मालिंगाको उत्कृस्ट स्पेल, डी भिल्लीयर्स र अलिको इनिंगमा बैंगलोरले बनायो १७१

इन्डियन प्रिमियर लिग आईपीएल अन्तर्गत ३१ औं खेलमा रोयल च्यालेन्जर्स बैंगलोर र मुम्बई इन्डीएन्स प्रतिस्पर्धा गरिरहेका छन्।

मुम्बईको घरेलु मैदान वान्खेडे स्टेडियममा भइरहेको खेलमा टस हारेर पहिले ब्याटिंग गरेको बैंगलोरले निर्धारित २० ओभरमा ७ विकेट गुमाएर १७१ रनको योगफल तयार गरेको छ।

बैंगलोरले कप्तान तथा ओपनर बिराट कोहलीलाई छिट्टै गुमाएपछि सम्हालिएर ब्याटिंग गर्यो। ८ रन बनाएका कोहलीलाई तेश्रो ओभरमा बेह्रेनडर्फले क्याच आउट गरे।

दोश्रो विकेटको लागि अर्का ओपनर पर्थिभ पटेल र एबि डी भिल्लियर्सले ३७ रनको साझेदारी गरे। पटेल सातौँ ओभरमा २८ रन ( २० बलमा ४ चौका र १ छक्का ) बनाएर आउट भए।

तेश्रो विकेटको लागि डी भिल्लियर्स र मोईन अलिले ९५ रनको साझेदारी गरे। १८ औं ओभरमा मालिंगाले अलिको विकेट लिए। ५० रन बनाउने क्रममा अलिले ३२ बलमा ५ छक्का र १ चौका प्रहार गरे। मालिंगाले लगत्तै मार्कस स्टोइनिसलाई खाता नखोली आउट गराए।

Moen Ali

अन्तिम समयमा मुम्बई बलर मालिंगा र बुम्राहले बैंगलोर ब्याट्सम्यानहरुलाई खुलेर खेल्न दिएनन्।

एक किनार सम्हालीरहेका डी भिल्लीयर्स अन्तिम ओभरमा रन आउट हुन पुगे। ५१ बलमा ७५ रन बनाएका उनले ६ चौका र ४ छक्का प्रहार गरे।

उत्कृस्ट बलिङ्ग गरेका मालिंगाले अन्तिम ओभरमा २ विकेट लिए र ९ रन खर्चिए।

बैंगलोरले २० ओभरमा ७ विकेट गुमाएर १७१ रन बनायो।

लासिथ मालिंगाले उत्कृस्ट बलिङ्ग गर्ने क्रममा ४ ओभरमा ३१ रन खर्चेर ४ विकेट लिए। हार्दिक पान्ड्या ( ३-०-२१-१ ) र जेसन बेह्रेनडर्फले ( ४-०-४९-१ ) ले १/१ विकेट लिए। ४ ओभरमा १ मेडन ओभर गर्दै २२ रन खर्चिएका जस्प्रित बुम्राह विकेट विहिन रहे।

आईपीएल अंकतालिकामा बैंगलोर ७ खेलमा १ जित र ६ हार बेहोर्दै अन्तिम स्थानमा रहेको छ भने ७ खेलमा ४ जित र ३ हार बेहोरेको मुम्बई चौथो स्थानमा रहेको छ।

बैंगलोरले लगातार ६ खेलमा हार बेहोरेपछि किंग्स ११ पन्जाबलाई ८ विकेटले पराजित गर्दै पहिलो जित दर्ता गरेको थियो। मुम्बईले आफ्नो अन्तिम खेलमा राजस्थानसग ४ विकेटको पराजय बेहोरेको थियो।





थप समाचार

वर्षाले निर्णायक खेल रद्द हुँदा नेपाल अभागी, अफगानिस्तान विश्वकपमा

आइसिसी यु–१९ विश्वकप एसिया छनोटअन्तर्गत नेपाल र अफगानिस्तानबिचचको खेल वर्षाका कारण रद्द भएपछि अफगानिस्तान विश्वकपमा छनोट भएको छ । मुलपानीस्थित […]

न्युजिल्यान्डमा क्यान्टरबरी नेप्लिज प्रिमियर लिग हुँदै

क्यान्टरबरी नेप्लिज प्रिमियर लिग (CNPL) को पहिलो संस्करण अप्रिल १९ र २० गते न्युजिल्यान्डको स्प्रेडन डोमेन, क्राइस्टचर्च मा आयोजना हुँदैछ। नेपाली […]

नेपालको लगातार तेस्रो जित, हङकङलाई ९ विकेटले हरायो

आइसिसी यू-१९ विश्वकपअन्तर्गत एसिया छनोटमा नेपालले लगातार तेस्रो जित निकाल्दै विश्वकपको नजिक पुगेको छ। बुधबार तल्लो मुलपानी मैदानमा हङकङविरूद्ध ९ […]

धोनीको आक्रामक इनिङ्समा चेन्नई विजयी

काठमाडौं। ४३ वर्षीय महेन्द्रसिंह धोनीको आक्रामक इनिङ्ससँगै चेन्नई सुपर किंग्सले इन्डियन प्रिमियर लिग (आइपिएल) मा जितविहीन यात्रा टुंगाएको छ। सोमबार […]

युवराजको घातक बलिङमा नेपालकाे दोस्रो जित

काठमाडौं। युवराज खत्रीको घातक बलिङसँगै घरेलु टोली नेपालले आइसिसी यु–१९ विश्वकप एसिया छनोटमा लगातार दोस्रो जित हासिल गरेको छ। सोमबार […]

नेपालले पायाे ११८ रनको लक्ष्य

काठमाडौं । आईसीसी यु १९ विश्वकप एसिया छनोटअन्तर्गत दोस्रो खेलमा नेपालले ओमानबाट ११८ रनको लक्ष्य छ। माथिल्लो मुलपानी क्रिकेट मैदानमा […]