शनशनिपूर्ण खेलमा चेन्नाईसंग मुम्बई १ विकेटले पराजित

  • विकेटनेपाल, २५ चैत 

इन्डियन प्रिमियर लिग आईपीएल अन्तर्गत ११ औं सिजनको उद्घाटन खेलमा मुम्बईलाई रोमान्चक खेलमा पराजित गर्दै चेन्नाईले १ विकेटको जित निकालेको छ।

मुम्बईले दिएको १६६ रनको लक्ष्य  चेन्नाईले ९ विकेट गुमाएर पुरा गर्यो। ११८/८ ( १६.३ ) को अवस्थामा ड्वेन ब्राभोले जस्प्रित बुम्राले गरेको १९ औं ओभरमा ३ वटा छक्का प्रहार गर्दै टिमलाई जित नजिक पुर्याएका थिए। सोहि ओभरको अन्तिम बलमा ६८ रनको व्यक्तिगत स्कोरमा आउट भएपछि अन्तिम ओभरमा  चेन्नाईलाई जितको लागि ७ रन आवस्यकता थियो जुनबेला २० औं ओभरको चौथो बलमा केदार जाधबले छक्का तथा पाँचौ बलमा चौका प्रहार गर्दै रोमान्चक जित दिलाए।

मुम्बईको इनिंग 

टस हारेर ब्याटिंग गरेको घरेलु टिम मुम्बईले खराब सुरुवात गर्यो र पहिलो २ विकेट २० रनको स्कोरमै गुमाउन पुग्यो कप्तान रोहित शर्मा १५ रन बनाएर वाट्सनको तथा इर्भिन लुईस खाता नखोल्दै चाहरको बलमा आउट भए।

दोश्रो विकेट पछि मुम्बई सम्हालियो, इशान किशन र सुर्यकुमार यादबले तेश्रो विकेटको लागि ७८ रनको साझेदारी गरे। वाट्सनले यादबलाई ४३ ( २९ बल, ६ चौका र १ छक्का ) तथा किशनलाई  २९ बल, ४ चौका र १ छक्का ) इमरान ताहिरले ४० रनको स्कोरमा आउट गर्दा चेन्नाई पुनः खेलमा फर्कियो जुन समय मुम्बईको स्कोर १५ औं ओभरअ ११३/४ पुग्यो।

तर त्यसपछि पाँचौ विकेटको लागि पान्ड्या दाजुभाई ( हार्दिक र क्रुनल ) ले ५२ रनको अविजित साझेदारी गरेपछि मुम्बईले पुरै २० ओभरमा ४ विकेट गुमाएर १६५ रनको योगफल तयार गर्यो। हार्दिकले २० बलमा २ चौका मदतले २२ रन बनाए भने क्रुनलले २२ बलमा २ छक्का र ५ चौका मदतले २२ बलमा ४१ रन बनाए।

चेन्नाई बलर शेन वाट्सनले सर्वाधिक २ विकेट ( ४-०-२९-२ ) तथा दिपक चाहर र इमरान ताहिरले १/१ विकेट लिए।

चेन्नाईको इनिंग

१६६ रनको लक्ष्य पछ्याउने क्रममा चेन्नाईले खराब सुरुवात गर्यो र पहिलो ४ विकेट ५१ रनको योगफलमै गुमाउन पुग्यो। ओपनर शेन वाट्सन ( १६ ) र अम्बाती रायडु ( २२ ) रन बनाएर आउट भएपछि सुरेश रैना ( ४ ) र कप्तान धोनी ( ५ ) पनि सस्तोमै आउट हुन पुगे। पाँचौ विकेटको लागि केदार जाधब र रबिन्द्र जडेजाके २४ रनको साझेदारी गरे तर जडेजा १२ रनमा मुस्तफिजुर रहमानको बलमा आउट भए।

