IPL Final : मजबूत मुम्बईलाई स्तब्ध पार्दै दिल्लीको इतिहास रच्ने लक्ष्य

आईपीएल २०२० को उपाधिको लागि डिफेन्डिङ च्याम्पियन मुम्बई इन्डीएन्स र दिल्ली क्यापिटल्स दुबई अन्तर्राष्ट्रिय स्टेडियममा आज राति ७:४५ बजे प्रतिस्पर्धा गर्दैछन्।

मुम्बई इन्डीएन्सले सन् २०१३ देखि प्रत्येक बिजोर अंकको वर्षमा आईपीएल उपाधि जितेको छ। तर त्यो बीचको सिजनमा मुम्बई फाइनल पुग्न असफल हुँदै आएको थियो। १० वर्ष अघि मात्र मुम्बई जोर वर्ष अर्थात् २०१० मा लिगको फाइनल पुगेको थियो जसपछि पुनः अर्कोपटक टिम उपाधि नजिक पुगेको छ। २०१० मा मुम्बई अंकतालिकामा शिर्ष स्थानमा रहँदै फाइनल यात्रा गरेको थियो जसलाई चेन्नाईले पराजित गर्दै उपाधि जित्न बन्चित गरेको थियो।

इतिहास हेर्दा जोर अंकको वर्ष मुम्बईलाई फाप्दैन तर त्यो बाहेक हरेक दृष्टिकोणले मुम्बई आईपीएल २०२० को उपाधि जित्न लायक टिम हो। डिफेन्डिङ च्याम्पियन मुम्बईले यो पटक उपाधि जिते आईपीएल इतिहासमै लगातार २ सिजन उपाधि जित्ने चेन्नाई ( २०१० र २०११ ) पछि दोश्रो टिम हुनेछ। यो सिजन उपाधि जित्नको लागि पनि मुम्बई कुनै पनि हिसाबले कमजोर देखिएको छैन।

अर्कोतर्फ दिल्लीले पछिल्लो ७ मध्ये ५ खेलमा हार बेहोरेता पनि टिम त्यति कमजोर भने छैन। यो सिजन सन्तुलित टिम मध्येको दिल्ली हरेक तरिकाले फाइनल खेल्न सक्षम टिमको रुपमा आफुलाई प्रमाणित गरेको थियो। तर मुम्बईसंगको रेकर्ड भने दिल्ली डराउनुको कारण हो जसले पहिलो क्वालीफायरमा मात्र हैन त्यस अघि दुवै लिग खेलमा समेत दिल्लीलाई पराजित गरेको थियो।

लिगको सुरुवातमा दिल्ली र मुम्बई टिममा खास भिन्नता देखिएको थिएन। दुवै टिमका खेलाडीहरुले उत्कृस्ट खेल पस्केका थिए। तर लिग चरणको अन्तिम खेलहरुमा लयमा रहेका खेलाडीहरुको प्रदर्शन खस्किदा दिल्लीमा मुम्बई भन्दा बढी असुरक्षा भाव हुनेछ। टिमको ब्याटिंग बढी चिन्ताको कारण बन्नपुगेको छ।

एकतर्फ ४ पटक उपाधि जिताएका कप्तान रोहित शर्मा तथा ५ पटक उपाधि जित्ने टिमको हिस्सा रहेका रोहित शर्मा तथा अर्कोतर्फ रोहित शर्मा ४ पटक, हार्दिक पान्ड्या ३ पटक, जस्प्रित बुम्राह, क्रुनाल पान्ड्या र सुर्यकुमार यादव समान २ पटक उपाधिको हिस्सेदार भैसकेका छन्। तर दिल्ली भने अनुभवको हिसाबले पछाडी छ। कप्तान श्रेयस ऐयर तथा दिल्लीको यो पहिलो फाइनल अनुभव हो। रभीचन्द्रन आश्विन, शिखर धवन, अजिंके रहाने जस्ता खेलाडीहरुको अनुभव दिल्लीलाई पक्कै काम आउनेछ।

