१ बर्ष पछि फेरी सन्दिपलाई क्लार्कको निम्तो

२०७४ आश्विन ५, बिहीबार ००:००

Sandeep Lamichhane
  • विकेटनेपाल, ५ असोज 

ठिक १ बर्ष अघि अस्ट्रेलियन पुर्व कप्तान माइकल क्लार्कको निम्तोमा लिग खेल्न र प्रशिक्षणको लागि सन्दिप लामिछाने अस्ट्रेलियामा पुगेका थिए । त्यसैको १ बर्षको अवसरमा सन्दिप लामिछानेले ट्विटरमा क्लार्क गत बर्षको अवसरको लागि धन्यवाद दिंदै त्यतिबेलाको यादहरु ताजा रहेको पोस्ट गरे ।

सन्दिपले ट्वीट गरेको केहि बेरमै ट्वीटमै क्लार्कले जवाफ दिंदै सन्दिपलाई ‘लिटल च्याम्पियन’ सम्बोधन गरे र अस्ट्रेलियामा जुनसुकै समय आउन सक्छौ भन्दै पुनः सन्दिपलाई अस्ट्रेलियाको अधिकारिक निमन्त्रणा दिएका छन् ।

सन्दिपको ट्विट ” १ बर्ष पुरा भयो, अझै पनि यादहरु ताजा र जीवित छन् । धन्यवाद अस्ट्रेलियामा मलाई खेल्ने अवसर प्रदान गरेकोमा”

क्लार्कको जवाफी ट्वीट “तिमि ‘लिटल च्याम्पियन’ हौ साथी, तिमिलाई जुनसुकै समय स्वागत छ”

सन्दिप हाल रास्ट्रिय क्रिकेट टिमसंग भारतमा आईसीसी बिश्व क्रिकेट लिग अन्तर्गत हंगकंग संग अक्टोबरमा हुने खेलको तयारीमा व्यस्त रहेका छन् भने त्यसपछि नोभेम्बरमा मलेसियामा यु-१९ एसिया कप खेल्ने कार्यक्रम रहेको छ । त्यसपछि पनि एभरेस्ट प्रिमियर लिग संचालन हुने हुँदा सन्दिप अस्ट्रेलिया तत्काल जाने सम्भावना भने अत्यन्त कम रहेको छ।

गत बर्ष पनि सन्दिप अस्ट्रेलिया जाँदा एभरेस्ट प्रिमियर लिग छुटाएका थिए ।

सन्दिप गत बर्ष अस्ट्रेलिया पुग्ने क्रममा सन्दिपलाई स्वागत गर्न क्लार्क स्वयम् एअरपोर्ट पुगेका थिए । उनले अस्ट्रेलियामा वेस्टर्न सबर्ब क्लबबाट न्यु साउथ वेल्स प्रिमियर प्रथम श्रेणी क्रिकेट खेलेका थिए  ।

साढे २ महिना अस्ट्रेलिया बसाइँको क्रममा सन्दिप लामिछानेलाई क्लार्कले आफ्नो फेसबुक मार्फत प्रत्यक्ष कुराकानी गर्न निम्त्याएका थिए । जुन क्रममा क्लार्कले सन्दिपको प्रशंशा गरेका थिए ।

अस्ट्रेलिया रहंदा सन्दिपले कुल ११ वटा खेलमा सहभागी हुने मौका पाएका थिए । न्यु साउथ वेल्स प्रिमियर क्रिकेट, ‘प्रथम श्रेणी’, दोश्रो श्रेणी, पोडेभिन ग्रे शिल्ड र किंग्सग्रुभ स्पोर्ट्स ट्वान्टी-२० कपको खेलमा वेस्टर्न सबर्ब क्रिकेट क्लबको प्रतिनिधित्व गरेका नेपाली ‘शेन वार्न’ लामिछानेले ११ वटा खेलमा कुल २० विकेट आफ्नो नाम गराएका थिए ।

सन्दिप लामिछानेबारे रोचक १४ तथ्यहरु

१. सन्दिपको जन्म स्यांजाको आरुचौर-तालपोखरीमा आज भन्दा १७ बर्ष अघि भएको थियो । सानोमै भारतीय रेलवेमा जागिरे आफ्नो बाबु चन्द्र नारायण लामिछानेसंग सन्दिप पढाईको लागि भारत पुगेका थिए । भारत ४ कक्षासम पढ्ने क्रममा बस्दा सन्दिपको क्रिकेट खेलसंग परिचय भएको थियो ।

२. सन्दिपले चितवनको नारायणगढ स्थित क्याम्पसचौरमा रहेको चितवन क्रिकेट एकेडेमीमा क्रिकेट सिकेका हुन् । उनलाई त्यहाँ पुर्ब रास्ट्रिय क्रिकेटर राजु खड्काले क्रिकेट सिकाएका थिए ।

३. रास्ट्रिय क्रिकेट टिमका प्रशिक्षक पुबुदु दासानायके चितवनमा १ दिने प्रशिक्षणको लागि पुग्दा सन्दिपको बलिंगबाट एकै नजरमा प्रभावित भएका थिए । जसपछि आईसीसी बिश्व क्रिकेट लिग अन्तर्गत युएईसंगको खेलको लागि रास्ट्रिय क्रिकेट टिमको छनौट गर्न आयोजित सुपर लिगमा सन्दिपलाई खेल्ने मौका दिईएको थियो । सुपर लिग अन्तर्गत एक खेलमा सन्दिपले ४ विकेट लिएका थिए ।

