पाकिस्तान क्रिकेटमा हलचल, मुख्य प्रशिक्षक पदबाट मिस्बाहको राजिनामा

२०७८ भाद्र २१, सोमबार १५:४०

टि-ट्वान्टी विश्वकप सुरु हुने ठिक अघि पाकिस्तान क्रिकेटमा पुनः हलचल मचिएको छ। पाकिस्तान क्रिकेट टिमका मुख्य प्रशिक्षक मिस्बाह उल हक र बलिंग प्रशिक्षक वकार युनिसले पदबाट राजिनामा दिएका छन्।

सोमबारनै पाकिस्तानले टि-ट्वान्टी विश्वकप र त्यस अघि न्युजिल्यान्ड र इंग्ल्यान्ड बीच सिरिजको लागि टिमको घोषणा भएको थियो। टिमको घोषणा गर्दा प्रमुख चयनकर्ता मोहम्मद वसिमले टिम व्यवस्थापनको घोषणा छिट्टै हुने बताएका थिए जसबाट धेरैले मिस्बाह उल हकलाई विदा गर्ने अनुमान लगाएका थिए।

न्युजिल्यान्ड टिम ११ सेप्टेम्बर देखि तिन एकदिवसीय र पाँच वटा टि-२० अन्तर्राष्ट्रियको सिरिजको लागि पाकिस्तान पुग्नेछ। पाकिस्तानका चर्चित पूर्व स्पिनर सक्लेन मुस्ताक र पूर्व अलराउण्डर अब्दुल रज्जाकलाई उक्त सिरिजको लागि पाकिस्तान बोर्डले अन्तरिम प्रशिक्षक नियुक्त गरेको छ। टि-२० विश्वकपको लागि टिम व्यवस्थापनको घोषणा केहि पछि हुनेछ।

मिस्बाहले राजिनामा दिनुको पछाडी परिवारलिई समय दिन चाहनु रहेको बताएका छन् – “वेस्टइन्डिज सिरिज पछि जमैकामा क्वारेन्टाइनको दौरान मैले पछिल्लो २४ महिनाको साथै आगामी अन्तर्राष्ट्रिय क्रिकेटको बारेमा सोच्ने मौका पाएँ। अगाडी मैले अझै धेरै समय परिवारसंग टाढा बायो बबालमा बिताउनु पर्नेछ। त्यसैले मैले पदबाट हट्ने निर्णय लिएको हुँ।”

“मलाई थाहा छ यो राजिनामा दिने आदर्श समय हैन तर मलाई लाग्छ म अगाडी आउने चुनौती सामना गर्न मानसिक रुपमा तयार छु। कोहि नयाँ व्यक्तिले यो जिम्मेवारी उठाओस् र टिमलाई सहि दिशामा लिएर जाओस् भन्ने चाहन्छु। पछिल्लो २४ महिना पुरै सुखद रह्यो। म आफ्नो टिम व्यवस्थापनलाई मलाई साथ दिएकोमा धन्यवाद दिन चाहन्छु। म पाकिस्तान क्रिकेट टिमलाई आगामी प्रतियोगिताको लागि शुभकामना दिन चाहन्छु र जब पनि उनीहरु पाकिस्तानको प्रतिनिधित्व गर्न मैदानमा उत्रनेछन् म उनीहरुको हरेक पटक समर्थन गर्नेछु।” ४७ वर्षी पूर्व पाकिस्तान कप्तानले बताए।

पाकिस्तान क्रिकेट बोर्डका सीईओ वासिम खानले मिस्बाहको निर्णयको सम्मान गर्ने बताएका छन् – “पाकिस्तान बोर्ड मिस्बाहको निर्णयको सम्मान गर्छ। बायो बबलमा क्रिकेटमा सहभागी हुनु सहज कुरा हैन र मिस्बाहले यो निर्णय आगामी ६ महिना लगातार हुने अन्तर्राष्ट्रिय क्रिकेटलाई मध्यनजरमा राखेर लिएका हुन्। पछिल्लो २४ महिना मिस्बाह र वकारले टिमको लागि आफ्नो उत्कृस्ट दिएका छन्  उनको सुखद भविष्यको कामना गर्दछौँ। यो अवधिमा मिस्बाह र वकारले पाकिस्तान क्रिकेटको लागि जे दिएका छन् त्यसको लागि ठूलो सम्मानको हकदार छन्।”

यो पनि पढ्नुस – टि-२० विश्वकपको लागि पाकिस्तान टिमको घोषणा

Leave a Reply

© 2026 WicketNepal - WordPress Theme by WPEnjoy