बिगत जे जस्तो भएता पनि मुम्बई र दिल्लीको लागि आईपीएल २०२० को फाइनल नयाँ चुनौती हो जसलाई दुवै टिम उत्कृस्ट क्रिकेट खेल्दै जित्न चाहनेछ।

टिमको खबर 

ट्रेन्ट बोल्टले पहिलो क्वालिफायरमा दिल्ली बिरुद्ध मात्र २ ओभर बलिंग गरेका थिए जसपछि उनि मैदान बाहिरिएका थिए। त्यसपछि उनि फाइनल खेल्ने अनिश्चित मानिएता पनि फाइनल अघि शुभ संकेत देखिएको छ। उनले नेटमा बलिंग गरेका छन् जसपछि खेल्ने सम्भावना प्रवल रहेको छ। “ट्रेन्ट ठिक देखिएका छन्। आज उनले बलिंग गर्ने छन् जसपछि उनि बारे भन्न सकिनेछ। आशा गर्छौं उनि खेल्न सक्नेछन्।”

पछिल्लो ३ भेट  

दिल्लीलाई मुम्बईले लिग चरणको २ भेटमा पराजित गरेको थियो। लिगको पहिलो खेलमा मुम्बईले अबुधाबीमा ५ विकेटको जित दर्ता गरेको थियो जुन क्रममा क्विन्टन डीकक र सुर्यकुमार यादवले उत्कृस्ट ब्याटिंग गरेका थिए। दोश्रो खेलमा बोल्ट र बुम्राहले उत्कृस्ट बलिंग गर्दा दिल्ली ११० रनमै खुम्चिएको थियो जुन लक्ष्य मुम्बईले १ विकेट गुमाएर पुरा गरेको थियो।

पहिलो क्वालिफायरमा जितको संख्या ३-० पुर्याउने क्रममा मुम्बईले दिएको २०१ रनको लक्ष्य पछ्याउने क्रममा दिल्ली १४३ रनमा समेटिन पुगेको थियो। डीकक, यादब र किशनले उत्कृस्ट ब्याटिंग गरेका थिए भने बुम्राहले उत्कृस्ट बलिंग गरेपछि दिल्लीका मार्कस स्टोइनिसले उत्कृस्ट ब्याटिंग गरेता पनि जित दिलाउन सकेका थिएनन्।

सम्भावित ११ खेलाडी : 

मुम्बई इन्डीएन्स : रोहित शर्मा ( कप्तान ) , क्विन्टन डीकक ( विकेटकिपर ) , सूर्यकुमार यादव, इशान किशन, हार्दिक पान्ड्या, काइरन पोलार्ड, क्रुनाल पान्ड्या, नाथन कुल्टर नाइल, राहुल चाहर, ट्रेन्ट बोल्ट/जेम्स प्याटीन्सन, जस्प्रित बुम्राह

दिल्ली क्यापिटल्स : शिखर धवन, मार्कस स्टोइनिस, अजिंके रहाने, श्रेयस ऐयर ( कप्तान ) , शिमरन हेटमायर, रिशभ पन्त ( विकेटकिपर ) , अक्षर पटेल, प्रभिन दुबे/हर्षल पटेल, कागीसो रबाडा, रभीचन्द्र आश्विन, एनरिक नोर्किया

रोचक तथ्य 

– मुम्बई लिगकै सफल फ़्रेन्चाइज् हो भने दिल्ली पहिलो पटक फाइनल पुगेको हो। तर हेड टु हेड रेकर्डमा भने दुवै टिमले इतिहासमा समान १२-१२ खेल जितेका छन्। यो सिजन ३ खेल जित्दै मुम्बईले बराबरी गरेको हो।

– मुम्बईले दिल्लीलाई लिगमा यो सिजन ३ पटक पराजित गरेको छ। ३ वटै खेल लिगमा हारेपछि फाइनलमा पुनरागमन गरेर एक पटक मात्र कुनै टिमले आईपीएल जितेको छ त्यो मुम्बई नै हो। २०१७ म राईजिंग पुने सुपर जायन्टसले मुम्बईलाई ३ वटै खेलमा पराजित गरेपछि फाइनलमा मुम्बईले हारको शिलशिला तोडेको थियो।

