आईपीएल २०२० को फाइनलमा डिफेन्डिङ च्याम्पियन मुम्बई इन्डीएन्स र दिल्ली क्यापिटल्स प्रतिस्पर्धा गर्दैछन्। खेल युएईको दुबई स्थित दुबई अन्तर्राष्ट्रिय स्टेडियममा ७:४५ बजे राति सुरु हुँदैछ। मुम्बईले पहिलो क्वालीफायरमा दिल्लीलाई पराजित गर्दै फाइनलमा स्थान सुरक्षित गरेको थियो भने दिल्लीले दोश्रो क्वालीफायरमा सनराइजर्स हैदरावादलाई पराजित गर्दै फाइनल पुगेको थियो।
टस जितेर दिल्लीले ब्याटिंग रोज्यो
खेलमा दिल्लीले टस जितेर पहिले ब्याटिंग गर्ने निर्णय लिएको छ। दोश्रो क्वालीफायरमा पनि दिल्लीले टस जितेर पहिले ब्याटिंग गर्दै जित हात पार्न सफल भएको थियो। ऐयरले पछिल्लो खेलमा पहिले ब्याटिंग गर्दा राम्रो नतिजा आएकोले यो निर्णय लिएको बताए। उनले टिमको बलिंगमा आफुलाई आत्मविश्वास रहेको बताए। उनले विकेट राम्रो देखिएको र राम्रो योगफल बनाउदै मुम्बईलाई दबाब दिने बताए। उनले मुम्बई टिमको तारिफ गर्दै आफ्नो लागि गुमाउनु पर्ने कुरा केहि नरहेको बताए। दिल्लीले अन्तिम-११ मा कुनै पनि परिवर्तन गरेको छैन
दिल्ली क्यापिटल्सको अन्तिम ११ : शिखर धवन, मार्कस स्टोइनिस, अजिंके रहाने, श्रेयस ऐयर ( कप्तान ) , शिमरन हेटमायर, रिशभ पन्त ( विकेटकिपर ) , अक्षर पटेल, प्रभिन दुबे, कागीसो रबाडा, रभीचन्द्र आश्विन, एनरिक नोर्किया

मुम्बई कप्तान रोहित शर्माले टस हारेपनि कुनै पर्वाह नभएको बताए। उनले फाइनल खेल उत्कृस्ट हुने विश्वास गरे। आफ्नो टिमले बिगतमा के गरेको महत्वपूर्ण नरहेको र यो खेललाई नयाँ खेलको रुपमा लिने उनले बताए। फाइनल खेलको दबाब बेग्लै हुने र त्यसको लागि खेलाडीहरुमा अनुभव रहेको उनले बताए। टिममा मुम्बईले एउटा परिवर्तन गरेको छ। लेग स्पिनर राहुल चाहरलाई बाहिर राखेर अफ-स्पिनर जयन्त यादवलाई अन्तिम-११ मा मौका दिईएक छ। उनले यसलाई रणनीतिक परिवर्तन भएको बताएका छन्।
मुम्बई इन्डीएन्सको अन्तिम ११ : रोहित शर्मा ( कप्तान ) , क्विन्टन डीकक ( विकेटकिपर ) , सूर्यकुमार यादव, इशान किशन, हार्दिक पान्ड्या, काइरन पोलार्ड, क्रुनाल पान्ड्या, नाथन कुल्टर नाइल, जयन्त यादव, ट्रेन्ट बोल्ट, जस्प्रित बुम्राह
रोचक तथ्यहरु
– मुम्बई लिगकै सफल फ़्रेन्चाइज् हो भने दिल्ली पहिलो पटक फाइनल पुगेको हो। तर हेड टु हेड रेकर्डमा भने दुवै टिमले इतिहासमा समान १२-१२ खेल जितेका छन्। यो सिजन ३ खेल जित्दै मुम्बईले बराबरी गरेको हो।
– मुम्बईले दिल्लीलाई लिगमा यो सिजन ३ पटक पराजित गरेको छ। ३ वटै खेल लिगमा हारेपछि फाइनलमा पुनरागमन गरेर एक पटक मात्र कुनै टिमले आईपीएल जितेको छ त्यो मुम्बई नै हो। २०१७ म राईजिंग पुने सुपर जायन्टसले मुम्बईलाई ३ वटै खेलमा पराजित गरेपछि फाइनलमा मुम्बईले हारको शिलशिला तोडेको थियो।
– कागीसो रबाडाले २९ विकेट हात पार्दै हाल पर्पल क्याप नाम गरेका छन् जसको पछाडी जस्प्रित बुम्राह २७ विकेट लिंदै रहेका छन्।
– धवनले थप ६८ रन बनाए केएल राहुलको ६७० रनलाई उछिन्दै यो सिजन अरेन्ज क्याप आफ्नो नाम गर्नेछन्।
– मुम्बईका ४ जना ब्याट्सम्यान इशान किशन ( २९ ) , हार्दिक पान्ड्या ( २५ ) , काइरन पोलार्ड ( २० ) र क्विन्टन डीकक ( २१ ) ले २० भन्दा बढी छक्का हिर्काएका छन्। दिल्लीको कुनै पनि ब्याट्सम्यानले २० छक्का हिर्काउन सकेका छैनन् जसको लागि मार्कस स्टोइनिसले सर्वाधिक १५ छक्का प्रहार गरेका छन्।
– स्टोइनिसले यो सिजन ३५२ रन बनाउनुको साथै १२ विकेट पनि लिएका छन्। उनि लिग इतिहासको एकै सिजन ३५० रन र १० विकेटसंगै लिने १२ अलराउण्डर मध्येका हुन्। हार्दिक पान्ड्या र आन्द्रे रसेलले गत वर्ष तथा सुनिल नारायणले २०१८ मा यस्तो गरेका थिए
https://wicketnepal.com/ipl-winners-all-list-wn20/
https://wicketnepal.com/mi-vs-dc-final-prev-wn20-ipl/
https://wicketnepal.com/mi-can-beat-dc-5-reason-wn20/
