सन्दिपको आईपीएल छनौटबारे माइकल क्लार्कको ठुलो भनाइ

  • विकेटनेपाल, माघ ७ – आइतबार 

इन्डियन प्रिमियर लिग आईपीएलको अक्सन लिस्टमा नाम आएपछि सन्दिप लामिछाने चर्चाको शिखरमा पुगेका छन्।

११ औं संस्करणको आईपीएलको यही जनवरी २७ र २८ तारिकमा हुने अक्सनमा बिश्वभरका ५७८ जना क्रिकेटरहरुसंगै पहिलो पटक नेपाली खेलाडीको नाम पनि जोडिएपछि सोसल मिडिया नेपाली शेन वार्नको चर्चाले रंगिएको छ। आईपीएलको एसोसीएट कोटामा रहेका सन्दिपको अक्सनमा बेस प्राईस २० लाख भारतीय रुपैयाँ रहेको छ।

सन्दिपको सफलतामा क्लार्कको खुसि 

सन् २०१६ मा हंगकंगको घरेलु टि-२० क्रिकेट प्रतियोगिता हंगकंग टि-२० ब्लिट्ज खेल्दा माइकल क्लार्क र सन्दिप काउलुन क्यान्टोन क्लबबाट संगै खेलेका थिए। त्यसपछि क्लार्कको निम्तोमा अस्ट्रेलियामा गएर क्रिकेट सिक्ने र खेल्ने मौका पाएका सन्दिपसंग अस्ट्रेलियन पुर्व कप्तानको राम्रो सम्बन्ध रहेको छ।

सन्दिप आईपीएलको अक्सन लिस्टमा परेपछि क्लार्कले ट्वीटरमार्फत खुसि ब्यक्त गरेका छन्।

“यदी म कुनै टिमको हिस्सा हुन्थे भने म उनलाई ( सन्दिपलाई ) लिईहाल्थे” क्लार्कले ट्विटमा सन्दिपको तारिफमा उनलाई लिटल च्याम्पियन भनेका छन्।

क्लार्कको ट्विट  

हंगकंग क्रिकेट एसोसिएसनका पुर्व कार्यक्रारी प्रमुख ‘टिम कटलर’ ले क्लार्कलाई उधृत गर्दै प्रश्न ट्वीटमा सोधेपछि क्लार्कले उनको जवाफ दिंदै सन्दिपको तारिफ समेत गरेका हुन्। कटलरले यस्तो लेखेका थिए-

“हाम्रो काउलुन क्यान्टोनका साथी सन्दिप एसोसिएट रास्ट्रबाट आईपीएल अक्सनमा पर्ने तेश्रो खेलाडी भित्र परेका छन्, त्यसैले देखाउछ कि उनलाई लिन टिम इच्छुक छन्, उनलाई छनौट गर्लान् ?”

सन्दिपको सफलतामा क्लार्कले यस अघि पनि ट्वीट गर्दै आएका छन्। अन्तिम पटक सन्दिपले एसिया यु-१९ बिश्वकप छनौट अन्तर्गत सिंगापुरसंगको खेलमा ५ विकेट हात पारेपछि क्लार्कले ट्वीट गर्दै बधाई दिएका थिए

यस्तै एसोसिएट क्रिकेटका चर्चित अमेरिकी लेखक पिटर डेल्ला पेन्नाले पनि सन्दिपको बारे ट्विट गर्दै उनि अक्सन लिस्टमा पर्नुले उनि छनौट होलान् नहोलान् भन्ने कौतुहलतामा परेको लेखेका छन्। क्लार्कले अस्ट्रेलियामा खेल्ने निम्तो दिएपछि चर्चा कमाएका सन्दिपले नेपाली रास्ट्रिय टिमको लागि भने ठिकै मात्र प्रदर्शन गर्न सकेको धारणा राखेका छन्।

 

यो पनि पढ्नुस :- 

 





थप समाचार

डीएभी सुशील केडिया स्कुलमा ३ उदीयमान क्रिकेटरका लागि पूर्ण छात्रवृत्ति अवसर 

काठमाडौं, ललितपुरमा रहेको डीएभी सुशील केडिया विश्व भारती स्कुलले तीन जना उदीयमान क्रिकेटरलाई पूर्ण छात्रवृत्ति प्रदान गर्ने भएको छ । […]

क्याम प्रिमियर लिग : तराई टाइगर, लुम्बिनी, कङ्गारु र हाम्रो यूथ क्लब विजयी

तराई टाइगर स्पोर्ट्स क्लबले अस्ट्रेलियाको सिड्नीमा जारी दोस्रो संस्करणको क्याम प्रिमियर लिग क्रिकेट प्रतियोगितामामा ६८ रनको फराकिलो जित निकालेको छ […]

एसीसी प्रिमियर कप : नेपाल र युएईबीचको बाँकी फाइनल खेल आज

  काठमाडौँ । काठमाडौँमा जारी एसीसी प्रिमियर कपमा सोमबार रोकिएको नेपाल र युएईबीचको फाइनल खेल आज (मंगलबार)सुरु हुदैछ । सोमबार […]

क्याम प्रिमियर लिग : जफर अन्सारीको अलराउन्ड प्रदर्शन

काठमाडौं, वैशाख १२– जफर अन्सारीको अलराउन्ड प्रदर्शन प्रेरित अमदब्लाम क्रिकेट क्लबले अस्ट्रेलियाको सिड्नीमा जारी दोस्रो संस्करणको क्याम प्रिमियर लिग क्रिकेटमा […]

वैशाख १३ देखि पिवाइसी बिबिए कप ट्वान्टी–२० क्रिकेट

काठमाडौं, वैशाख १०– पब्लिक युथ क्याम्पसको आयोजनामा वैशाखको दोस्रो सातादेखि पिवाइसी बिबिए कप ट्वान्टी–२० क्रिकेट प्रतियोगिता हुने भएको छ । […]

एसिसि प्रिमियर कप अन्तर्गत आज नेपाल र मलेसिया खेल्दै

आजबाट एसीसी प्रिमियर कप क्रिकेट प्रतियोगिता सुरु हुँदै छ। टियु मैदान कीर्तिपुरमा आयोजना हुने खेलमा नेपाल र मलेसियाबीच खेल हुदैछ […]