सरफराजलाई कप्तानबाट हटाउनु पर्छ – पाकिस्तान प्रशिक्षक अर्थर

पाकिस्तान क्रिकेट टिमका मुख्य प्रशिक्षक मिकी अर्थरले पाकिस्तान क्रिकेट बोर्डको क्रिकेट कमिटिलाई सरफराज एहमदलाई कप्तानबाट हटाउन सुझाव दिएका छन्।

पाकिस्तान बोर्डको क्रिकेट कमिटिले पाकिस्तानी टिमको पछिल्लो ३ वर्ष सहित एकदिवसीय विश्वकपमा टिमको प्रदर्शनको समिक्षा गरिरहेको छ। विश्वकपमा पाकिस्तान सेमीफाइनल पुग्न असफल रहेको थियो। न्युजिल्याण्डसंग समान ११ अंक रहेपनि नेट रन रेटमा पाकिस्तान पछि परेपछि पाँचौ स्थानमा रहेको थियो।

श्रोतका अनुसार अर्थरले सरफराजको सट्टा शदाब खानलाई सिमित ओभर क्रिकेटको कप्तान बनाउनु पर्ने र बाबर आजमलाई टेस्ट टिमको कप्तानी दिनु पर्ने सुझाव दिएका छन्। सरफराज २०१६ मा पाकिस्तान टि-२० टिमको तथा २०१७ फेब्रुवरीमा एकदिवसीय टिमको कप्तान नियुक्त भएका थिए।

“अर्थरले सरफराजको कप्तानीबारे कमिटिसमक्ष नकारात्मक टिप्पणी गरेका छन्” श्रोतले बतायो।

साथै अर्थरले पाकिस्तान क्रिकेट टिमलाई राम्रो नतिजा ल्याउनको लागि अर्थरले थप २ वर्षको समय माग गरेका छन्। “पाकिस्तानले उत्कृस्ट नतिजा ल्याउनको लागि मलाई अझ २ अरु वर्षको आवस्यकता छ” अर्थरले कमिटिलाई भनेको विश्वास गरिएको छ।

क्रिकेट कमिटिले अब अर्को बैठक बसेपछि नयाँ टिम व्यवस्थापनबारे बोर्डका अध्यक्ष एहसान मनिलाई सुझाव प्रस्तुत गर्नेछ।

अर्थर २०१६ देखि पाकिस्तानको प्रमुख प्रशिक्षकको रुपमा कार्यरत छन्। उनको प्रशिक्षण कालमा पाकिस्तानले आईसीसी च्याम्पियन्स ट्रफी २०१७ को उपाधि जितेको थियो। यस्तै पाकिस्तान टि-२० वरियतामा नम्बर-१ रह्यो। तर टेस्ट क्रिकेटमा पाकिस्तानको प्रदर्शन खस्कदो रह्यो भने एकदिवसीयमा टिमको प्रदर्शन उतारचढावपूर्ण रह्यो।

अर्थरको बोर्डसंग कन्ट्रयाक्ट अगस्ट १५ मा सकिदैछ। श्रोतका अनुसार अर्थरसंग कमिटिका सदस्यहरु खुसिछैनन्। अस्ट्रेलियन फिल्डिंग प्रशिक्षक स्टिभ रिक्सनलाई हटाएपछि पाकिस्तान टिमको फिल्डिंग स्तर सन्तोषजनक रहेको छैन।

श्रोतका अनुसार अर्थरको बिकल्पमा पाकिस्तान बोर्डले श्रीलंकन पुर्व कप्तान महेला जयवर्द्धनेलाई प्रशिक्षक बनाउने बारे समेत सोचीरहेको छ।  तर मुम्बई इन्डीएन्स टिमसंग आईपीएलमा काम गरिरहेकोले उनलाई त्यो भन्दा राम्रो प्याकेज दिन बोर्डलाई मुस्किल हुने छलफल भएको थियो।

दक्षिण अफ्रिकाका अर्थरले १९८६ देखि २००१ सम्म दक्षिण अफ्रीकाको घरेलु क्रिकेट खेलेका थिए। २००५ देखि २०१० सम्म दक्षिण अफ्रिकी टिमका मुख्य प्रशिक्षक रहेका अर्थरले त्यसपछि २०१३ सम्म अस्ट्रेलियाको प्रशिक्षकको रुपमा समेत काम गरे। २०१६ मेमा उनलाई पाकिस्तान क्रिकेट टिमको प्रमुख प्रशिक्षकमा नियुक्त गरिएको थियो।

( श्रोत – हिन्दुस्तान टाइम्स )





थप समाचार

पूर्व कप्तान मल्लको उपस्थितिमा द वन्डल्याण्ड दशैं फेस्टिवल भव्य रूपमा सम्पन्न

ललितपुर बुंगमतिमा स्थित ‘द वन्डरल्याण्ड’ The Wonderland मनोरञ्जन पार्कमा दुई दिने दशैं फेस्टिवल भव्य रुपमा सम्पन्न भएको छ। असोज १८ […]

NPL : शक्ति गौचन लुम्बिनी लायन्सको कन्सल्टेन्ट प्रशिक्षक

राष्ट्रिय क्रिकेट टोलीका पूर्व सदस्य शक्ति गौचनलाई नेपाल प्रिमियर लिग (एनपिएल) को सहभागी टोली लुम्बिनी लायन्सले कन्सल्टेन्ट प्रशिक्षक नियुक्त गरेको […]

अस्ट्रेलिया र इंग्ल्यान्ड विजयी सुरुवात

युएईमा जारी महिला टि ट्वान्टी विश्वकपको साबिक विजेता अस्ट्रेलियाले विजयी सुरुवात गरेको छ । अस्ट्रेलियाले शनिवारको पहिलो खेलमा श्रीलंकालाई पराजित […]

दोश्रो अभ्यास खेलमा नेपाल विजयी

क्यानाडामा भ्रमणमा रहेको नेपाली क्रिकेट टिमले दोश्रो एकदिवसीय अभ्यास खेलमा क्यानडा हाई परफरमेन्स टिमलाई २० रनले पराजित गरेको छ। पहिलो […]

भारतमाथि न्युजिल्यान्डको फराकिलो जित

युएईमा जारी रहेको महिला टि२० विश्वकपमा न्युजिल्यान्डले भारतलाई फराकिलो अन्तरले पराजित गरेको छ । दुबईमा शुक्रवार भएको दिनको दोस्रो खेलमा […]

ब्याटिङ कोल्याप्स हुदा नेपाल पराजित

ब्याटिङमा फेरी चुक्दा नेपाल क्यानडामा फेरी पनि पराजित भएको छ । नेपाल क्यानडामा भएको ५० ओभरको अभ्यास खेलमा क्यानडा हाईप्रफमेन्ससँग […]