ढाकामा युवा टिमलाई मेडिकल सोसाइटीको स्वागत, खेल हेर्न स्टेडियम पुग्न प्रशिक्षक दासको आह्वान

Nepal U19 Cricket Team
  • विकेटनेपाल, १२ असोज  – ढाका -बंगलादेश 

२९ सेप्टेम्बर शनिबार देखि बंगलादेशमा सुरु हुने यु-१९ युथ एसिया कप खेल्न ढाका पुगेको नेपाली युवा टिमलाई नेपाल-बंगालदेश मेडिकल वेलफेयर सोसाइटीले स्वागत गरेको छ।

प्रतियोगितामा सहभागी हुन नेपाली टिम बिहिबार बंगलादेश पुगेको थियो र शनिबार भारतसंग पहिलो खेल खेल्ने कार्यक्रम रहेको छ। भारतसंगको खेल ढकाको बिकेएसपी-३ मैदानमा ८:४५ बजे ( नेपाली समय ) बाट सुरुहुनेछ।

वेलफेयर सोसाइटीले खेलाडीहरुलाई पान पसिफिक होटलमा एक कार्यक्रम आयोजना गर्दै स्वागत तथा सुभकामना प्रदान गरेको हो। कार्यक्रममा टिमको ब्यबस्थापक समेत रहेका पुर्व राष्ट्रिय क्रिकेटर शक्ति गौचन र मुख्य प्रशिक्षक तथा राष्ट्रिय टिमका पुर्व कप्तान बिनोद दासलाई सोसाइटीका सदस्य सम्राट पराजुलीले बिशेष सम्मान गर्नु भएको थियो।

 

बंगालदेश मेडिकल वेलफेयर सोसाइटीका अध्यक्ष रजनीश अधिकारीले कार्यक्रममा बोल्दै कार्यक्रम गर्नुको उद्देश्य नेपाली युवा टिमलाई प्रोत्साहन गर्नु र टिमलाई बंगलादेशमा पनि पर्याप्त समर्थन छ भन्ने महसुस गराउनु रहेको बताउनु भयो।

यस्तै प्रशिक्षक बिनोद दासले सोसाइटीले गरेको समर्थक र कार्यक्रमको तारिफ गर्दै बंगलादेश नेपाली क्रिकेटको दोश्रो घर जस्तै महसुस गरेको भवना समेत ब्यक्त गर्नुभयो।  प्रशिक्षक दास र अध्यक्ष अधिकारीले बंगलादेशमा रहेका बिद्यार्थी र अन्य सबैलाई समेत नेपाली युवा टिमलाई मैदानमै पुगी समर्थन गर्न कार्यक्रम मार्फत आव्ह्वान गर्नु भएको थियो।

सोसाइटीले कार्यक्रममा नेपाली टिमको प्रतिनिधित्व गरेका उप-कप्तान कमल सिंह ऐरिलाई तथा समग्र नेपाली टिमलाई मायाको चिनो समेत प्रदान गर्यो। कार्यक्रम पछि विकेटनेपालसंग कुरा गर्दै सोसाइटीका अध्यक्ष रजनीश अधिकारीले आगामी दिनमा पनि नेपाली टिमलाई निरन्तर समर्थन गरिरहने बताउनु भयो।

प्रतियोगितामा ८ राष्ट्रहरु सहभागी हुनेछन् जसलाई २ समुहमा बिभाजन गरिएको छ। नेपाल समुह ‘ए’ मा रहेको छ जुन समुहमा साविकको विजेता अफगानिस्तान, भारत र युएई रहेका छन्। यस्तै समुह ‘बि’ मा आयोजक बंगलादेश, हंगकंग, पाकिस्तान र श्रीलंका रहेका छन्। प्रतियोगिताको खेलहरु ढाका र चिटागोंगमा हुनेछ। २ वटा समुहबाट उत्कृस्ट २ हुने ४ टिमहरु सेमीफाईनल खेल्न छनौट हुनेछन्। अक्टोबर ४ र ५ तारिकमा सेमीफाईनल र अक्टोबर ७ तारिकमा फाईनल खेलिनेछ।

नेपालको खेल तालिका :- सेप्टेम्बर २९ Vs भारत, अक्टोबर १ Vs अफगानिस्तान, अक्टोबर २ Vs युएई

नेपाली टिम :- आसिफ शेख ( कप्तान ) , कमल सिंह ऐरि ( उप कप्तान ), रोहित पौडेल , रभी शाह, नन्दन यादब, रित गौतम,पवन शर्राफ, रबिन्द्र जंग शाही, राशिद खान,भिम शार्की,तृत राज दास, सन्दिप जोरा, सागर ढकाल,अरुन ऐरि, सुर्य तामांग





थप समाचार

नेपालको एकदिवसीय वरियता सुधार

एकदिवसीय अन्तर्राष्ट्रिय क्रिकेट वरीयतामा नेपालले फेरि एक स्थान सुधार गरेको छ । अन्तर्राष्ट्रिय क्रिकेट परिषद् (आईसीसी) ले बुधबार सार्वजनिक गरेको […]

चितवन रङ्गशालाबारे धुर्मुसले भने : देशका लागि काम गर्दा यति कठोर सजाय होला भन्ने कल्पनै थिएन

कलाकार सीताराम कट्टेल ‘धुर्मुस’ ले चितवनमा बनिरहेको क्रिकेट रङ्गशालाबारे छिटो निर्णय गरिदिन सरकारलाई आग्रह गरेका छन् । मङ्गलवार रङ्गशालाबाट सामाजिक […]

सोमपाललाई चन्द्रकोटले सम्मान गर्ने

गुल्मी, चैत ७ गते । गुल्मी जिल्लाको चन्द्रकोट गाउँपालिकाले नेपाली राष्ट्रिय क्रिकेट टोलीका खेलाडी सोमपाल कामीलाई सम्मान गर्ने भएको छ […]

लुम्बिनी सरकारले रोहित सहित ६ खेलाडीलाई सम्मान गर्ने

लुम्बिनी प्रदेश सरकारले नेपाली राष्ट्रिय क्रिकेट टोलीका खेलाडीलाई सम्मान गर्ने भएको छ । प्रदेश सरकार मन्त्रिपरिषद्को सोमबारको बैठकले आगामी वर्ष […]

किङ्सटन रनिङ सिल्ड : क्याम बेस्ट–११ विजयी

काठमाडौं, चैत ६ – क्याम बेस्ट–११ ले दोस्रो संस्करणको किङ्सटन रनिङ सिल्डमा सोमबार जेनएक्स–११ लाई ३ ले हराउँदै विजयी सुरुआत […]

आसिफले पाए सिएमजे स्पिरिट अफ क्रिकेट अवार्ड

सिएमजे स्पिरिट अफ क्रिकेट अवार्ड–२०२२ नेपाली राष्ट्रिय क्रिकेट टोलीका ओपनर आसिफ शेखले जितेका छन् । मेरिलेबोन क्रिकेट क्लब (एमसिसी) ले […]