IPL : अमित मिश्राको स्थानमा दिल्लीले भित्र्यायो अर्को लेग स्पिनर

२०७७ कार्तिक ३, सोमबार २२:०६

आईपीएल टिम दिल्ली क्यापिटल्सले घाइते भएपछि लिगबाट बाहिरिएका भेट्रान लेग स्पिनर अमित मिश्राको प्रतिस्थापनमा खेलाडीको घोषणा गरेको छ। ३७ वर्षीय मिश्रा कोलकाता बिरुद्धको खेलको क्रममा औंलामा फ्र्याक्चर भएपछि लिगबाट बाहिरिनु परेको थियो।

मिश्राको स्थानमा दिल्लीले २७ वर्षीय लेग स्पिनर प्रभिन दुबेलाई भित्र्याएको घोषणा गरेको छ। कर्नाटकाका दुबे रोयल च्यालेन्जर्स बैंगलोर टिमको नेट बलरको रुपमा युएईमै रहेका थिए।

दुबेलाई बैंगलोरले २०१६ आईपीएल अक्सनमा ३५ लाख भारुमा टिममा लिएको थियो तर कुनै पनि खेलमा मौका नदिदै २ सिजन पछि रिलिज गरेको थियो।

“दिल्ली क्यापिटल्सले २७ वर्षीय लेग स्पिनर प्रभिन दुबेलाई अमित मिश्राको प्रतिस्थापनको रुपमा टिममा भित्र्याएको घोषणा गर्दछ।” दिल्लीले सोमबार दिउसो जारि गरेको विज्ञप्तिमा बताईएको छ।


कर्नाटका प्रिमियर लिगमा ( केपीएल ) नियमित राम्रो प्रदर्शन गरिरहेका दुबेले २०१५/१६ को केपीएलमा बेलाग्भी प्यान्थरको लागि ६.८९ को इकोनोमिमा बलिंग गर्दै ८ विकेट लिएका थिए। कर्नाटकाको लागि सयद मुस्ताक अलि ट्रफीमा उनले १४ टि-२० खेल्दै १९.१२ को औशतमा १६ विकेट लिएका छन्। त्यस क्रममा उनले तामिलनाडु बिरुद्ध उत्कृस्ट स्पेल दर्ता गर्ने क्रममा १९ रन खर्चेर ४ विकेट लिएका थिए। लेग स्पिनरले एउटा प्रथम श्रेणी र ८ वटा लिस्ट ए खेल खेलेका छन्।

दिल्लीका फास्ट बलर इशान्त शर्मा समेत घाइते हुँदा लिगबाट बाहिरिनुपरेको थियो। शर्माको प्रतिस्थापनमा भने टिमले अर्को खेलाडी घोषणा गरेको छैन।

दिल्ली टिममा अमित मिश्रा घाइते भएपछि नेपाली खेलाडी सन्दिप लामिछाने मात्र अर्का लेग स्पिनर थिए। रभीचन्द्रन आश्विन र अक्षर पटेलले उत्कृस्ट प्रदर्शन गरिरहेको तथा विदेशी फास्ट बलर कागीसो रबाडा र एनरिक नोर्किया समेत उत्कृस्ट लयमा रहेका कारण सन्दिपले विदेशी खेलाडीको रुपमा दिल्लीको अन्तिम-११ मा स्थान बनाउन सकेका छैनन्।

लिग अंकतालिकाको शिर्ष स्थानमा रहेको दिल्लीले आगामी खेल किंग्स-११ पन्जाब बिरुद्ध मंगलबार खेल्ने तालिका रहेको छ।

“शामी ६ वटै बल योरकर गर्नेमा स्पस्ट थिए” पन्जाब कप्तान राहुल

IPL : सिजनमा ५ सय रन पुरा गर्दै राहुलले बनाए ठूलो कीर्तिमान

आईपीएल इतिहासमै पहिलो पटक एकै दिन ३ वटा सुपर ओभर

फर्गुसनले घातक बलिंग गर्दा सुपर ओभरमा कोलकाताद्वारा हैदरावाद पराजित

Leave a Reply

© 2026 WicketNepal - WordPress Theme by WPEnjoy