लिगबाटै बाहिरिएका अमित मिश्राको प्रतिक्रिया – “सोचेकै थिईन, चोट यति गम्भीर हुनेछ”

चोटको कारण आईपीएल २०२० बाटै बाहिरिएका दिल्लीका लेग स्पिनर अमित मिश्राले चोट यति गम्भीर हुनेछ भन्ने कुरा नसोचेको प्रतिक्रिया दिएका छन्। ३७ वर्षीय मिश्रालाई शनिवार शारजाह मैदानमा कोलकाता नाइट राइडर्ससंगको खेलको क्रममा नितिश राणाको क्याच लिने प्रयासमा औंलामा चोट लागेको थियो। चोट पछि खेलमा मात्र २ ओभर बलिंग गरेका मिश्राले १४ रन खर्चेर १ विकेट लिएका थिए। तर चोट गम्भीर रहंदा मिश्रालाई लिगबाट बाहिर गरायो। सोमबार मिश्रा मैदान बाहिर डगाउटबाट खेल हेरीरहेका थिए।

अमित मिश्राले बताए – “मैले सोचेकै थिईन कि चोट यति गम्भीर हुनेछ। मलाई लागेको थियो कि यो १-२ खेलको लागि हुनेछ। तर मैले अब यो कुरा स्वीकार गर्नुपर्छ।”

मिश्रा आईपीएल इतिहासकै दोश्रो सर्वाधिक विकेट लिने खेलाडी हुन् जसले कीर्तिमानी ३ पटक लिगमा ह्याट्रिक विकेट लिएका छन्। लासिथ मालिंगा ( १७० ) पछि मिश्राले दोश्रो धेरै १६० विकेट लिएका छन्। जारि सिजन ३ खेलमा मौका पाउदा उनले ३ विकेट लिंदै किफायती बलिंग पनि गरेका थिए।

उनले बताए – “मुख्य कुरा यो हो कि म खेल्दै गर्दा त्यो समय चोटिल भएको हुँ, जब क्याच समात्ने कोशिस गर्दै थिए। म आफ्नो शतप्रतिशत दिदै थिए, म त्यसैमा थोरै सन्तुस्ट छु। यो फिटनेससंग सम्बन्धित चोट हैन जसको मतलब म सहि गरिरहेको छु।”

डाइभ गर्दै नितिश राणाको क्याच लिन खोज्दा मिश्राको औंलामा चोट लागेको थियो

दिल्लीका अर्का स्पिनर रभीचन्द्रन आश्विनले मिश्राको कमि टिमले महसुस गरेता पनि आफ्नो टिममा बिकल्प रहेको बताए –

“अमित यो टिममा निकै याद हुनेछन् उनि आईपीएलको लेजेन्ड खेलाडी हुन्। अब हामि अमितलाई घरमा हुँदा खुसि बनाउने प्रयास गर्नेछौँ।” आश्विनले बताए।

“यो दिल्ली टिमको सुन्दर पक्ष हो कि जब म ढाडको चोटले बाहिरिएको थिए तब अमितले आएर भूमिका राम्रोसंग निभाए। अब उनि घाइते भए अक्षरले भूमिका निभाए। हाम्रो टिममा बेन्च स्ट्रेन्थ राम्रो छ। आईपीएलमा बेन्च हुने खेलाडी राम्रो हुनु धेरै महत्वपूर्ण हुन्छ। बेन्चमा भएका खेलाडीहरु अर्को आईपीएल टिम जत्तिकै बलियो हुनु पनि सक्छ। हामिसंग त्यस्तो शक्ति छ।”

लिगमा मिश्रासंगै सोमबारनै हैदरावादका फास्ट बलर भुवनेश्वर कुमार पनि चोटका कारण प्रतियोगिताबाट बाहिरिएका छन्। यस अघि हैदरावादका फास्ट बलर मिचेल मार्श पनि बलिंगको क्रममा घाइते हुँदा लिगबाट बाहिरिएका थिए जसको स्थानमा टिमले वेस्टइन्डिज अलराउण्डर जेसन होल्डरलाई टिममा भित्र्याईसकेको छ।