४. सुपर लिगमा राम्रो प्रदर्शन गरेपछि बंगलादेश यु-१९ बिश्वकप २०१६ खेल्ने टिममा सन्दिप छनौट भएका थिए l यु-१९ विश्वकप २०१६ मा सन्दिप प्रतियोगिताकै सर्बाधिक विकेट लिने सुचीमा १४ विकेट सहित दोश्रो स्थानमा थिए । आईसीसीले सन्दिपलाई उक्त यु-१९ बिश्वकपको उत्कृस्ट ११ क्रिकेटरको सुचीमा समेत परेका थिए ।

५. सन्दिपले बंगलादेश यु-१९ बिश्वकप २०१६ मा आयरल्याण्डसंग ह्याट-ट्रिक सहित ५ विकेट लिएका थिए ।

पारस खड्का सन्दिपलाई रास्ट्रिय क्रिकेट टिमको क्याप प्रदान गर्दै , साथमा प्रशिक्षक पुबुदु दासानायके

६. बंगलादेश यु-१९ बिश्वकपमा सन्दिपको लेग स्पिनले निकै टर्न लिएपछि कमेन्टेटरहरुले उनलाई शेनवार्नसंग तुलना गरेका थिए । त्यसबखत बीबीसी लगायत अन्तर्राष्ट्रिय मिडियाले उनलाई नेपाली शेन वार्न भनेर समाचार लेखेका थिए ।

७. यु-१९ बिश्वकपमा उत्कृष्ट प्रदर्शन गरेपछि सन्दिपले २०१६ अप्रिलमा नेपालमा सम्पन्न नामिबियासंगको आईसीसी बिश्व क्रिकेट लिग म्याचमा नेपाली रास्ट्रिय क्रिकेट टिमको लागि खेल्ने मौका पाएका थिए । त्यसपछि सन्दिप रास्ट्रिय टिमको लागि लगातार खेलीरहेका छन् ।

८. रास्ट्रिय क्रिकेट टिमको लागि डेब्यु गरेपछि सन्दिपले हंगकंगलाई घरेलु टि-२० प्रतियोगिता हंगकंग टि-२० ब्लीटज २०१६ खेल्न बोलाईएको थियो । त्यहाँ उनले अस्ट्रेलियन पुर्ब कप्तान माईकल क्लार्कसंग काउलुन क्यान्टोन क्लबबाट खेल्ने मौका पाएका थिए ।

९. हंगकंगमा क्लार्कसंग एकै टिममा खेल्न पाएका सन्दिपको प्रदर्शनबाट प्रभावित भएका सन्दिपलाई क्लार्कले अस्ट्रेलियामा आफ्नो एकेडेमीबाट खेल्ने प्रस्ताब दिएका थिए ।

१०. माइकल क्लार्कको निम्तोमा सन्दिप सेप्टेम्बर २०१६ मा अस्ट्रेलिया पुगेका थिए । अस्ट्रेलिया पुग्ने क्रममा सन्दिपलाई स्वागत गर्न क्लार्क स्वयम् एअरपोर्ट पुगेका थिए । उनलेले अस्ट्रेलियामा वेस्टर्न सबर्ब क्लबबाट न्यु साउथ वेल्स प्रिमियर प्रथम श्रेणी क्रिकेट खेलेका थिए । विस्तृतमा पढ्नुस

११. साढे २ महिना अस्ट्रेलिया बसाइँको क्रममा सन्दिप लामिछानेलाई क्लार्कले आफ्नो फेसबुक मार्फत प्रत्यक्ष कुराकानी गर्न निम्त्याएका थिए । जुन क्रममा क्लार्कले सन्दिपको प्रशंशा गरेका थिए । विस्तृतमा पढ्नुस

१२. सन्दिपलाई २०१६ डिसेम्बरमा श्रीलंकामा सम्पन्न यु-१९ एसिया कपमा नेपाली टिमको कप्तान बनाईएको थियो l त्यसपछि उनले २०१७ एसिया यु-१९ बिश्वकप छनौटमा पनि नेपाली टिमको कप्तानी गरे । विस्तृतमा पढ्नुस

१३. २०१७ यु-१९ एसिया बिश्वकप छनौटमा सन्दिपले ६ खेलमा कुल २४ विकेट लिंदै प्रतियोगिताकै उत्कृस्ट खेलाडी घोषित भएका थिए l २४ विकेट लिंदै उनि नेपालको लागि एकै प्रतियोगितामा सबैभन्दा धेरै विकेट लिने खेलाडी खेलाडी बन्नपुगेका थिए । विस्तृतमा पढ्नुस

१४. सन्दिपलाई २०१७ फेब्रुअरीमा चर्चित बेलायती क्रिकेट म्यागजिन अलआउट क्रिकेटले बिश्वकै उत्कृस्ट युवा क्रिकेटरहरुको सुचीमा सामेल गरेको थियो । विस्तृतमा पढ्नुस    

Leave a Reply

© 2026 WicketNepal - WordPress Theme by WPEnjoy