“बधाई छ मित्र, सपना साच्चै पुरा हुन्छ”

Sandeep Lamichhane, Michael Clarke
  • विकेटनेपाल, पुष-७ , शनिवार 

सन् २०१६  मे महिनामा हंगकंगमा भएको हंगकंग टि-२० ब्लिट्ज प्रतियोगितामा नेपाली युवा लिग स्पिनर सन्दिप लामिछाने काउलुन क्यान्टोन्सको प्रतिनिधित्व गरेका थिए। त्योनै सन्दिपले मौका पाएको पहिलो बिदेशी लिग थियो।

आईपीएल, बिग ब्यास, क्यारेबियन प्रिमियर लिग जस्ता बिश्वका ठुला क्रिकेट लिग खेले पनि सन्दिपको लागि हंगकंग टि-२० ब्लिट्ज २०१६ प्रतियोगिताले ठुलो महत्व राख्छ। किनकि त्यही प्रतियोगितामा सन्दिपको भेट अस्ट्रेलियन क्रिकेट टिमका पुर्व कप्तान माइकल क्लार्क क्लार्कसंग भएको थियो।

हंगकंग टि-२० ब्लिट्जमा सन्दिप र क्लार्क काउलुन क्यान्टोन्स टिमको हिस्सा थिए जहाँ सन्दिपको प्रतिभाको छनक क्लार्कले पाएका थिए। सन्दिपको प्रतिभा चिने लगत्तै क्लार्कले सन्दिपलाई अस्ट्रेलियामा खेल्ने निम्तो दिएका थिए।

क्लार्कको निम्तो स्वीकार्दै सन्दिप २०१६ सेप्टेम्बरमा अस्ट्रेलिया पुगे जहाँ उनलाई स्वागत गर्न स्वयम् क्लार्कनै एअरपोर्टमा उपस्थित थिए। अस्ट्रेलियामा नेपाली लेग स्पिनरले साढे २ महिना क्लार्ककै एकेडेमीमा अभ्यास तथा वेस्टर्न सबर्ब क्लबबाट न्यु साउथ वेल्स प्रिमियर प्रथम श्रेणी क्रिकेट खेले।

अस्ट्रेलिया बसाईकै क्रममा सन्दिपसंग क्लार्कले आफ्नो फेसबुक पेजमार्फत प्रत्यक्ष कुराकानी गर्न निम्त्याएका थिए। त्यस बेलानै क्लार्कले सन्दिपको प्रसंशा गर्दै सन्दिपको भबिष्य उज्ज्वल रहेको बताएका थिए। क्लार्कले सन्दिपलाई अस्ट्रेलिया बोलाउदा अस्ट्रेलियन मिडियाले सन्दिपको ठुलै चर्चा गरे जसले बिश्वसामु सन्दिपको परिचय गरायो।

अस्ट्रेलियाबाट फर्किएपछि सन्दिप नेपाली राष्ट्रिय क्रिकेट टिम र नेपाली यु-१९ टिममा लगातार खेल्दै उत्कृस्ट प्रदर्शन समेत गरे। सन्दिपले गरेको प्रत्येक राम्रो प्रदर्शनमा क्लार्कले सामाजिक सन्जालमा तारिफ गर्दै पोस्ट गर्दै उनलाई हौसला दिने गर्थे।

क्लार्कले गरेको निरन्तर समर्थन र बिश्वासको प्रतिफल तब आयो जब २०१८ आईपीएल अक्सनबाट दिल्लीले ऐतिहासिक निर्णय गर्यो। सन्दिप आईपीएल छनौट हुने पहिलो नेपाली खेलाडी बन्न पुगे।

अक्सनमा सन्दिप छनौट हुनु अघि क्लार्कले ट्वीटरमा पोस्ट गर्दै भनेका थिए – “यदी म कुनै टिमको हिस्सा हुन्थे भने म उनलाई ( सन्दिपलाई ) लिईहाल्थे”

अक्सन अघि सन्दिपको लागि बोलेको क्लार्कको भनाई सायद अक्सन टेबलमा बसेका दिल्लीका प्रशिक्षक तथा क्लार्कका साथी खेलाडी अस्ट्रेलियन पुर्व कप्तान रिकी पोन्टिंगले पनि सुने।

आईपीएल छनौट भए पछि क्लार्कले गजबको खबर भनेर ताली बजाउदै ट्वीट गरे जसमा उनको खुसि प्रस्ट झल्कन्थ्यो।

“सन्दिपलाई समर्थन गर्नुस् र उनिसंगको यात्राको मजा लिनुस्”

