IPL Match 13 : टस जितेर पन्जाबले बलिंग रोज्यो, टिममा एक मात्र परिवर्तन

२०७७ आश्विन १५, बिहीबार १९:२८

युएईमा जारी १३ औं संस्करणको आईपिएल अन्तर्गत बिहिबार १३ औं खेलमा रोहित शर्माको कप्तानिमा रहेको साविक विजेता मुम्बई इन्डियन्स र लोकेश राहुलको कप्तानिमा रहेको किङ्ग्स-११ पन्जाब आमने-सामने हुदैँछन्। खेल नेपाली समय अनुसार रातिको ७:४५ बजे आबु धाबि स्थित शेख जायद स्टेडियममा सुरु हुनेछ। दुबै टोलीले लिगमा समान ३-३ खेल खेलिसकेका छन् जसमा समान १-१ जित सहित पन्जाब अकंतालिकाको पाचौं तथा मुम्बई इन्डियन्स अकंतालिकाको छैटौं स्थानमा छ। दुबै टोली आजको खेलमा आफ्नो दोस्रो जित हात पार्दै अकंतालिकामा अघि बढ्न चाहन्छन्।

पन्जाबले टस जितेर फिल्डिंग गर्ने , टिममा एउटा परिवर्तन 

खेलमा टस जितेर पन्जाब कप्तान केएल राहुलले फिल्डिंग गर्ने निर्णय गरेका छन्।

पन्जाबले अन्तिम ११ मा एउटा मात्र परिवर्तन गरेको छ। अफस्पिनर कृष्णप्पा गोथमलाई मौका दिईएको छ भने लेग स्पिनर मुरुगन आश्विनलाई बाहिर राखिएको छ। कृष्णप्पाले लिगमा यस अघि दिल्ली बिरुद्ध खेलमा मौका पाएका थिए जुन खेलमा उनले २० रन बनाएका थिए भने ३९ रन खर्चेर विकेटविहिन रहेका थिए। २ खेलमा ४ विकेट लिएका आश्विनले राम्रो प्रदर्शन गरेता पनि बाहिर बस्नुपर्नेछ। राहुलले टसको क्रममा कुरा गर्दै ४० ओभर आफुले राम्रो खेल्ने जसको लागि पहिलो इनिंगमा लय आवश्यक रहेको बताए।

किंग्स-११ पन्जाबको अन्तिम ११ : केएल राहुल ( विकेटकिपर/कप्तान ) , मायाँक अग्रवाल, निकोलस पुरन ✈️, करुण नायर, सरफराज खान, ग्लेन म्याक्सवेल ✈️, जिम्मी निशम ✈️,कृष्णप्पा गोथम , शेल्डन कटरेल ✈️, रभी बिस्नोइ, मोहम्मद शामी

मुरुगन आश्विनलाई पन्जाबले बाहिर राखेको छ

मुम्बईले भने टिममा कुनै पनि परिवर्तन गरेको छैन। टसको क्रममा रोहितले आफुले टस जितेको भए ब्याटिंगनै रोज्ने थिए बताएका थिए।

मुम्बई इन्डियन्सको अन्तिम ११ : रोहित शर्मा (कप्तान), क्विन्टन डिकक ( विकेटकिपर )✈️ , सुर्यकुमार यादव, इशान किशान, कायरन पोलार्ड✈️, हार्दिक पाण्ड्या, क्रुनाल पाण्ड्या, राहुल चाहार, जेम्स प्याटिन्सन✈️, ट्रेन्ट बोल्ट✈️, जस्प्रित बुम्राह

हेड टु हेड :- हालसम्म यी दुई टोलीबिच २४ पटक प्रतिस्पर्धा भएको छ जसमध्ये मुम्बईले १३ खेलमा र पन्जाबले ११ खेलमा जित हात पारेको छ। गत सिजन दुवै टोलीले समान एक-एक खेल जितेका थिए जसमा पन्जाबले पहिलो खेलमा ८ विकेटको जित हात पार्दा अर्को खेलमा मुम्बई ३ विकटले विजयी भएको थियो।

पढ्नुस खेलको प्रिभ्यु  : पीडादायी हार बिर्साउने प्रयासमा मुम्बई र पन्जाब

क्यानले खेलाडी वर्गीकरण फेरी गर्ने

शेन वार्नको नजरमा यी ४ टिम पुग्ने छन् आईपीएलको प्लेअफमा

आर्चरले फाले सिजनकै सबैभन्दा तीव्र गतिको बल, जान्नुस कति थियो गति

विवादास्पद निर्णय : स्पाइडर-क्यामलाई छोएता पनि उनदकतलाई क्याच आउट दिएपछि

Leave a Reply

© 2026 WicketNepal - WordPress Theme by WPEnjoy