मेयर कप: खुकुरीलाई सेमीमा पुर्याउन लाल बहादुरको ६ विकेट

  • विकेटनेपाल, माघ २२ – मनोरन्जन शर्मा (भैरहवा)

लुम्बिनी खुकुरी क्रिकेट क्लब र शिवशक्ति क्रिकेट क्लब भैरहवास्थित सिद्धार्थ रंगशालामा जारी प्रथम मेयर कप टि–२० रनिङ क्रिकेट प्रतियोगिताको सेमिफाइनलमा प्रवेश गरेका छन्।

सिद्धार्थनगर नगरपालिकाको आयोजनामा जारी प्रतियोगितामा सोमबार भएको पहिलो खेलमा लुम्बिनी खुकुरीले प्रोफेसनल मास्टर्स–११ लाई ७७ रनले हराउँदै एक खेल बाँकी छदै सेमिफइनल पुगेको हो । उसले लगातार दुई खेल जित्न सफल भएको छ । यस्तै शविशक्तिले तिरुपतिलाई हराउँदै सेमिफाइनल पुगेको हो ।

टस जितेर ब्याटिङ गरेको खुकुरीले निर्धारित खेलमा १ सय ८६ रन बनाएको थियो । जसमा निश्चल चौधरीले (नटआउट) र शंकर रानाले समान ७२/७२ रन बनाए । बलिङमा मास्टर्स ११ मा सामोत पौडेल र रुपेश बास्तोलाले १/१ विकेट लिए । प्रतिउत्तरमा मास्टर्स ११ ले निर्धारित खेलमा सबै विकेट गुमाई १ सय ९ रन मात्रै बनायो । उसका लागि राजु शहानीले सर्वाधिक ५६ रन बनाए पनि अन्य ब्याट्सम्यान नचल्दा टिमले हार व्यहोर्न पुग्यो ।

मास्टर्स ११ लाई सस्तैमा समेट्ने क्रममा खुकुरीका लालबहादुर अधिकारीले ६ विकेट लिँदै म्यान अफ द म्याच घोषित भए।

यस्तैगरी दोस्रो खेलमा शिवशक्ति क्रिकेट क्लबले तिरुपति क्रिकेट क्लबलाई ७ विकेटले पराजित गर्दै सेमिफाइनलमा स्थान सुरक्षित बनाएको छ ।

जितका लागि पाएको १ सय ९ रनको लक्ष्य शिवशक्तिले १४ ओभरमा ३ विकेटको क्षतिमा पुरा गर्यो । शविशक्तिको जिमा कुशल मल्लले २५, कृष्ण कार्कीले २३ र नूरध्यवज सेनले २० रनको योगदान दिए। बलिङमा तिरुपतिका देव खनाल, शुभांकर जिसी र नरेशचन्द्र ठकुरीले समान १/१ विकेट लिए ।

यसअघि टस जितेर ब्याटिङ गरेको तिरुपतिले निर्धारित खेलमा १ बल बाँकी छदै सबै विकेट गुमाई १ सय ८ रनको योगफल बनाएको थियो । उसका लागि नरेशचन्द्र ठकुरीले ३२ रन बनाए । शिवशक्तिका लागि विष्णु कटरियाले ३ विकेट लिँदै म्यान अफ द द म्याच भए ।

मंगलबार पहिलो खेल प्रोफेसनल मास्टर्स ११ र लर्डबुद्ध क्रिकेट क्लबबीच हुनेछ भने दोस्रो खेल बुद्ध क्रिकेट क्लब र मेल्बोर्न क्रिकेट क्लबबीच हुने छ ।

यही माघ २७ गतेसम्म चल्ने प्रतियोगितामा नगरभित्रका ८ वटा क्लबहरुको सहभागिता छ । प्रतियोगितामा विजयी टिमले नगद ५० हजारसहित मेडल र प्रमाणपत्र प्राप्त गर्नेछन् । यस्तै उपविजेताले नगद २५ हजार मेडल र प्रमाणपत्र प्राप्त गर्नेछन् । म्यान अफ द सिरिजले नगद १० हजार र म्यान मफ द म्याचले दैनिक ५ सय प्राप्त गर्ने छन् ।





थप समाचार

मधेस प्रदेश सरकारले आसिफलाई दुई लाख प्रदान गर्ने

जनकपुरधाम, चैत १० गते । मधेस प्रदेश सरकारले यस प्रदेशका अन्तर्राष्ट्रिय खेलाडी आसिफ शेखलाई दुई लाख प्रदान गर्ने घोषणा गरेको […]

एपीएफ र सुदूरपश्चिम विजयी

विभागीय टोलीको एपीएफ क्लब र सुदूरपश्चिम प्रदेशले ललितपुर मेयर कप महिला टी–२० राष्ट्रिय क्रिकेट प्रतियोगितामा विजयी सुरुवात गरेको छ । […]

‘द हन्ड्रेड’ को ड्राफ्ट आज, सन्दीप र अर्जुन ड्राफ्टमा

काठमाडौँ । इंग्ल्यान्डमा आयोजना हुने ‘द हन्ड्रेड’ क्रिकेटको खेलाडी छनोटको लागि ड्राफ्ट आज हुदैछ । नेपाली राष्ट्रिय क्रिकेट टोलीका पूर्व […]

प्रशिक्षक देसाईको तलव बढ्यो

नेपाल क्रिकेट संघ (क्यान)ले क्रिकेट प्रशिक्षकको तलब वृद्धि गरेको छ । आइसीसी विश्वकप लिग-२ मा नेपाली टिमलाई राम्रो नतिजा दिलाएपछि […]

नेपालको एकदिवसीय वरियता सुधार

एकदिवसीय अन्तर्राष्ट्रिय क्रिकेट वरीयतामा नेपालले फेरि एक स्थान सुधार गरेको छ । अन्तर्राष्ट्रिय क्रिकेट परिषद् (आईसीसी) ले बुधबार सार्वजनिक गरेको […]

चितवन रङ्गशालाबारे धुर्मुसले भने : देशका लागि काम गर्दा यति कठोर सजाय होला भन्ने कल्पनै थिएन

कलाकार सीताराम कट्टेल ‘धुर्मुस’ ले चितवनमा बनिरहेको क्रिकेट रङ्गशालाबारे छिटो निर्णय गरिदिन सरकारलाई आग्रह गरेका छन् । मङ्गलवार रङ्गशालाबाट सामाजिक […]