आईपीएल छनौट भए पछि क्लार्कले बोलेको यो हरफनै त्यसपछि सन्दिपको जीवनमा चरितार्थ भइरहेको छ।

आईपीएलमा सन्दिपले डेब्यु गर्दा माइकल क्लार्कनै कमेन्ट्रि बक्समा थिए। रोयल च्यालेन्जर्स बैंगलोरसंगको खेलमा सानदार डेब्यु गर्दै पार्थिव पटेलको विकेट लिएपछि सन्दिपको अन्तर्वार्ता लिने पहिलो व्यक्ति क्लार्कनै हुन पुगे।

आईपीएल पछि सन्दिपले पछाडी फर्केर हेर्ने फुर्सदनै पाएनन्। लगातार बिदेशी लिगहरु खेलेका सन्दिप आफ्नो प्रदर्शनले चर्चामा बनिरहे। सपनाको जीवन बाँचीरहंदा सन्दिपको एउटा सपना भने बाँकी नै थियो। त्यो थियो बिग ब्यास लिग खेल्ने। अस्ट्रेलियामा २०१६ मा क्लार्कले सन्दिपसंग प्रत्यक्ष फेसबुक भिडियो कुराकानी गर्दा सन्दिपले बिग ब्यास खेल्ने आफ्नो ठुलो सपना रहेको बताएका थिए।

सन्दिपले बिग ब्यास खेल्ने चाहना राखेको २ बर्ष पछिनै त्यो सपना पनि पुरा भयो। मेलबर्न स्टार्सले नेपाली स्पिनरलाई टिममा आबद्ध गर्यो। बिग व्यास डेब्युमै २ विकेट लिंदै यतिबेला सन्दिप पुनः चर्चाको शिखरमा छन्। सन्दिपको जीवनको सबैभन्दा ठुलो सपना पुरा भएको छ।

सायद त्यसैले क्लार्कले पुनः ट्वीट गर्दै लेखेका छन् “बधाई छ मित्र, सपना साच्चै पुरा हुन्छ”





थप समाचार

एसियन गेम्स क्वार्टरफाइनलमा नेपाल र भारत खेल्ने

चिनको हांगझाउमा जारि एसियन गेम्सको पुरुष क्रिकेट अन्तर्गत क्वार्टरफाइनलमा नेपालले भारतसंग प्रतिस्पर्धा गर्ने भएको छ। सोमबार बिहान गोलाप्रथाबाट नेपालको प्रतिस्पर्धी […]

अविनाशले कीर्तिमानी स्पेल दर्ता गर्दा नेपाल एसियन गेम्सको क्वार्टरफाइनलमा

माल्दिभ्सलाई १३८ रनको विशाल अन्तरले पराजित गर्दै नेपाल चिनमा जारि एसियन गेम्स पुरुष क्रिकेटको क्वार्टरफाइनल प्रवेश गरेको छ। समुह ‘ए’ […]

एसियन गेम्स : नेपालको दोश्रो खेल माल्दिभ्ससंग

चिनको हांगझाउमा जारि एसियन गेम्स अन्तर्गत समुह चरणको खेल अन्तर्गत नेपालले आफ्नो दोश्रो खेलमा भोलि माल्दिभ्ससंग प्रतिस्पर्धा गर्नेछ। खेल आइतबार […]

‘केपी ओली कप राष्ट्रिय टि-ट्वान्टी’ मंसिरको पहिलो साता

पोखरामा मदन भण्डारी स्पोर्टस् एकेडेमीको आयोजनामा आगामी मङ्सिर पहिलो साता पोखरामा ‘प्रथम केपी ओली कप राष्ट्रिय टी–२० क्रिकेट प्रतियोगिता’ हुने […]

दीपेन्द्रको विश्व कृतिमानपछि बुवाले भने-‘आफूसँगै देशको नाम राख्यो, खुशीको सीमा छैन’

महेन्द्रनगर (कञ्चनपुर) । १९ औँ एसियाली खेलकुद अन्तर्गत टी-२० क्रिकेटमा मङ्गोलियालाई पराजित गरेको खेलमा नेपालले आधा दर्जन बढी कीर्तिमान राख्यो। […]

मंगोलिया विरुद्ध ६ विश्वकीर्तिमान बनाउदै नेपाल विजयी

चिनको हांगझाउमा सुरु भएको एसियन गेम्सको पुरुष क्रिकेट अन्तर्गत उद्घाटन खेलमा नेपालले मंगोलियालाई २७३ रनको कीर्तिमानी विशाल अन्तरले पराजित गरेको […]