बिग ब्यासमा सन्दिपको टिमको कप्तान परिवर्तन

  • विकेटनेपाल, मङ्सिर २६ – बुधबार

१९ डिसेम्बर २०१८ देखि १७ फेब्रुअरी २०१९ सम्म हुने अस्ट्रेलियाको घरेलु टि-२० क्रिकेट प्रतियोगिता बिग ब्यास लिगमा सन्दिप लामिछाने सम्मिलित टिम मेलबर्न स्टार्सले कप्तान परिवर्तन गरेको छ।

प्रतियोगिताको लागि सन्दिप लामिछानेलाई अघिल्लो महिना टिमले अनुबन्ध गरेको थियो। लिग खेल्न सन्दिप एभरेस्ट प्रिमियर लिगमा ललितपुर प्याट्रीएट्सको लागि २ खेल खेलेर सोमबार अस्ट्रेलिया पुगेका छन्।

बुधबार टिमले क्रिकेटको छोटो फर्म्याटको लागि बर्तमान अवस्थामा अस्ट्रेलियाको टिमका खतरनाक ब्याट्सम्यान मानिने ग्लेन म्याक्सवेललाई कप्तानको रुपमा घोषणा गरेको हो। सन्दिपले म्याक्सवेलसँग आइपिएल टिम दिल्ली डेयर डेभिल्सबाट सँगै खेलेका थिए।


यसअघि कप्तानको भूमिकामा रहेका अस्ट्रेलियाका पुर्व-खेलाडी तिब्र गतिका बलर जोन हेस्टिंग्सले क्रिकेट खेलका सबै फर्म्याटबाट सन्यास लिएपछि म्याक्सवेलले उक्त जिम्मेवारी पाएका हुन्। हेस्टिंग्सलाई दुर्लभ फोक्सोको समस्या आएपछि उनले यहि नोभेम्बर १४ तारिखमा क्रिकेटबाट सन्यासको घोषणा गरेका थिए।

मेलबर्नले प्रतियोगिता अन्तर्गत यसअघि भएका ६ वटा संस्करणमा निरन्तर उत्कृस्ट प्रदर्शन गर्दै आएको थियो। त्यो समयमा उसले ५ पटक सेमिफाइनलमा स्थान बनाएको थियो भने १ पटक उपबिजेता बन्न सफल भएको थियो। तर पछिल्लो (सातौँ) संस्करणमा भने खराब प्रदर्शन गर्दै अंक तालिकाको पुछारमा रहँदै प्रतियोगिता अन्त्य गरेको थियो।

म्याक्सवेलले यस अघि आइपिएलमा किंग्स ११ पन्जाबको कप्तानी गरिसकेका छन्। उनले स्टार्सको लागि कुल ३७ खेल खेल्ने क्रममा ९३७ रन बनाएका छन्।

टिमले नयाँ कप्तानको घोषणा पछी आफुहरुको पछिल्लो प्रदर्शन सुध्रिने आशा गरेको छ। कप्तान चुनिएपछी म्याक्सवेलले पनि आफु उत्साहित रहेको र प्रशिक्षक स्टेभेन फेल्मिंग र अन्य साथीहरुसँग घुलमिल रहँदै प्रतियोगितामा रमाउन उत्साहित रहेको प्रतिक्रिया दिएका थिए।

बिग ब्यास लिगमा एडलेड स्ट्राईकर, ब्रिसबेन हिट, होबार्ट हरिकेन्स, मेलबर्न रेनेगेड्स, मेलबर्न स्टार्स, पर्थ स्कर्चर्स, सिड्नी सिक्सर्स र सिड्नी थन्डर गरि ८ टिम रहेका छन्। राउण्ड रोबिन र नकआउट चरणमा हुने प्रतियोगिताको पछिल्लो संस्करण एडिलेड स्ट्राईकरले जितेको थियो भने पर्थ स्कोर्चर्सले सबैभन्दा बढी ३ पटक उपाधी कब्जा गरेको छ।

 

 

Manoj Ghimire

Manoj Ghimire is a Senior Correspondent at wicketnepal.com. He is an Information and Technology student following cricket from last nine years. He can be followed on Twitter.

Related Posts

Leave a Reply

© 2026 WicketNepal - WordPress Theme by WPEnjoy