चेन्नाईलाई पराजित गर्दै मुम्बई आईपीएल फाइनलमा

  • विकेटनेपाल, बैशाख २४ 

डिफेन्डिङ च्याम्पियन चेन्नाई सुपर किंग्सलाई ६ विकेटले पराजित गर्दै मुम्बई इन्डीएन्स आईपीएलको फाइनलमा प्रवेश गरेको छ।

मुम्बई आईपीएलको फाइनल प्रवेश गरेको यो पाँचौ पटक हो। सन् २०१३, २०१५ र २०१७ मा मुम्बईले आईपीएल उपाधि जितेको थियो भने सन् २०१० मा फाइनलमा पराजित भएको थियो।

मुम्बईसंग पराजित भएपछि अब फाइनल प्रवेशको लागि चेन्नाईले दोश्रो मौका कुर्नु पर्नेछ। भोलि हुने इलिमीनेटरमा दिल्ली र हैदराबाद बीचको खेलको विजेतासंग फाइनल प्रवेशको लागि चेन्नाईले दोश्रो क्वालिफायर शुक्रबार खेल्नेछ।

सुर्यकुमार यादबको उत्कृस्ट इनिंग 

चेन्नाईको एमए चिदम्बरम मैदानमा सम्पन्न पहिलो क्वालिफायर खेलमा चेन्नाईले टस जितेर पहिले ब्याटिंग गर्दै दिएको १३२ रनको लक्ष्य मुम्बईले १८.३ ओभरमा ४ विकेट गुमाएर पुरा गर्यो।

लक्ष्य पछ्याउने क्रममा ओपनर तथा कप्तान रोहित शर्मा ४ तथा क्विन्टन डीकक ८ रन बनाएर आउट भएपछि तेश्रो विकेटको लागि सुर्यकुमार यादब र इशान किशानले ८० रनको साझेदारी गर्दै मुम्बईको योगफल १०० पार गराएका थिए।

इशान १४ औं ओभरमा २८ रन बनाएर आउट भए जसलगत्तै क्रुनल पान्ड्या खाता नखोली आउट भए। दुवैलाई इमरान ताहिरले आउट गरे।

त्यसपछि पनि एक किनार सुर्यकुमार यादबले सम्हालीरहे। हार्दिक पान्ड्यासंग पाँचौ विकेटको लागि ३१ रनको साझेदारी गर्दै जितसम्म पुर्याए।

सुर्यकुमार ७१ रनमा अविजित रहे जुन क्रममा ५४ बलमा १० चौका प्रहार गरे भने हार्दिकले १३ रन बनाए।

चेन्नाई बलर इमरान ताहिरले २ विकेट ( ४-०-३३-२ ) तथा दिपक चाहर र हरभजन सिंहले १/१ विकेट लिए।

चेन्नाईको ब्याटिंग 

यस अघि चेन्नाईले निर्धारित २० ओभरमा ४ विकेट गुमाएर १३१ रनको योगफल तयार गरेको थियो।

टस जितेर ब्याटिंग रोजेको चेन्नाईको सुरुवात राम्रो हुनसकेन। ओपनर फाफ डु प्लेसिस ६ , शेन वाटसन १० तथा सुरेश रैना २६ रन बनाएर आउट हुँदा ३२ रनमा चेन्नाईले ३ विकेट गुमाउन पुग्यो।

चौथो विकेटको लागि मुरली विजय र अम्बाती रायडुले ३३ रनको साझेदारी गरे। विजय २६ रन बनाएर आउट भएपछि रायडु र कप्तान महेन्द्र सिंह धोनीले टिमलाई अघि बढाएका थिए।

धोनी र रायडुले पाँचौ विकेटको लागि अविजित ६६ रनको साझेदारी गरे। रायडुले ३७ बलमा ३ चौका र १ छक्का मदतले ४२ रन तथा धोनीले २९ बलमा ३ छक्का मदतले ३७ रन बनाए।

किफायती बलिंग गरेका मुम्बईको लागि राहुल चाहरले ४ ओभरमा १४ रन मात्र खर्चेर २ विकेट लिए। क्रुनल पान्ड्या ( ४-०-२१-१ ) र जयन्त यादब ( ३-०-२५-१ ) ले १/१ विकेट लिए।

खेलको फोटोहरु :-

Photo – IPLT20.com





थप समाचार

नेपालले पहिलो खेल नेदरल्यान्ड्ससँग खेल्ने

काठमाडौं। आगामी जुनमा स्कटल्यान्डमा आयोजना हुने त्रिकोणात्मक टी-२०आई सिरिजमा नेपालले आफ्नो पहिलो खेल नेदरल्यान्ड्ससँग खेल्ने भएको छ। जुनमा ग्लास्गोको क्लाइडसडेल […]

सिद्धान्तलाई क्यानले आर्थिक सहयोग गर्ने

काठमाडौं। नेपाल क्रिकेट संघ (क्यान)ले महेन्द्र नारायण निधी राष्ट्रिय क्रिकेट प्रतियोगिताको दौरान घाइते भएका क्रिकेटर सिद्धान्त लोहनीलाई पाँच लाख रुपैयाँ […]

एम. एम. कप बैशाख १३ गते देखि हुने

मनमोहन मेमोरियल कप (एम.एम. कप) फाउण्डेशनले आयोजना गर्ने तेस्रो संस्करणको राष्ट्रिय एक दिवसीय क्रिकेट प्रतियोगिता ‘एम.एम. कप सिजन ३’ को […]

लिग-२ का लागि क्यानले घोषणा गर्यो ‘कोर क्याम्प’

काठमाडौं। नेपाल क्रिकेट संघ (क्यान) ले आगामी जुनमा स्कटल्यान्डमा आयोजना हुने आइसिसी क्रिकेट विश्वकप लिग-२ शृंखलाको तयारीका लागि ‘कोर क्याम्प’को […]

वर्षाले निर्णायक खेल रद्द हुँदा नेपाल अभागी, अफगानिस्तान विश्वकपमा

आइसिसी यु–१९ विश्वकप एसिया छनोटअन्तर्गत नेपाल र अफगानिस्तानबिचचको खेल वर्षाका कारण रद्द भएपछि अफगानिस्तान विश्वकपमा छनोट भएको छ । मुलपानीस्थित […]

न्युजिल्यान्डमा क्यान्टरबरी नेप्लिज प्रिमियर लिग हुँदै

क्यान्टरबरी नेप्लिज प्रिमियर लिग (CNPL) को पहिलो संस्करण अप्रिल १९ र २० गते न्युजिल्यान्डको स्प्रेडन डोमेन, क्राइस्टचर्च मा आयोजना हुँदैछ। नेपाली […]