ब्याटिंग नचल्दा मुम्बईद्वारा चेन्नाई सहजै पराजित

चेन्नाई सुपर किंग्सलाई ५ विकटले पराजित गर्दै मुम्बई इन्डीएन्सले आईपीएलमा तेश्रो जित दर्ता गरेको छ। मुम्बई स्थित वानखेडे स्टेडियममा चेन्नाईले दिएको ९८ रनको सामान्य लक्ष्य मुम्बईले १४.५ ओभरमा ५ विकेट क्षतिमा भेटायो।

लक्ष पछ्याउने क्रममा मुम्बईले ३३ रन बनाउदा ४ विकेट गुमायो। पाँचौ विकेटको लागि तिलक वर्माले ऋतिक शोकीनसंग ४८ रनको साझेदारी गरे। वर्माले अविजित ३४ रन बनाए। कप्तान रोहित शर्मा र ऋतिक शोकिनले समान १८ रन तथा टिम डेभिडले १६ रन बनाए। चेन्नाई बलर मुकेश चौधरीले ३ तथा सिम्रनजित सिंह र मोईन अलिले १/१ विकेट लिए।

टस हारेर ब्याटिंग गरेको चेन्नाईले १६ ओभरमा ९७ रन बनाउदा सबै विकेट गुमायो। उसको लागि कप्तान महेन्द्र सिंह धोनी अविजित रहँदै सर्वाधिक ३६ रन बनाए। ३९ रनमा ६ विकेट गुमाएको अवस्थामा धोनीले सातौँ विकेटको लागि ड्वेन ब्राभोसंग ३९ रन जोडे।

मुम्बई बलर ड्यानियल स्याम्सले ४ ओभरमा मात्र १६ रन खर्चेर ३ विकेट लिए। त्यसक्रममा स्याम्सले चेन्नाईको माथिल्लो क्रमका रुतुराज गायकवाड, डेभोन कनवे र मोईन अलिको विकेट लिए।  राइली मेरेडीथ र कुमार कार्तिकेले २/२ तथा जस्प्रित बुम्रह र रमनदिप सिंहले १/१ विकेट लिए।

जितपछि पनि मुम्बई लिग अंकतालिकाको दशौँ स्थानमा यथावत छ जसले १२ खेल खेल्दा ९ हार र ३ जित दर्ता गरेको छ। नवौं स्थानमा रहेको चेन्नाईको १२ खेलमा ४ जित र ८ हार पछि ८ अंक छ।





थप समाचार

ललितपुर मेयर कप : ललितपुरलाई हराउदै मधेस विजयी

मधेस प्रदेशले यहाँ जारी ललितपुर मेयर कप महिला टी-ट्वान्टी राष्ट्रिय क्रिकेट प्रतियोगितामा आयोजक ललितपुर मेयर्सलाई पराजित गरेको छ । मधेस […]

CAM Premier League: बुद्ध भूमि र चितवन राइनोजको जित, बलरद्वय युवराज र रविन उत्कृष्ट 

काठमाडौं, चैत १४– युवराज मल्लको उत्कृष्ट बलिङ प्रेरित बुद्ध भूमि क्रिकेट क्लबले सोमबार क्याम प्रिमियर लिग क्रिकेट २०२३ मा जित […]

सन्दीपको मुद्दाको सुनुवाइ स्थगित

क्रिकेटर सन्दीप लामिछानेको मुद्दाको सुनुवाइ स्थगित भएको छ । आज (सोमबार) जिल्ला अदालत काठमाडौंका न्यायाधीश माधवप्रसाद घिमिरेको बेन्चमा उक्त मुद्दाको […]

तीन क्रिकेटरलाई तिलोत्तमा नगरपालिकाको सम्मान

सिद्धार्थनगर, चैत्र १२ गते । राष्ट्रिय क्रिकेट टोलीका तीन खेलाडीलाई रुपन्देहीको तिलोत्तमामा नगद पुरस्कारसहित सम्मान गरिएको छ । आइसिसी विश्वकप […]

चितवनमा निर्माणाधिन क्रिकेट रंगशालाको स्वामित्व सरकारले लिन राष्ट्रिय सभामा माग

राष्ट्रियसभा सदस्य खिमलाल देवकोटाले चितवनमा निर्माणाधिन गौतमबुद्ध अन्तर्राष्ट्रिय क्रिकेट रंगशालाको पूर्ण स्वामित्व सरकारले लिनुपर्ने माग गरेका छन् । आइतबारको राष्ट्रियसभा […]

सिता चम्किँदा एपिएफ फाईनलमा

साबिक विजेता एपीएपफ क्लब ललितपुर मेयर्स कप महिला टी–२० राष्ट्रिय क्रिकेट प्रतियोगिताको फाइनलमा प्रवेश गरेको छ । एपीएफ लिग चरणको […]