त्यसपछि पनि मुम्बईको विकेट गुम्ने क्रम जारि रह्यो र चाहर ( ० ) , हरभजन सिंह ( ८ ) तथा मार्क वुड ( १ ) रन मै पेभेलियन फर्किए। फलस्वरूप चेन्नाई १७ औं ओभरमा ११८/८ को अवस्थामा पुग्यो। तर ड्वेन ब्राभोले एउटा किनारमा आक्रामक ब्याटिंग गर्दै चेन्नाईको सम्भावना जीवित राखे। ब्राभोले नवौं विकेटको लागि केदार जाधबसंग ४१ रनको साझेदारी गर्दै चेन्नाईलाई खेलमा फर्काए।

६८ रनको इनिंग खेलेका ब्राभोले ३० बलमा ७ छक्का र ३ चौका प्रहार गरे। उनि १९ औं ओभरको अन्तिम बलमा बुम्राको बलमा क्याच आउट हुन पुगे। त्यसपछि अन्तिम ओभरमा १ विकेट बाँकी रहेको र जित्न ७ रन आवस्यक रहेको बेला २० औं ओभरको चौथो बलमा केदार जाधबले छक्का र पाँचौ बलमा चौका प्रहार गर्दै चेन्नाईलाई रोमान्चक जित दिलाएका थिए। जाधब २४ रनमा अविजित रहे जसले २२ बलमा २ छक्का र १ चौका प्रहार गरे।

मुम्बई बलर मायांक मारकंडे र हार्दिक पान्ड्याले ३/३ विकेट लिए पनि जितको लागि पर्याप्त भएन। लेग स्पिनर मारकंडेले ४ ओभरमा २३ रन तथा  पान्ड्याले ४ ओभरमा २४ रन खर्चिए। म्याकलेनेघन, मुस्ताफिजुर रहमान र जस्प्रित बुम्राले १/१ विकेट लिए। खेलको म्यान अफ द म्याच ड्वेन ब्राभो घोषित भए ।

 

 





थप समाचार

पाकिस्तानलाई हराउँदै श्रीलंका फाइनलमा

काठमाडौं । श्रीलंकामा जारी एसिया कपको शुक्रबार भएको दोस्रो सेमिफाइनलमा पाकिस्तानलाई ३ विकेटले पराजित गर्दै घरेलु टोली फाइनलमा पुगेको हो। […]

टिएनपीएल सेप्टेम्बरमा हुने

काठमाडौं । तास्मानियन नेप्लीज क्रिकेट एसोसिएसनको आयोजनामा आगामी सेप्टेम्बरमा तास्मानियन नेप्लिज प्रिमियर लिग (टिएनपीएल) आयोजना हुने भएको छ । आयोजना […]

बंगलादेशलाई हराउँदै भारत नवौं पटक फाइनलमा

काठमाडौं । बंगलादेशलाई पराजित गरि भारत नवौं पटक एसीसी महिला एसिया कपको फाइनलमा प्रवेश गरेको छ । शुक्रबार भएको पहिलो […]

नेदरल्यान्ड्समा भ्रमणका लागि क्यानडाको टोली घोषणा

काठमाडौं । नेदरल्यान्ड्समा हुने  घरेलु टोली, अमेरिका तथा क्यानडा सहभागी रहने विश्वकप लिग टू सिरिज तथा त्रिदेशीय टी-२० सिरिजका लागि […]

महिला एसिया कप : सेमिफाइनल खेलहरु आज

काठमाडौं । श्रीलंकामा जारी रहेको नवौं संस्करणको एसीसी महिला एसिया कपको सेमिफाइनल खेलहरु आज (शुक्रबार) हुदैछ । पहिलो सेमिफाइनलमा भारत […]

तुषाराले भारतसँगको सिरिज गुमाउने

काठमाडौं । श्रीलंकाका तीव्र गतिका बलर नुवान तुषारा भारतविरुद्धको टी–२० सिरिजबाट बाहिरिएका छन् । तुषरालाई बुधबार राति अभ्यासका चोट लागेको […]