- विकेटनेपाल, पुष-६ , शुक्रबार
बिग ब्यास लिग अन्तर्गत आफ्नो पहिलो खेल खेल्ने क्रममा सन्दिप लामिछानेको टिम मेलबर्न स्टार्सले सिड्नी थन्डर्ससंग प्रतिस्पर्धा गरिरहेको छ।
खेलमा टस हारेर पहिले ब्याटिंग गरेको सिड्नी थन्डर्सले २० ओभरमा ५ विकेट गुमाएर १८१ रनको योगफल तयार गरेको छ।
सिड्नीले ओपनर जोस बटलरलाई खेलको पाँचौ ओभरमा २० रनको व्यक्तिगत स्कोरमा गुमाउन पुग्यो। त्यसपछि आठौँ ओभरमा सन्दिप लामिछानेले शेन वाटसन ( २२ रन ) तथा कालुम फर्गुसन ( १५ रन ) लाई आउट गर्दा ८ ओभरमा थन्डर्स ५९/३ को अवस्थामा पुगेको थियो।
त्यसपछि भने सम्हालिएको थन्डर्सलाई जोए रुट र जेसन सांघाले ४० रनको साझेदारी गर्दै अघि बढाए। रुट १८ रन बनाएर आउट भएपछि सांघाले पाँचौ विकेटको लागि ड्यानियल स्याम्ससंग साझेदारी गर्दै योगफललाई १५० पार गराए।
पाँचौ विकेटको लागि सांघा र स्याम्सले ७७ रन बनाएपछि थन्डर्सले निर्धारित २० ओभरमा १८१/५ को योगफल तयार गर्यो।
जेसन सांघाले अविजित ६३ रन बनाउने क्रममा ३६ बलमा ४ छक्का र ४ चौका प्रहार गरे भने। स्याम्सले ३४ रन ( २१ बल , १ चौका र २ छक्का ) बनाए।
मेलबर्नको लागि बलिङ्गमा दुई लेग स्पिनर सन्दिप लामिछाने र एडम जाम्पाले २/२ विकेट लिए। सन्दिपले ४ ओभरमा ३६ रन तथा जाम्पाले ४ ओभरमा २३ रन खर्चिए। ड्वेन ब्राभोले १ विकेट ( ४-०-२८-१ ) लिए।
पहिलो ओभरमै सन्दिपले लिए २ विकेट
खेलको आठौँ ओभरमा बलिङ्ग गर्न पाएका सन्दिपले एकै ओभरमा २ विकेट लिंदै लिगमा शानदार सुरुवात गराएका हुन्। आठौँ ओभरमा बलिङ्ग गर्न आएका सन्दिपले ओभरको दोश्रो बलमा २२ रन बनाएर ब्याटिंग गरिरहेका कप्तान शेन वाटसनको विकेट लिए।
बिग ब्यास डेब्युको दोश्रो बलमै विकेट लिने क्रममा वाटसनलाई सन्दिपले गुग्लि गर्दै क्याचआउट गराए। ठुलो सट हिर्काउने क्रममा उनि लंग-अनमा समातिन पुगे।
Sandeep Lamichhane is making his mark on the @BBL! Just Shane Watson for your first wicket, thank you very much. #BBL08 pic.twitter.com/OTgUjQn5hV
— cricket.com.au (@cricketcomau) December 21, 2018
सन्दिप त्यतिमा रोकिएनन् र त्यसै ओभरमा दोश्रो विकेट लिने क्रममा अर्का क्रिजमा जमीसकेका अर्का अस्ट्रेलियन राष्ट्रिय क्रिकेटर क्यालम फर्गुसनलाई क्याच आउट गराए। फर्गुसनले सन्दिपको बललाई रोक्न रोक्न खोज्दा लिडिंग एज लागेको थियो। फर्गुसनले १५ रन बनाए।
सन्दिपको पहिलो ओभर – ( १ , विकेट, १ , ० , १ , विकेट )
पहिलो बल – १ रन ( फर्गुसन ) , दोश्रो बल- विकेट ( वाटसन ) , तेश्रो बल – १ रन ( फर्गुसन )
चौथो बल – डट बल ( रुट ) , पाँचौ बल – १ रन ( रुट ) , छैठौं बल – विकेट ( फर्गुसन )
पहिलो ओभरमा २ विकेट लिएका सन्दिपले मात्र ३ रन खर्चिए भने त्यस लगत्तै दशौँ ओभरमा बलिङ्ग गर्दै सन्दिपले ६ रन खर्चिए। ओभरको पाँचौ बलमा जोय रुटले उनलाई चौका प्रहार गरेका थिए।
सन्दिपको दोश्रो ओभर – १ , ० , ० , १ , ४ , ०
त्यसपछि तेश्रो ओभर बलिङ्ग गर्दा सन्दिपले १२ औं ओभरमा केहि महँगो सावित हुने क्रममा १३ रन खर्चिए। त्यस ओभरको छैठौं बलमा जेसन साँगाले सन्दिपलाई छक्का प्रहार गरेका थिए।
सन्दिपको तेश्रो ओभर – १ , १ , २ , २ , १ ६
१४ औं ओभरमा टिमको लागि चौथो ओभर बलिङ्ग गर्ने क्रममा भने सन्दिप महँगो सावित भए। उनलाई जेसन सांघाले ओभरमा २ वटा छक्का प्रहार गरे। ओभरको पहिलो बलअ र तेश्रो बलमा सन्दिपले छक्का खाँदा ४ ओभरमा २ विकेट लिंदै सन्दिपले ३६ रन खर्चन पुगे।
सन्दिपको चौथो ओभर – ६ , ० , ६ , ० , १ , १
सन्दिप नेपालको बिराट कोहली
खेलको क्रममा सन्दिपको तारिफ गर्दै अस्ट्रेलियन पुर्व प्रशिक्षक रिकी पोन्टिंगले सन्दिपलाई नेपाली बिराट कोहली भनेका थिए। कमेन्ट्रीको क्रममा लगातार प्रसंशा पाएका सन्दिपले दिल्लीको लागि आईपीएल खेल्दा रिकी पोन्टिंगनै प्रशिक्षक रहेका थिए।