मिश्रा घाइते हुँदा दिल्लीले देब्रे हाते स्पिनर अक्षर पटेललाई अन्तिम-११ मा मौका दिएको थियो। नेपाली स्पिनर सन्दिप लामिछाने विदेशी खेलाडी हुँदा विदेशी खेलाडी बाहिर भए मात्र अन्तिम-११ मा मौका पाउनेछन्। बैंगलोर बिरुद्ध अक्षर पटेल र आश्विन दुवैले राम्रो बलिंग गरेको हुँदा सन्दीपको आगामी खेल खेल्ने सम्भावना पनि कम देखिएको छ। टिमका २ विदेशी फास्ट बलर कागीसो रबाडा र एनरिक नोर्किया पनि राम्रो प्रदर्शन गरिरहेको हुँदा बाहिर निस्कने सम्भावना छैन। तर अब आश्विन र अक्षर पटेल पछि सन्दिप मात्रै स्पिन बिकल्प र एकमात्र लेग स्पिनर हुँदा खेल्ने सम्भावना भने मिश्रा हुँदा भन्दा निकै बढेर गएको छ।

IPL : ताजा अंकतालिका, रबाडालाई पर्पल क्याप, अरेन्ज क्याप दौडमा को-को छन्

हारपछि दिल्लीको तारिफ गर्दै कोहलीले भने – “पराजित गर्न मुस्किल टिम”

विश्वकीर्तिमान सहित कोहलीले बनाए २ ठूलो कीर्तिमान

हैदरावादलाई अर्को झट्का ! भुवनेश्वर कुमार आईपीएलबाटै बाहिर





थप समाचार

आईपीएल : मुम्बई प्लेअफमा, हारसँगै दिल्ली बाहिरियो

काठमाडौँ । मुम्बई इण्डियन्स इन्डियन प्रिमियर लिग (आईपीएल)को प्लेअफमा पुगेको छ। गएराती सम्पन्न खेलमा मुम्बईले दिल्ली क्यापिटल्सलाई ५९ रनले पराजित […]

नेपाल ७८ रनले पराजित

काठमाडौं । नेपाल आइसिसी महिला टी-२० विश्वकप एसिया छनोटअन्तर्गत सुपर–३ को अन्तिम खेलमा घरेलु टोली थाइल्यान्डसँग पराजित भएको छ। बैंककको […]

नेपालको विशाल जितमा दीपेन्द्र र भीमको शतक

काठमाडौं। उपकप्तान दीपेन्द्रसिंह ऐरी र भीम सार्कीको शतकसँगै नेपाल ११ ले मेरिलेबोन क्रिकेट क्लबमाथि विशाल जित हासिल गरेको छ। सोमबार […]

युएईलाई हराउँदै नेपाल महिला विश्वकप ग्लोबल छनोटमा

काठमाडौं। नेपालले एक खेलअगाबै आइसिसी महिला विश्वकपको ग्लोबल छनोटमा स्थान बनाएको छ। आइतबार सम्पन्न ‘सुपर थ्री’को पहिलो खेलमा नेपालले संयुक्त […]

आईपीएल : पञ्जाव र गुजरात विजयी

काठमाडौँ । इन्डियन प्रिमियर लिग (आईपीएल) पञ्जाव किंग्सले राजस्थान रोयल्सलाई १० रनले पराजित गरेको छ। पञ्जावले दिएको २२० रनको लक्ष्य […]

बर्षाले खेल रद्द हुँदा कोलकोता प्लेअफको दौडबाट बाहिरियो

काठमाडौँ। रोयल च्यालेन्जर्स बैंगलुरु र कोलकोता नाइट राइडर्सबीचको खेल रद्द भएको छ। इन्डियन प्रिमियर लिग (आईपीएल) अन्तर्गत बैंगलुरुको चिन्नास्वामी क्रिकेट […]