आइपिएलमा दिल्लीको पहिलो खेल आज, सन्दिप खेल्ने सम्भावना कति ?

Sandeep Lamichhane, Shreyas Iyer, Ishant Sharma
  • विकेटनेपाल – १० चैत्र, आइतवार 

इन्डियन प्रिमियर लिग ( आइपिएल ) क्रिकेट अन्तर्गत आइतवार दुई खेलहरु हुँदैछन्। पहिलो खेलमा कोलकत्ता नाइट राईडर्सले घरेलु मैदानमा सन्राईजर्स हैदरावादको सामना गर्दा दोस्रो खेलमा मुम्बई इण्डियन्सले दिल्ली क्यापिटल्सको सामना गर्नेछ।

दिनको दोस्रो खेलमा नेपाली स्टार लेग स्पिनर सन्दिप लामिछाने सम्मिलित दिल्ली क्यापिटल्सले प्रतियोगितामा आफ्नो पहिलो खेल खेल्न लागेको हो। अन्तिम सिजन खराब प्रदर्शन गर्दै तालिकाको अन्तिम स्थानमा प्रतियोगिता टुंग्याएको दिल्लीका लागि यस सिजन सुखद सुरुवात गर्न मुम्बई इन्डियन्स बिरुद्ध जित आवश्यक रहने छ।

प्रतियोगिता इतिहासमा सर्वाधिक असफल टोली मानिएको दिल्लीलाई सर्वाधिक सफल टोली मध्येको एक मुम्बई इण्डियन्स बिरुद्ध जित हाँसिल गर्न सहज भने हुनेछैन।  खेल नेपाली समय अनुसार राति ८:१५ बजेबाट मुम्बईको घरेलु मैदान वाङ्खडे मैदानमा सुरु हुनेछ।

सन्दिपले अन्तिम ११ मा स्थान बनाउने सम्भावना कति ? 

अन्तिम सिजन प्रतियोगिताको अन्तिम ३ खेल खेल्दै ५ विकेट चट्काएका नेपाली गुग्लि ब्वाई सन्दिप लामिछानेलाई यस सिजन भने दिल्लीले थप मौका दिने आशा गरिएको छ। अघिल्लो सिजनको आइपिएल यता विश्वभरका टि-२० लिगमा सहभागी हुँदै आएका सन्दिपले भारतमा समेत धेरै क्रिकेट विश्लेषक र समर्थकको ध्यान तानेका छन्।

आफु सहभागी बनेका हरेक टि-२० लिगहरुको सर्वाधिक विकेट लिने खेलाडीको सुचीमा सन्दिप अटाउँदै आएका छन्। आइपिएल यता सन्दिपले क्यारेबियन प्रिमियर लिगमा ७ विकेट ( ५ खेल मात्र ), ग्लोबल टि-२० लिगमा ८ विकेट ( ५ खेल ), अफगानिस्तान प्रिमियर लिगमा २ विकेट ( १ खेल मात्र ), बिग ब्यास लिगमा ११ विकेट ( ८ खेल मात्र ), बंगलादेश सुपर लिगमा ४ विकेट ( ६ खेल ), पाकिस्तान सुपर लिगमा ११ विकेट ( ७ खेल मात्र ) र टि-१० लिगमा ६ विकेट ( ६ खेल ) हात पारेका छन्।

यी सबै अनुभवको बलमा यस सिजन दिल्लीले सन्दिपलाई सुरुवाती खेलमा नै मौका दिने अपेक्षा गरिएको छ। यद्यपी टोलीमा अमित मिश्रा, राहुल तेवाटिया र अक्षर पटेल जस्ता अनुभवी भारतीय स्पिनर रहेकाले सन्दिपले अन्तिम ११ मा स्थान बनाउन सजिलो रहनेछैन।

यस्तै टोलीले आफ्नो अन्तिम ११ मा ४ बिदेशी खेलाडी राख्न पाउने नियम रहेकाले सन्दिपलाई अन्तिम ११ मा स्थान बनाउन अर्को चुनौती थपिएको छ। दिल्लीको टोलीमा सन्दिपसंगै कोलिन इन्ग्राम, कोलिन मुन्रो, क्रिस मोरिस, कागीसो रबाडा, ट्रेन्ट बोल्ट, शर्फ़ेन रुदर्फोर्ड र किमो पौल जस्ता बिदेशी खेलाडी रहेका छन्।

अपेक्षित अन्तिम ११ ( दिल्ली क्यापिट्ल्स ) : शिखर धवन, पृथ्वी शा:, श्रेयस अय्यर, कोलिन इन्ग्राम, रिसभ पन्त, शर्फ़ेन रुदर्फोर्ड, अक्षर पटेल, राहुल तेवाटिया/अमित मिश्रा, सन्दिप लामिछाने, आभेश खान, ट्रेन्ट बोल्ट

