका सौरभ श्रेष्ठले २० रन बनाउनुको साथै १ विकेट लिए।

छैठौं खेलमा आईसीएफसी फाइनान्सले दोश्रो जित दर्ता गर्ने क्रममा नेपाल टेलिकमलाई २५ रनले पराजित गर्यो। आईसीएफसीले दिएको ८१ रनको लक्ष्य पछ्याउने क्रममा नेपाल टेलिकमले ५५ रन मात्र बनाउन सक्यो। खेलको प्लेयर अफ द म्याच चुनिएका आईसीएफसीका नितेश तिवारीले ३ विकेट हात पारेका थिए।

दिनको सातौँ तथा अन्तिम खेलमा एनसेल ‘ए’ ले गुर्खाज फाइनान्सलाई २५ रनले पराजित गर्यो। एनसेलले दिएको ९९ रनको लक्ष्य पछ्याउने क्रममा गुर्खाजले ७३ रन मात्र बनाउन सक्यो। खेलको प्लेयर अफ द म्याच चुनिएका एनसेलका सबिन्द्र जोशीले २२ रन बनाएका थिए।





थप समाचार

पाकिस्तानलाई हराउँदै श्रीलंका फाइनलमा

काठमाडौं । श्रीलंकामा जारी एसिया कपको शुक्रबार भएको दोस्रो सेमिफाइनलमा पाकिस्तानलाई ३ विकेटले पराजित गर्दै घरेलु टोली फाइनलमा पुगेको हो। […]

टिएनपीएल सेप्टेम्बरमा हुने

काठमाडौं । तास्मानियन नेप्लीज क्रिकेट एसोसिएसनको आयोजनामा आगामी सेप्टेम्बरमा तास्मानियन नेप्लिज प्रिमियर लिग (टिएनपीएल) आयोजना हुने भएको छ । आयोजना […]

बंगलादेशलाई हराउँदै भारत नवौं पटक फाइनलमा

काठमाडौं । बंगलादेशलाई पराजित गरि भारत नवौं पटक एसीसी महिला एसिया कपको फाइनलमा प्रवेश गरेको छ । शुक्रबार भएको पहिलो […]

नेदरल्यान्ड्समा भ्रमणका लागि क्यानडाको टोली घोषणा

काठमाडौं । नेदरल्यान्ड्समा हुने  घरेलु टोली, अमेरिका तथा क्यानडा सहभागी रहने विश्वकप लिग टू सिरिज तथा त्रिदेशीय टी-२० सिरिजका लागि […]

महिला एसिया कप : सेमिफाइनल खेलहरु आज

काठमाडौं । श्रीलंकामा जारी रहेको नवौं संस्करणको एसीसी महिला एसिया कपको सेमिफाइनल खेलहरु आज (शुक्रबार) हुदैछ । पहिलो सेमिफाइनलमा भारत […]

तुषाराले भारतसँगको सिरिज गुमाउने

काठमाडौं । श्रीलंकाका तीव्र गतिका बलर नुवान तुषारा भारतविरुद्धको टी–२० सिरिजबाट बाहिरिएका छन् । तुषरालाई बुधबार राति अभ्यासका चोट लागेको […]