- विकेटनेपाल, बैशाख-७
इन्डियन प्रिमियर लिग अन्तर्गत ३६ औं खेलमा राजस्थान रोयल्सले मुम्बई इन्डियन्सलाई ५ विकेटले पराजित गरेको छ।
९ खेल खेल्दा लिगमा राजस्थानको यो तेश्रो जित हो। जित पछि राजस्थान सातौँ स्थानमा यथावत छ भने मुम्बई १० खेलमा ६ जित र ४ हार सहित मुम्बई दोश्रो स्थानमा छ।
खेलमा मुम्बईले दिएको १६२ रनको लक्ष्य पछ्याउने क्रममा राजस्थानले १९.१ ओभरमा ५ विकेट गुमाएर लक्ष्य पुरा गर्यो।
राजस्थानको लागि अजिंके राहनेलाई प्रतिस्थापन गर्दै कप्तान बनेका स्टिभ स्मिथले कप्तानी इनिंग खेले। स्मिथले अविजित ५९ रन बनाए जुन क्रममा ५ चौका र १ छक्का प्रहार गरे।
स्मिथले रियान प्रयागसंग चौथो विकेटको लागि ७० रनको साझेदारी गर्दै राजस्थानको जितको आधार तयार गरेका थिए। प्रयागले ४३ रन ( २९ बलमा ५ चौका र १ छक्का ) बनाए। ओपनर सन्जु स्यामसनले ३५ रन रन बनाए।
मुम्बई बलर राहुल चाहरले ३ विकेट ( ४-०-२९-३ ) लिए। जस्प्रित बुम्राहले १ विकेट लिन ४ ओभरमा २१ रन दिए।
मुम्बईको ब्याटिंग
सवाई मान सिंह स्टेडियममा टस हारेर ब्याटिंग गरेको मुम्बईले २० ओभरमा ५ विकेट गुमाएर १६१ रनको योगफल तयार गरको थियो।
ओपनर क्विन्टन डीककले मुम्बईको लागि सर्वाधिक ६५ रन बनाए जुन क्रममा ४७ बलमा ६ चौका र २ छक्का प्रहार गरे। सुर्य कुमार यादबले ३४ ( ३३ बलमा १ चौका र १ छक्का ) तथा हार्दिक पान्ड्याले २३ रन ( १५ बलमा २ चौका र १ छक्का ) बनाए।
कप्तान रोहित शर्मा पहिलो विकेटको रुपमा ५ रन बनाएर आउट भए पछि डीकक र सुर्यकुमार यादबले दोश्रो विकेटको लागि ९७ रनको साझेदारी गरे।
राजस्थान बलर श्रेयस गोपालले २ विकेट ( ४-०-२१-२ ) तथा स्टुवार्ट बिनि ( ३-०-१९-१ ) , जोफ्रा आर्चर ( ४-०-२२-१ ) , जयदेब उनदकत( ४-०-४६-१ ) ले १/१ विकेट लिए।