मिथिला कप : धमला र रौटेला चम्किंदा एसके स्पोर्ट्स विजयी 

२०७९ माघ २३, सोमबार २०:११

सप्तरीको राजविराजमा जारि चौंथो संस्करणको मिथिला कप टि-ट्वान्टी प्रतियोगिता अन्तर्गत सोमबार सम्पन्न खेलमा एसके स्पोर्ट्स सप्तरीले अल इक्वेल क्रिकेट एकेडेमी रौतहटलाई ४७ रनले पराजित गरेको छ।

राजविराज बिस्नुपुर स्थित महेन्द्र विन्देश्वरी मल्टिपल कलेज टियु मैदानमा सम्पन्न खेलमा एसके स्पोर्ट्सले दिएको १४० रनको लक्ष्य पछ्याएको अल इक्वेलले १९.२ ओभरमा सबै विकेट गुमाएर ९२ रन मात्र बनायो।

अल इक्वेलका शोबेन्द्र पासवानले ३० तथा नितेश यादवले १३ रन बनाए।  एसके स्पोर्ट्सका बलर सुनिल धमलाले मात्र ६ रन खर्चेर ३ विकेट लिए भने रासिद खान, अमर सिंह रौटेला र सुमित महर्जनले २/२ विकेट लिए।

यस अघि टस जितेर ब्याटिंग गरेको एसके स्पोर्ट्सले निर्धारित २० ओभरमा ९ विकेट क्षेतीमा १३९ रन बनायो। उसको लागि अमर सिंह रौटेलाले ३० बलमा १ चौका र ४ छक्का मद्दतले ४४ रन बनाए। यस्तै ओपनर सुनिल धमलाले ४१ बलमा ५ चौका मद्दतले ४२ रन ब्न्ये। सुमित महर्जनले २० तथा रासिद खानले १२ रन बनाए।

अल इक्वेलका बलर बिपिन सहानी र रोहित क्षेत्रीले २/२ तथा नितेह यादव र धर्मेन्द्र शाहले १/१ विकेट लिए।

अल राउण्ड योगदान दिएका एसके स्पोर्ट्सका अमर सिंह रौटेला खेलको प्लेयर अफ द म्याच घोषित भए।

प्रतियोगिता अन्तर्गत मंगलबार दुई खेल हुनेछन्। पहिलो खेल तेश्रो क्वार्टरफाइनल अन्तर्गत मकवानपुर र सिराहा क्रिकेट एकेडेमी बीच हुनेछ भने दोश्रो खेल पहिलो सेमीफाइनल अन्तर्गत बजाज युथ एकेडेमी र एसके स्पोर्ट्स एकेडेमी बीच हुनेछ।

युवा शक्ति क्लबद्वारा आयोजित नक-आउट प्रतियोगितामा १६ टोलि सहभागी छन्। प्रतियोगिताको विजेताले एक लाख रुपैयाँ प्राप्त गर्नेछ।

 

Leave a Reply

© 2026 WicketNepal - WordPress Theme by WPEnjoy