दिल्लीले उपाधि जित्नेमा सन्दिप आशावादी :

भारत प्रस्थान गर्नु अघि सन्दिपले कुराकानीका क्रममा आफु दिल्लीले उपाधी जित्नेमा बिश्वस्त रहेको बताएका थिए। सन्दिपले दिल्ली टिम राम्रो बनेको र यो सिजन उपाधि जित्ने विश्वास समेत व्यक्त गरे-

“जुन तरिकाले टिम बनेको छ र खेलाडीहरुले अभ्यासमा मेहनत गरिरहेका छन् र कागजमा पनि हाम्रो टिम राम्रो देखिएको छ त्यसैले आशावादी छु यो पटक उपाधि जित्ने आशावादी छौँ ”

Sandeep Lamichhane
Sandeep Lamichhane

प्रतियोगिताको एघारौँ संस्करण अगाडी सम्पन्न अक्सन मार्फत सन्दिपलाई दिल्ली क्यापिटल्स ( त्यस बेलाको दिल्ली डेयरडेभिल्स) ले भारतीय २० लाख रुपैयाँमा अनुबन्धन गरेको थियो। पहिलो सिजनमा अन्तिम ३ खेल मात्र खेल्ने मौका पाएका सन्दिपले सानदार प्रदर्शन गर्दै कुल ५ विकेट हात पारेका थिए। त्यसक्रममा उनले डेब्यु खेलमा रोयल च्यालेन्जर्स बेंगलोर बिरुद्ध १ विकेट ( पार्थिव पटेल ), चेन्नई सुपर किंग्स बिरुद्ध १ विकेट ( सुरेश रैना ) र लिगको अन्तिम खेलमा मुम्बई इन्डियन्स बिरुद्ध ३ विकेट ( सूर्यकुमार यादव, क्रुनाल पान्ड्या र कायरन पोलार्ड )चट्काएका थिए।

पहिलो सिजनमा गरेको आशालाग्दो प्रदर्शन पछि दिल्लीले यस सिजन समेत सन्दिपलाई आफ्नो टोलीमा रिटेन गर्ने निर्णय लिएको थियो। यद्यपी सन्दिपको पहिलो सिजनको पारिश्रमिक भने ३ बर्षको समयका लागि समान रहने भएकाले दिल्लीले पुन: सन्दिपलाई २० लाख भारतीय रुपैयाँनै दिनेछ।





थप समाचार

अर्जुन ट्रफीः सीवाईसी अत्तरिया फाइनलमा

धनगढीमा जारी अर्जुन ट्रफी राष्ट्रिय क्रिकेटमा सिवाइसी अत्तरिया फाइनलमा प्रवेश गरेको छ । आज भएको सेमिफाइनलमा खेलमा डिसिए धनगढीलाई छ […]

सिड्नी क्रिकेट लिग : सन्तोष र संजय चम्किंदा अभानी विजयी

सिड्नी, सन्तोष घिमिरे र सन्जय पाण्डे चम्किंदा अस्ट्रेलियाको सिड्नीमा जारि सिड्नी सुपर लिगको आफ्नो पहिलो खेलमा अभानी क्रिकेट क्लबले पन्जाब […]

क्रिकेट एक्सिलेन्स सेन्टर च्याम्पियन

काठमाडौं। ऋत गौतमको शतकीय इनिङ्ससँगै क्रिकेट एक्सिलेन्स सेन्टरले प्रधानमन्त्री कप पुरुष क्रिकेट काठमाडौं जिल्ला छनोट जितेको छ। आइतबार सम्पन्न खेलमा […]

एनकासा इन्टर फर्म टी-२० क्रिकेटमा १३ टिम सहभागी हुने

काठमाडौं। नेपाल चार्टर्ड एकाउन्टेन्ट विधार्थी संगठन (एनकासा) इन्चिट्युट अफ चार्टरड एकाउन्टेन्ट अफ नेपाल (आइक्यान) को स्वतन्त्र विधार्थी संगठनले फागुन पहिलो […]

आस्थालाई पराजित गर्दै प्यारामाउन्टले जित्यो नेसनल हाइस्कुल च्याम्पियनसिपको राष्ट्रिय फाइनल

काठमाडौं। आस्था कलेजलाई पराजित गर्दै प्यारामाउन्ट कलेजले नेसनल हाइस्कुल च्याम्पियनसिप (एनएचसी) को राष्ट्रिय फाइनल जितेको छ। तल्लो मूलपानी मैदानमा शनिबार […]

दिपेन्द्र सिंह ऐरीले डिसिएबाट अर्जुन ट्रफी खेल्ने

नेपाली अलराउण्डर दिपेन्द्र सिंह ऐरीले डिसिएबाट अर्जुन ट्रफी खेल्ने भएका छन् । धनगढीमा जारी प्रतियोगिताको सेमिफाईनल पुगेको डिसिए धनगढीले ऐरीलाई […]