– कागीसो रबाडाले २९ विकेट हात पार्दै हाल पर्पल क्याप नाम गरेका छन् जसको पछाडी जस्प्रित बुम्राह २७ विकेट लिंदै रहेका छन्।

– धवनले थप ६८ रन बनाए केएल राहुलको ६७० रनलाई उछिन्दै यो सिजन अरेन्ज क्याप आफ्नो नाम गर्नेछन्।

– मुम्बईका ४ जना ब्याट्सम्यान इशान किशन ( २९ ) , हार्दिक पान्ड्या ( २५ ) , काइरन पोलार्ड ( २० ) र क्विन्टन डीकक ( २१ ) ले २० भन्दा बढी छक्का हिर्काएका छन्। दिल्लीको कुनै पनि ब्याट्सम्यानले २० छक्का हिर्काउन सकेका छैनन् जसको लागि मार्कस स्टोइनिसले सर्वाधिक १५ छक्का प्रहार गरेका छन्।

– स्टोइनिसले यो सिजन ३५२ रन बनाउनुको साथै १२ विकेट पनि लिएका छन्। उनि लिग इतिहासको एकै सिजन ३५० रन र १० विकेटसंगै लिने १२ अलराउण्डर मध्येका हुन्। हार्दिक पान्ड्या र आन्द्रे रसेलले गत वर्ष तथा सुनिल नारायणले २०१८ मा यस्तो गरेका थिए

( श्रोत – क्रिक्इन्फो )

https://wicketnepal.com/mi-can-beat-dc-5-reason-wn20/

https://wicketnepal.com/rabada-react-after-2nd-qf-vs-srh-wn20/

https://wicketnepal.com/can-bargikaran-sachyayo-wn20/





थप समाचार

आईपीएल : मुम्बई प्लेअफमा, हारसँगै दिल्ली बाहिरियो

काठमाडौँ । मुम्बई इण्डियन्स इन्डियन प्रिमियर लिग (आईपीएल)को प्लेअफमा पुगेको छ। गएराती सम्पन्न खेलमा मुम्बईले दिल्ली क्यापिटल्सलाई ५९ रनले पराजित […]

नेपाल ७८ रनले पराजित

काठमाडौं । नेपाल आइसिसी महिला टी-२० विश्वकप एसिया छनोटअन्तर्गत सुपर–३ को अन्तिम खेलमा घरेलु टोली थाइल्यान्डसँग पराजित भएको छ। बैंककको […]

नेपालको विशाल जितमा दीपेन्द्र र भीमको शतक

काठमाडौं। उपकप्तान दीपेन्द्रसिंह ऐरी र भीम सार्कीको शतकसँगै नेपाल ११ ले मेरिलेबोन क्रिकेट क्लबमाथि विशाल जित हासिल गरेको छ। सोमबार […]

युएईलाई हराउँदै नेपाल महिला विश्वकप ग्लोबल छनोटमा

काठमाडौं। नेपालले एक खेलअगाबै आइसिसी महिला विश्वकपको ग्लोबल छनोटमा स्थान बनाएको छ। आइतबार सम्पन्न ‘सुपर थ्री’को पहिलो खेलमा नेपालले संयुक्त […]

आईपीएल : पञ्जाव र गुजरात विजयी

काठमाडौँ । इन्डियन प्रिमियर लिग (आईपीएल) पञ्जाव किंग्सले राजस्थान रोयल्सलाई १० रनले पराजित गरेको छ। पञ्जावले दिएको २२० रनको लक्ष्य […]

बर्षाले खेल रद्द हुँदा कोलकोता प्लेअफको दौडबाट बाहिरियो

काठमाडौँ। रोयल च्यालेन्जर्स बैंगलुरु र कोलकोता नाइट राइडर्सबीचको खेल रद्द भएको छ। इन्डियन प्रिमियर लिग (आईपीएल) अन्तर्गत बैंगलुरुको चिन्नास्वामी क्रिकेट […]